देउखुरी दाङमा पहिलोपटक नेपाल भारत साहित्य तथा पर्यटन महोत्सव

गणतन्त्र नेपाल समाचारदाता

दाङ,३१ असार। देउखुरी दाङमा पहिलोपटक नेपाल भारत साहित्य तथा पर्यटन महोत्सव ऐतिहासिकरुपमा सम्पन्न भएको छ।भानु जयन्ती तथा चारु साहित्य प्रतिष्ठान नेपालको आठौँ वार्षिकोत्सबको अवसर पारेर चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा केन्द्रीय कार्यक्रम भएको हो।

कार्यक्रम भुषाल गेष्ट हाउस लमहीमा यही २० ८३ असार २६ गतेका दिन उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा नगरपालिकाको उपप्रमुख लक्ष्मी योगीज्यूबाट समुद्घाटन भई कार्यक्रम सुचारु भएको थियो। चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भारतबाट चारु साहित्यको आठौँ वार्षिकोत्सबमा प्रमुख अतिथिका रुपमा भारतबाट  नन्दलाल त्रिपाठी हुनुहुन्थ्यो।

नेपाल बाट प्रतिष्ठानका सल्लाहकार डा. घनश्याम परिश्रमी, डा. देवी पन्थी विशिष्ट अतिथिका रुपमाउपस्थित हुनुहुन्थ्यो।त्यसैगरी भारतबाट  दिपक गोस्वामी , गोपाल ठहाका, अतुलप्रसाद शर्मा , पि. एस यादव अजनवी उपस्थित हुनुहुन्थ्यो। ,भारतीय गाडी चालक पंकज उपाध्यायको उपस्थिति रहेको थियो भने नेपालको काठमाडौं  बाट  अरुण खड्का , अनुराग अरुण,र पश्चिम कैलाली बाट आर्त अकुलीन बसन्त अनुभव, सन्जना शर्मा ,यज्ञलाल सुवेदी, भवानी पोख्रेल ,सोमनाथ लुइँटेल , चन्द्रावती अधिकारी ,अर्घाखाँची बाट बाबुराम पाण्डे ,प्रकृति कुमारी शर्मा,गजलकार स्वर्ण शिखा लगायत सयौंको उपस्थिति रहेको थियो।

यो कार्यक्रम साँच्चिकै दाङ जिल्लाकै ऐतिहासिक कार्यक्रम रहेको धारणा धेरैले व्यक्त गरेका थिए।यस कार्यक्रमको मुख्य प्रायोजक लमही नगरपालिका र अन्य सहयोगी संस्था र दाताहरुमा राप्ती गाउँपालिका, राजपुर गाउँपालिका , गढवा गाउँपालिका, राप्ती फिड इन्डस्ट्रिज प्रा.लि, राप्ती फिडका म्यानेजर योगेन दाहाल, सागर पुस्तक पसलका सञ्चालक दिपक भुसाल, देउखुरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिव ओलीज्यू,अतिथिलााई देउखुरीमा रहेका महत्त्वपूर्ण धार्मिक स्थल अवलोकन गराउन ज्ञानज्योति नमुना माध्यमिक विद्यालय लमही दाङले स्कुल बस उपलब्ध गराएको थियो।

साहित्य; संस्कृति  र पर्यटनलाई जोड्ने लक्ष्य कार्यक्रमको रहेकोे थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव नागेन्द्रप्रसाद यादवले गर्नुभएको थियो। संस्थाले देउखुरीमा रहेका रिहार बाबा,जखेरा ताल, भक्तिथापा पार्क, वनगाउँ स्वर्गद्वारी आश्रम लगायतका महत्त्वपूर्ण ठाउँमा साहित्यकारलाई भ्रमण समेत गराएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID