लमहीमा नेपाल–भारत चारु साहित्य महोत्सव तथा २१३औँ भानुजयन्ती भव्य रूपमा सम्पन्न

दुर्गाप्रसाद खनाल 

दाङ, ३० असार । दाङको लमहीमा पहिलोपटक आयोजना गरिएको नेपाल–भारत चारु साहित्य महोत्सव, चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको आठौँ वार्षिकोत्सव, २१३औँ भानुजयन्ती तथा पर्यटन महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा असार २६ र २७ गते लमहीस्थित भुषाल गेष्ट हाउसमा सम्पन्न दुईदिने महोत्सवले साहित्य, संस्कृति र पर्यटनलाई एउटै मञ्चमा जोड्दै नेपाल–भारतबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने सन्देश दिएको छ।

महोत्सवको उद्घाटन लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगी प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

भारतबाट आउनुभएका वरिष्ठ साहित्यकार नन्दलाल त्रिपाठी प्रतिष्ठानका केन्द्रीय सल्लाहकार डा. घनश्याम परिश्रमी र डा. देवी पन्थी विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव नागेन्द्रप्रसाद यादवले गर्नुभएको थियो।

महोत्सवमा नेपाल र भारतका स्थापित साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भारतबाट दीपक गोस्वामी, गोपाल ठहाका, अतुलप्रसाद शर्मा, पी.एस. यादव ‘अजनवी’ र पंकज उपाध्याय सहभागी हुनुभएको थियो। नेपालतर्फ काठमाडौंबाट अरुण खड्का र अनुराग अरुण, पश्चिम कैलालीबाट आर्त अकुलीन, वसन्त अनुभव, यज्ञलाल सुवेदी, भवानी पोख्रेल, सोमनाथ लुइँटेल र चन्द्रावती अधिकारी तथा अर्घाखाँचीबाट बाबुराम पाण्डे र प्रकृति कुमारी शर्मा सहभागी हुनुभएको थियो।

यसैगरी गजलकार स्वर्ण शिखा, हरिप्रसाद पौडेल, एकनारायण चापागाईं लगायतका साहित्यकारसँगै स्थानीय स्रष्टा नारायण योगी, छविलाल कोपिला, निमबहादुर थापा, शंकर पाण्डे, दुर्गाप्रसाद खनाल लगायत अन्साय हित्यप्रेमीको उल्लेखनीय उपस्थिति रहेको थियो।

दुईदिने महोत्सवमा उद्घाटन समारोहसँगै पुस्तक विमोचन, सम्मान तथा पुरस्कार वितरण, चारु साहित्यका विविध पक्षमा केन्द्रित छलफल र विचार आदानप्रदानका कार्यक्रम सञ्चालन गरिएका थिए। डा. घनश्याम परिश्रमी र दीपक गोस्वामीले चारु साहित्यसम्बन्धी प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

यस अवसरमा चारु साहित्य प्रतिष्ठानले चारु साहित्यको संरक्षण, विकास र प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिष्ठानले गुणस्तरीय लेखन तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने, युवा लेखकलाई अवसर उपलब्ध गराउने, चारु साहित्यलाई स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने, प्रत्येक जिल्लामा चारु सञ्जाल गठन गर्ने, नियमित पुस्तक मेला र साहित्यिक कार्यशाला सञ्चालन गर्ने, विद्यालय तथा क्याम्पससम्म चारु अभियान पुर्‍याउने र डिजिटल अभिलेखालय निर्माण गर्ने योजना सार्वजनिक गरेको छ।

महोत्सवको दोस्रो दिन असार २७ गते देउखुरीको धार्मिक तथा पर्यटकीय सम्भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले ज्ञानज्योति नमुना माध्यमिक विद्यालय, लमहीले उपलब्ध गराएको विद्यालय बसमार्फत नेपाल र भारतबाट आएका सम्पूर्ण पाहुनालाई विशेष अवलोकन भ्रमण गराइएको थियो। भ्रमणका क्रममा साहित्यकारहरूले बगार बाबा रिहार आश्रम, जखेरा ताल, भक्तिथापा पार्क तथा वनगाउँस्थित स्वर्गद्वारी आश्रमलगायतका धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको अवलोकन गरेका थिए। साहित्य र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने यो प्रयासलाई दाङकै उदाहरणीय र ऐतिहासिक अभियानका रूपमा सहभागीहरूले मूल्याङ्कन गरेका छन्।

महोत्सवको मुख्य प्रायोजक लमही नगरपालिका रहेको थियो। राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले सहयोगी संस्थाका रूपमा सहकार्य गरेका थिए। यस्तै राप्ती फिड इन्डस्ट्रिज प्रा.लि.का प्रबन्धक योगेन दाहाल, सागर पुस्तक पसलका सञ्चालक दीपक भुसाल तथा देउखुरी बहुमुखी क्याम्पसका प्रमुख शिव ओलीले कार्यक्रम सफल बनाउन महत्वपूर्ण सहयोग गर्नुभएको आयोजकले जनाएको छ।

नेपाल र भारतका साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीलाई एउटै मञ्चमा जोड्दै भाषा, साहित्य, कला, संस्कृति र पर्यटनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको यो महोत्सव देउखुरीको साहित्यिक इतिहासमा एक ऐतिहासिक उपलब्धिका रूपमा स्थापित भएको आयोजकको विश्वास छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID