यसै शैक्षिक सत्र देखि १४ वर्ष उमेर पूरा नभई एसईई दिन नपाइने

गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं ,२१ मंसिर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन न्यूनतम उमेर १४ वर्ष अनिवार्य गरिएको छ। शिक्षा मन्त्रालयले चार वर्षअघि परिवर्तन गरिएको उमेर सम्बन्धी प्रावधान पुनः संशोधन गर्दै १४ वर्ष उमेर पूरा नभई विद्यार्थीले एसईई परीक्षा दिन नपाउने व्यवस्था लागू गरेको हो।

नयाँ प्रावधान २०७८ सालमा गरिएको संशोधनलाई परिमार्जन गर्दै ल्याइएको हो। त्यसबेला एसईई दिन न्यूनतम १४ वर्ष उमेरको प्रावधान हटाइएपछि १४ वर्ष नपुगेका विद्यार्थीहरू पनि परीक्षा दिँदै आएका थिए। यसले प्रमाणपत्र प्राप्तिमा समस्या देखिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार १२ कक्षा पास गरे पनि १६ वर्ष उमेर पूरा नभएसम्म प्रमाणपत्र वितरणमा समस्या हुने गरेको थियो। यही समस्यालाई समाधान गर्न हालै शिक्षा नियमावली पुनः संशोधन गरी एसईईमा सहभागी हुन १४ वर्ष उमेर पूरा हुनु अनिवार्य गरिएको जनाएको छ।

नयाँ व्यवस्था यसै वर्षदेखि लागू हुने मन्त्रालयले जनाएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID