कोरोना प्रभावितलाई राहत दिन समय तोक्यो सरकारले

अत्ति विपन्न भएका ४ प्रकारका नागरिकले राहत पाउने

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । कोरोनाबाट प्रभावित परिवारलाई १० हजार रुपैयाँ अनुदान दिने कार्यक्रमबाट लाभ लिनका लागि मंसिर १० गतेभित्र निवेदन दिनुपर्ने भएको छ ।
अर्थमन्त्रालयले आज बिहिबार सार्वजनिक सूचना जारी गर्दै अबको १५ दिनभित्र बसोबास गरिरहेको स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो ।

निवेदन अघि १० हजार रुपैयाँ पाउनका लागि सबैभन्दा पहिलो बैंक खाता खोल्नु पर्ने छ । बैंक खाता खोलेका विपन्न नागरिकले सम्बन्धित निकायले आफूले रकम पाउने आधारसहित निवेदन दिनु पर्ने छ ।
कोरोना महामारीबाट प्रभावित ५ लाख परिवारलाई यो वर्ष राहत स्वरुप १० हजार रुपैयाँ अनुदान दिने कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेकमार्फत घोषणा गरेका थिए ।
कोरोनाका कारणले रोजगारी गुमाएका, श्रमिक, मजदुर, फुटपाथ व्यापारीहरुले यस्तो अनुदान पाउनेछन् । कोरोना लागेर परिवारको मुख्य व्यक्तिको निधन भइ गुजारा टार्न कठिन भएका जस्ता परिवारले यो अनुदान पाउने अर्थमन्त्रालयले जनाएको छ ।

अनुदान वितरणका लागि सरकारले कार्यविधि पारित गरिसकेकाले सोही कार्यविधि अनुसार वितरण गरिने अर्थमन्त्रालयले जनाएको छ ।
अर्थमन्त्रालयले १० हजार रुपैयाँ दशैँअगाडि नै बाँड्ने तयारी गरेको थियो । तर आज विहिबार मात्र सूचना निकालेको हो ।
सरकारबाट स्वीकृत भएको कार्यविधि राजपत्रमा कात्तिक १५ गते सोमबार मात्रै सार्वजनिक भएको थियो ।

सरकारले कोभिड–१९ को महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको कारण भइरहेको रोजगारी गुमाइ आर्थिक रुपमा अत्ति विपन्न भएका ४ प्रकारका नागरिकले राहत पाउने भएका छन् ।
१. विगतमा गर्दै आएका रोजगारी पूर्णरुपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रको मजदूर वा कामदार ।

२. खुला सडक, फुटपाथ वा चौरमा खर्पन नाङ्लो, डोको आदिमा सामान राखेर बेच्ने अति विपन्न व्यवसायी ।

३. दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदूर, गोठाला, खेतला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा, मजदूर, सार्वजनिक यातायातका मजदूर, पर्यटक र भरिया ।

४. कोभिड–१९ संक्रमणको कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भइ आर्थिक संकट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असाहय नाबालक लाई स्याहार गर्ने परिवार ।

तर निवेदन दिँदाको समयमा निवेदकको एकाघरपरिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै संस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेको नागरिकले भने राहत रकम पाउने छैनन् ।

यसैगरी परिवारको कुनै सदस्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षा (जेष्ठ नागरिक, एकल महिला, दलित वा अपांग) बापतको भत्ता वा नेपाल सरकार वा नेपालसरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेकाले पनि यो रकम नपाउने कार्यविधिमा उल्लेख छ ।
यस्तै सञ्चित आय वा पैत्रिक सम्पत्तिबाट तत्कालको खर्च आवश्यकता पूरा गर्न सक्ने अवस्थामा रहेको, प्रधानमन्त्री रोजगार कार्यक्रम वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रम बमोजिम यस प्रयोजनका लागि एक पटक राहत स्वरुप नगद प्राप्त गरेको परिवारका सदस्यले पनि यस्तो राहत नपाउने भएका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID