मुलुककाे अर्थतन्त्र सुधार गर्न सरकार संग निन्तर संवाद चलाईरहेका छाैँ : प्रदेश अध्यक्ष शर्मा

सन्तोषकुमार गुप्ता

देउखुरी २७ असाेज । नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले पछिल्लाे समय मुलुककाे अर्थतन्त्र सुधार गर्न सरकार संग निरन्तर संवाद चलाई रहेकाे बताएका छन् । गढवा उद्योग बाणिज्य संघकाे आठाैँ बार्षिक साधारणसभा तथा चाैथाे अधिवेशन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष शर्माले यस्ताे बताएका हुन् ।

प्रदेश अध्यक्ष शर्माले हामी मुलुककाे जर्जर अर्थतन्त्र सुधारका लागि आफू चुप लागेर नबसेकाे बताउँदै उनले हामी चुप लागेर बसेका छैनाै, हामी सरकार संग बाेल्न डराएकाे र बाेल्न छाेडेकाे छैनाैँ, भने । कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका प्रदेश अध्यक्ष शर्माले देशकाे पुँजी काठमाडौं मात्र नभई देशभर पुग्नु पर्ने बताउँदै उनले पुँजी चलायन भए मात्र अर्थतन्त्र सुधार हुने ठाेकुवा गरे ।

संघका अध्यक्ष खिमबहादुर बुढामगरकाे अध्यक्षतामा भएकाे साधारणसभा तथा अधिवेशनकाे उद्घाटन सत्रमा संघकी सचिव मधा न्याैपानेले बार्षिक प्रतिवेदन र काेषाध्यक्ष खुमानन्द पाेख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका निर्वतमान अध्यक्ष रबिलाल आचार्यकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले देशमा व्यापार, व्यवसाय गर्ने अवस्था बिकराल बन्दै गएकाे भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले देशकाे अर्थतन्त्र सुधार गर्न व्यापार, व्यवसाय गर्ने आधार तय गर्न सरकार संग माग गरेका छन् ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथाेकी, नेपाल उवासंघका प्रदेश सदस्यदाेय साेहना श्रेष्ठ, देबिप्रसाद पाण्डे, गढवा उवासंघका संस्थापक अध्यक्ष युवराज पाेख्रेल, देउखुरी उवासंघका अध्यक्ष कमलजंङ्ग सिंह ठकुरी, सिसहनियाँ उवासंघका अध्यक्ष पूर्णबहादुर बुढाथाेकी, बिजाैरी उवासंघका अध्यक्ष रेश्मीराज खड्का र नारायणपुर उवासंघका अध्यक्ष अभियान बस्नेत लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा गढवा गाउँपालिका सदस्य दिनामणि आचार्य, नेकपा एमालेका सहजराम यादब, नेपाली काँग्रेसका कृष्णराज पाण्डे, एकीकृत समाजबादीका गाेबिन्द राेका, जसपाका महबुब अलि, लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकान्त पन्त, गढवा बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष रामप्रसाद गैरे, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष हरिप्रसाद पाेख्रेल र पत्रकार सन्ताेषकुमार गुप्ता लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा नागरिक समाज गढवाका सह-संयाेजक खगेश्वर शर्मा, नेपाल रेडक्रस साेसाइटी गढवा उपशाखाका सभापति दयाराम यादव, गढवा हाेटेल व्यवसाय समितीका अध्यक्ष दयाराम थापा र चेतनशिल महिला समाज केन्द्रकी अध्यक्ष सकुन्तला डिसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चलान संघका उपाध्यक्ष ओमप्रकाश बस्यालले गरेका थिए ।

कार्यक्रमकाे उद्घाटनसत्रपछि अहिले बन्द सत्र शुरू भएकाे छ । अधिवेशनकाे बन्दसत्रले तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । संघकाे अगामी अध्यक्षका लागि निर्वतमान उपाध्यक्ष ओमप्रकाश बस्याल र निर्वतमान सल्लाहकार रामदास यादव (आरडी) ले दाबी प्रस्तुत गरेका थिए । अहिले सम्म गढवा उवासंघमा नेतृत्व चयनका लागि निर्वाचन भएकाे छैन । सर्वसम्मत बाटै नेतृत्व चयन हुँदै आएकाे छ । अहिले पनि नयाँ नेतृत्व सर्वसम्मत बनाउन आन्तरिक छलफल अगाडि बढाइएकाे छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID