दाङ उवासंघमा सर्वसम्मत व्यवसायीक कार्यसमिति निर्माण गर्न बृहत् भेला

गणतन्त्रनेपाल समाचारदाता

दाङ २२ भाद्र । बजारमा देखा परेको आर्थिक मन्दि र व्यवसायीक एकताका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ कार्य समिति सर्वसम्मतरुपमा निर्माण गर्ने निष्कर्ष निकालिएको छ ।

भेलाले सर्वसम्मत व्यवसायीक टिम निर्माण गर्न दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीको नेतृत्वमा निवर्तमान अध्यक्ष नारायण भुसाल, वरिष्ठ उपाध्यक्ष नरेश कार्की र महासचिव महेन्द्र बुढाथोकी सदस्य रहेको सम्योजन समिति समेत निर्माण गरेको छ ।

समितिले आवश्यकताका आधारमा यस सम्बन्धि छलफल, भेला, वैठक बसाल्नका लागि संयोजनको काम गर्ने निर्णय गरिएको वैठकमा सहभागि नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो ।

आउँदो असोज १३ गते संघको नयाँ कार्य समितिको लागि निर्वाचन तोकिएको छ । वर्तमान टंकसिंह सहित सबै पदाधिकारी र सदस्य यस अगाडी जिल्लामा क्रियाशिल सबै राजनीतिक दलहरुको सहमतिमा निर्माण भएकाले यस पटक पनि सोही अनुसार नयाँ कार्य समिति निर्माण गर्न आफूले पहल गरेको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिनुभयो ।

भेलामा दाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु हेमराज बञ्जाडे, ध्रुबराज श्रेष्ठ भारी, पूर्व उपाध्यक्ष खड्क बुढाथोकी, गुरुप्रसाद कँडेल, संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, महासचिव महेन्द्र बुढाथोकी, सचिव नरेश निखिल श्रेष्ठ, कोषाध्यक्ष सुशील पोख्रेल, व्यवसायीहरु एकराज खनाल, रेवन्त श्रेष्ठ, डिल्ली पौडेल, पुरन शर्मालगायत दाङ उवासंघको सदस्यहरु, विभिन्न व्यवसायीक संगठनको नेतृत्व, प्रतिनिधिहरुले दाङ उद्योग वाणिज्य संघमा संयुक्त व्यवसायीहरुकोे सहभागिता हनु सक्यो भने मात्र बजारलाई सही तवरले अगाडी बढाउन सकिने धारणा राख्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID