फर्पिङको जंगलमा युवा-युवती मृत भेटिए

गणतन्त्र नेपाल संवाददाता

फर्पिङको जंगलमा युवा–युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

काठमाडौंका प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत  भेटिएको जानकारी दिए ।

उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन ।

घटनास्थलमा अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि पुगेको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID