गढवा उद्योग वाणिज्य संघको स्थापना दिवसमा ५४ जनाद्वारा रक्तदान

आलोक भावुक

गढवा, ५ साउन। गढवा उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवा दाङका १२ जना सुरक्षाकर्मी सहित ५४ जनाले रक्तदान गर्दै मानव सेवाप्रति समर्पणको प्रेरणादायी सन्देश दिएका छन्।

गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य एवं गढवा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई स्थापना दिवसको प्रमुख सामाजिक उत्तरदायित्वमूलक गतिविधिका रूपमा आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष ओमप्रकाश बसेलले स्थापना दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी समाजप्रति उत्तरदायी बन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। उनले रगतको अभावका कारण कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय नागरिकको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे। उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवासँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख अतिथि तथा संघका संस्थापक अध्यक्ष युवराज पोख्रेलले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो परोपकारी कार्यको संज्ञा दिँदै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिए। उनले उद्योग वाणिज्य संघ व्यवसायीहरूको हकहितमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व निर्वाहमा पनि अग्रसर रहँदै आएको बताए। रक्तदानजस्ता अभियानले समाजमा सकारात्मक चेतना फैलाउने र आवश्यक पर्दा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।

रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवाका १२ जना सुरक्षाकर्मीको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो। प्रहरी र स्थानीय व्यवसायीबीच सामाजिक सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा यस कार्यक्रमलाई सहभागीहरूले प्रशंसा गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा व्यवसायी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो। संकलित रगत जिल्लाका विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको उपचारमा उपयोग हुने विश्वास गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले रक्तदान जीवनदान भएकाले स्वस्थ व्यक्तिले वर्षमा नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए। साथै यस्ता मानवीय अभियानले सामाजिक सद्भाव, सहयोग र सेवाभावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरि

एको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID