
गढवा, २१ मंसिर। गढवा–२ पचहियास्थित समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन शनिबार सम्पन्न भएको छ।
सहकारीका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो।
सम्पन्न पाचौ अधिवेशनले सावित्रा गहतराजको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ।जसको उपाध्यक्षमा तुलाराम कामी, सचिवमा पुरन दास यादव, कोषाध्यक्षमा मदन प्रसाद बिक, सदस्यहरुमा यशोदा यादव, भिम बहादुर बिक, बिस्नु प्रसाद बिक, कल्पना रावत र सपना राना मगर चयन हुनुभएको छ।
त्यसैगरी सहविर बिकको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ। जसको सदस्यहरुमा गोपाल सिंह गहतराज र चन्द्र प्रकाश चौधरी रहनु भएको छ।
“मर्यादित सहकारी : समुन्नत समाज” भन्ने मूल नारासहित सम्पन्न सभामा बोल्दै प्रमुख अतिथि अशोक कुमार यादवले सहकारीको सुशासन, पारदर्शिता र जिम्मेवारीमा जोड दिनुभयो। उहाँले अध्यक्ष गहतराजको नेतृत्वमा समानता सहकारीले राम्रो कार्यदिशा लिएको उल्लेख गर्दै सरकारले तोकेको मापदण्डअनुसार सहकारी सञ्चालक समितिमा सरकारी करार कर्मचारी बस्न नमिल्ने प्रष्ट पार्नुभयो। साथै एकै व्यक्तिले ४–५ सहकारीबाट ऋण लिँदा सिर्जना भएको जटिलताबारे सचेत गराउँदै सहकारी मूल्य–मान्यतामा अडिग रहन आग्रह गर्नुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै सहकारी संस्थाका सल्लाहकार संयोजक देवलाल यादव पैसा लैजाने र ब्याज तिर्ने मात्र सहकारीको उद्देश्य नभएको बताउनु भयो। सहकारीले बस्तु उत्पादन र कृषि क्षेत्रमा लगानी गर्नु पर्ने औल्याउनु भयो। त्यसैगरी नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्माले संस्थाको ऋण नियम बमोजिम तिर्न अपिल गर्नु भयो। सहकारीले गरेको काम कर्तव्यहरुको सञ्चालन समिति जागरुक हुनु पर्ने बताउनु भयो।२०७० सालमा स्थापना भएको सहकारीले राम्रो नतिजाका साथ अघि बढेको बताउनु भयो।
१२औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनको अवसरमा सबैभदा बढी बचतकर्ता सुघरी यादव, सबैभन्दा बढि मासिक बचतकर्ता सुघरमति थारु कुमाल, बाल बचत सन्दिप चौधरी , असलऋणी तर्फ राजेश चौधरी लाई सम्मान गरिएको हो। त्यसैगरी जेष्ठ नागरिकतर्फ रामकलि यादव, कमला कामी, धनराजी यादव, रत्नदेवी सुनार, खगेश्वर शर्मा लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
वडा नम्बर २ का वडा सदस्य राधेश्याम थारु कुमाल,आधारभूत विद्यालय बनघुस्रीका प्रधानाध्यापक उदयराम बर्मा, गोधुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवप्रकाश चौधरी, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, समान कृषि सहकारीका अध्यक्ष राजीत राम यादव, डिवेल इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल भानु यादव , गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, शेयर सदस्य लगायतकाको सहभागिता रहेको थियो।
गढवा गाउँपालिका वडा नम्बर २ का वडा सदस्य राधेश्याम थारु कुमाल, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, समान कृषि सहकारी संस्थाका अध्यक्ष राजीत राम यादव, समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार संयोजक देवलाल यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
संस्थाका तुलाराम कामीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहकारी संस्थाका सचिव पूरण यादवले गर्नुभएको थियो।





