गढवामा निजी विद्यालय स्तरीय खेलकुद: बुद्ध ज्योति मावि चार विधामा चम्कियो

दुर्गाप्रसाद खनाल

गढवा,२१ मंसिर। गढवा गाउँपालिका स्तरीय निजि विद्यालय समितिको आयोजनामा शुक्रबार देखि गढवामा विभिन्न खेलकुद प्रतियोगितामा बुद्ध ज्योति माध्यामिक विद्यालय गढवाले उत्कृष्ट प्रदर्शन गरेको छ। चार खेलमा बुद्ध ज्योति माविले प्रथम स्थान हासिल गरेको छ।

दोस्रो खेलकुद प्रतियोगिता मंसिर १९ गतेदेखी २१ गतेसम्म सञ्चालन भएको हो। प्रतियोगितामा माध्यमिक तह अन्तर्गत छात्र/छात्राहरुबिचको भलिबल खेल,आधारभूत तह अन्तर्गत फुटवल छात्रहरुको , खो:खो छात्रा,२०० मिटर दौड छात्र/छात्रा बिच त्यसैगरी प्राथामिक विद्यालय तहमा १०० मिटर दौड , चम्चा दौड र हिसाव दौड छात्र/छात्राहरुको बिचमा खेलकुद प्रतियोगिता संचालन भएको संयोजक निर्मल रावतले जानकारी दिनुभयो।

जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा सम्पन्न संस्थागत विद्यालय गढवाले संयुक्त रूपमा आयोजना गरेको वार्षिक खेलकुद प्रतियोगितामा बुद्ध ज्योति माध्यमिक विद्यालय, गढवाका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै चार विधामा प्रथम तथा एक विधामा तृतीय स्थान हात पारेका छन्। पाँच प्रतिस्पर्धामध्ये चार उपाधि जित्दै विद्यालयले पालिका यस्तरमा आफ्नो खेलकुद क्षमतालाई अझ सबल रूपमा प्रमाणित गरेको विद्यालयले जनाएको छ।

पालिका स्तरीय खेलकुद प्रतियोगिता २०८२ मा बुद्ध ज्योति मावि गढवाले माध्यमिक तह छात्र भलिबलमा प्रथम स्थान, छात्रातर्फ भलिबलखेलमा प्रथम स्थान, त्यसैगरी आधारभूत विद्यालय तह तर्फ फुटबल खेलमा प्रथम स्थान, म्याथ रेसमा तृतीय स्थान, त्यसैगरी प्राथमिक तह स्पोन रेसमा प्रथम स्थान हासिल गरेको छ।

विक्रम सम्वत २०७६ सालमा स्थापना भएको गढवा गाउँपालिका स्तरीय निजि विद्यालय समितिको आयोजनामा यो दोस्रो पटक पालिका स्तरीय खेलकुद प्रतियोगिता -२०८२ को आयोजना गरेको थियो ।

विद्यालयका खेल शिक्षक शिवकुमार चौधरीका अनुसार विद्यार्थीहरूको निरन्तर अभ्यास, अनुशासन र आत्मविश्वासले यस वर्ष विद्यालयलाई शीर्ष स्थानमा पुर्‍याउन निर्णायक भूमिका खेलेको छ। खेलकुद गतिविधिले विद्यार्थीको शैक्षिक, मानसिक र शारीरिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उहांको भनाइ छ।

साथै शिक्षक–शिक्षिका, प्रशिक्षक तथा अभिभावकहरूले विद्यार्थीहरूको मेहनत, लगनशीलता र उत्कृष्ट प्रदर्शनप्रति प्रशंसा व्यक्त गर्दै भविष्यमा अझ ठूला सफलताका लागि शुभकामना दिएका छन्।

प्रधानाध्यापक थानेश्वर न्यौपानेले विजयी टिमका सम्पूर्ण विद्यार्थी, प्रशिक्षक तथा अभिभावकहरूलाई बधाई ज्ञापन गर्दै, “यस वर्षको उल्लेखनीय प्रदर्शनले विद्यालयको खेल प्रतिष्ठालाई थप उँचाइमा लगेको बताउनु भयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID