गढवा गाउँपालिकाद्वारा वडामै पुगेर योजना सम्झौता, सेवाग्राही हर्षित

आलोक भावुक

गढवा, २७ मंसिर ।दाङ गढवा गाउँपालिकाको उदाहरणीय काम, योजनाको सम्झौता गर्न पालिकाको सम्झौता टिम आज गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ।

योजना सम्झौता गर्न सिंगो सम्झौता टिम वडा कार्यालयमा पुगेर सेवा दिदा आफुहरु लाई सहज भएको बनबारी प्रतिक्षालय निर्माण उपभोक्ता समितिका अध्यक्ष टिका बहादुर केसीले बताउनुभयो। एउटा सम्झौता गर्न हामी एक दिनभरी लाग्थ्यो तर सम्झौता गर्न पालिकाको टिम वडामा आएर सेवा दिंदा हामी अत्यन्त खुसी भएका छौ केसिले भन्नु भयो।

योजना सम्झौता गर्न गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, योजना शाखा प्रमुख भरत केसी, प्राविधिक शाखा प्रमुख इन्जिनियर बिनय कुमार यादव, लगायतकको सिंगो टिम वडा कार्यालयमा पुगेर योजनाको सम्झौता कार्य सम्पन्न गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ गढवा बजारमा अवस्थित छ तर गढवा गाउँपालिका वडा नम्बर १,२ र ८ पालिका आउन एक दिन नै लाग्ने गर्छ सेवा ग्राहीलाई एउटा योजना सम्झौता गर्न कम्तीमा एक दिनको समय र आवतजावतका लागि रुपैयाँ खर्च हुने गर्थ्यो तर वडा कार्यालय बाट योजना सम्झौताको कार्य गर्दा सेवाग्राही लाई सहज हुने र एकै दिनमा काम सकिने भएकाले टाढा भएको वडामा वडा कार्यालयबाटै सम्झौताको कार्य गर्ने योजना बनाएको गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो।

विशेषगरी, वडामा सेवा पुर्‍याउन गरिएको यो कार्यले योजना सम्झौताको प्रक्रिया छिटो, पारदर्शी र प्रभावकारी बनाएको अधिकृत पौड्यालले बताउनुभयो। यसबाट दुर्गम क्षेत्रका सेवाग्राहीलाई पालिकाको कार्यालयसम्म आउनु पर्ने झन्झटबाट छुटकारा मिलेको छ-प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले भन्नु भयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID