
सविन भाई पत्रकार महासँघका केन्द्रीय सचिबको लेखन सैली स्पृट देख्दा खुसि लाग्छ।यसरी लगातार लेख्ने सहास र उर्जा हर कसैमा आउँदैन।
खुसिमात्र होइन लेख्ने स्पृट देख्दा आश्चार्य पनि लाग्छ।कति पौरखी कति उर्जासिल छन् त्यो उन्को लेखाईबाट बुझ्न गारो पर्दैन। केही महिना पहिले ‘कडी’ उपन्यायस पढें त्यसपछि दंशैको सघारमा “कालो मन” अनि अब ” नयाँ लुगा ” पनि आउदै छ।मैले कालो मन पढेर नसक्दै ” नयाँ लुगाको ‘पाण्डुलुपी’ तैयार देखियो।यो अत्यान्तै खुसिको कुरा हो।
उहाँको विश्व रिकाड बनाउने उदेश्य देखिन्छ।जेहोस् त्यसका लागि हाम्रो पनि हार्दिक शुभकामना छ।अग्रिम बधाई पनि छ।
उपन्यासका कुरा गर्दा कुनै वेला हिन्दीमा थुप्रै नावलहरू पढ्ने चलन थियो।देश विदेशका घटनाहरूलाई लिएर तैयार पारिएका वा स्यूर कल्पनामा आधारित पनि हुन्थे,कुनै जासुसी पनि हुन्थे।बिभिन्न कालखण्डमा बिभिन्न प्रकारका उपन्यासहरू आएका छन्।चीनीया क्रान्तिको वेलाका उपन्यास, रसियन क्रान्तिका वेलामा पनि जासुसी कृतिहरू पढियो।मेक्सिम गोर्कीको आमा उपन्यासपनि विश्व प्रसिद्द भयो।त्यसले उपन्यायस पढ्ने बानिनै बसाल्यो।उपन्यास पढ्दा छुट्टै आनन्द आउँछ।
तर उपन्यासको शमीक्षा गर्दा के लाग्छ भने कुनैन कुनै हुटहुटी नहुँदै उपन्यास लेख्न सकिदैन।मनभित्र देश समाज वा विद्रोह,प्रेम आदिको बास हुनैपर्ने रहिछ।त्यसो भयोभने मानिसले भबिश्य कोर्न सक्छ,त्यसको नायाँ परिकल्पना गर्न सक्छ।
” वीर चरित्र”नेपाली पहिलो आधिकारिक उपन्यास भनिन्छ।जो वि.स.१९६०मा पहिलो पल्ट छापिएको थियो।
उपन्यासका लेखक थिए गिरीशवल्लभ जोशी,नेपालको पहाडी भूभागहरूमा रेल चढ्ने,गाउँ-गाउँमा ट्राम कुँदेको,पक्की बाटाहरूमा मोटर दगुरेको परिकल्पना गरेका थिए।त्यो वेलाका लेखकको परिकल्पना हाम्रै अगडि छ।
उपन्यासका पछिल्ला खण्डमा हवाई जहाजको समेत प्रसङ्ग उठाएका थिए।” जब की त्यही वि.स. १९६०मा जहाजको पहिलो आविस्कार भएको थियो। त्यो वेलामा सुचना र सञ्चारको खासै नभएको त्यो युगमा पनि स्रष्टाले गरेको परिकल्पना साँच्चै एउटा चुनौती पूर्ण देखिन्छ।तिर्खा लाग्यो भने डाँडामा पनि पानीको मूल फुट्ने कल्पना गरिन्छ।किन की त्यही त्यो वेलाको आवश्याकता हो। कुनै वेला हामि आफैले पनि मोबाईलको कल्पना गर्यौँ तर त्यो आज हाम्रो खोल्टीमा छ। जो हिंजो हाम्रो दिमाखमा थियो त्यो आज हाम्रो अगाडी छ।
उपन्यासकारका परिकल्पनामा आधारित उपन्यासले समाजमा चहलपह त मचाईदिन्छ नै स्वायम लेखकमा पनि एउटा हुटहुटी भएको आभास पाठकलाई गराई दिन्छ।अहिले घोराही बनाउँका सयोजक सविन चौधरीले उपन्यास द्वारा कृषि सम्बन्धी थुप्रै जानकारी सहित मानिसले चाहेमा वा मानिसभित्र इच्छासक्ति भएमा के गर्न सक्किदैन भनेर प्रष्ट पारेको देखिन्छ।
त्यसको लागि मानिसको रङ्ग जस्तो भएपनि मन सकारत्मक अर्थात उज्यालो हुनुपर्छ।कालो मनका मानिसहरू समाजका लागि ,परिवारका लागि र सिङ्गो देशका लागि नै खराब हुन्छन्।यो उपन्यास पढेपछि कालो मनका मानिसहरू सामाजिक फोहोर हुन वा रोग हुन भन्ने कुरा बुजिन्छ।
सविन प्रियसन, अर्थात “सविन कुमार चौधरी”द्वारा लिखित वि.स. २०८२कार्तिकमा कालो मनको पहिलो संस्करण प्रकासित भयो। जसको २०८ पृष्ठ छन् र ४५१यसको मूल्य छ।
यसमा प्रेम,बिछोड, शड्यन्त्र र कयौं चुनौतिहरू सँग मुख्य पात्रहरू खास गरेर प्रकास चोधरी र अदिती क्षेत्र शङ्घर्षरथ छन्। २४वर्षबाट बैठमा थलापरेर बसेकी अदिती की आमाको उपचार गर्ने डाक्टर बन्ने हुटहुटी छोरीको हुन्छ।
उसैलाई जन्माउन अस्पत्ताल गएकी आमा बा दाजु र हजुरबा फर्किने कर्ममा दाजु र हजुर बा दुर्घटनामा पर्दा ठाउँको ठाउमै मर्छन्।तर तीन दिनको नानीलाई केही हुँदैन।बाउ छ महिना पछि निको भएपनि आमा अहिलेसम्म थला परेकी छन्।उनै आमाको लागि डाक्टर बन्ने सपना देख्छे ।तर गाउँमै पुरोहीतको शड्यन्त्रले उसलाई क्रुप बन्न बाध्य बनाइदिन्छ।पुरोहितको छोराको अदितीलाई देखेर नियत खराब भएपछि।कुसंस्कारले भरिएको समाजमा उसलाई आफ्नो सुन्दर रूपलाई भयानक बनाउन ऊ आफै बाध्य हुन्छ।
उता प्रकाशलाई पनि त्यही कुसंस्कारले गर्दा चार वर्ष जति बाहिर गाउँ निकालानै भएको हुन्छ।उनिहरूको कथा एकैनासे हुन्छ।तर एउटा दाङ र आर्की चाहिं सुर्खेतकी हो।उनिहरू बिचमा एउटी क्रुप भएकोले कालेजका अन्य छात्रको घृणाकी पात्र बन्छे भने प्रकाशले केही कालेजका छात्रलाई पिटेर उसलाई कालेजको डानका रूपमा उपमा मिल्छ।शेक्सन् बदलेर एउटै सेक्सनमा पुग्छन।एउटै बेञ्चमा बस्छन्।यसरी उनिहरू बिचमा भेटघाट र विचार आदान प्रदान सुरू हुन्छ।
उनिहरूको बिचमा बिस्तारै दोशती र प्रेम पनि सुरू हुन्छ।त्यही प्रेममा पनि पछि पुरोहीतको कालो मनको छायाँ पर्छ।
र केटीको बाउलाई भनेर उसले प्रकाशलाई त्यो केटीबाट अलग बनाउने चाल चल्छ।स्वायम अदितीको अर्थात गुडियाको बाले कैप्टनलाई गुडियाबाट सधैका लागि टाडा गराउने प्रयास गर्यो र सफल पनि भयो।उसैको बाउले कैप्टनलाई गुडियाको जिन्दगीबाट टडा गराईदिन्छन्।त्यो पनि त्यही पुरोहातको शड्यन्त्रमानै हो।
उसले उटा पत्रलेखेर ” मलाई माफ गर, भन्दै यो आफ्नो अन्तिम संदेश भएको र अब उप्रान्त कहिल्यै भेट नहुने बताउँ छ।
उसले आफ्नो घरपरिवार ऋणमा परेको र आफूलाई ऋण दिने साहु सँग सम्बन्ध गासने कुरा गरेको हुन्छ। यस्तो अवस्थामा उसले आफ्नो प्रेमिसँग घृणा गर्छे। तर उसले भने उसको बाउलाई छोरीलाई जसरी भएपनि डाक्टर पढाउनु पर्ने सर्तमा छुट्टिएको हुन्छ।पछि उसले पुरोहीतलाई पनि धम्काएपछि ऊ पनि त्यो ठाउनै छाडेर जान्छ। जानेभन्दा पहिले आफूले गरेको शड्यन्त्रको बारेमा भेद खोल्छ त्यसपछि उसको बाउलाई आफूले गरेको गलतीको अहसास् हुन्छ।
उनिहरू छुट्टिएपछि कैप्टन पागलनै हुन्छ र पागल खानामा दुइवर्ष बिताउँ छ।एक वर्ष उ ठिक भएपनि त्यही पागलखानामा बसेर किर्षिको नयाँ सोध खोज गर्छ।
त्यहाँ उसले कृषिको बारेमा धेरै अध्यान गर्छ।त्यो पागलखानामा कयौं राम्रा सामाजिक कामहरू पनि गर्छ।कयौँ अर्धपागल भएका प्रेममा बिछोड भएका अर्थ पागलहरूलाई पनि सही गराउँछ।जस्तै अनिता र सागरको मिलाप गराएर उनिहरू दुबैलाई नयाजिवन दिलाउँ छ।त्यहाँबाट छुटेर उसले सङ्गित र गायन तथा किर्षिमा तरक्की गर्छ। अहि फार्म खोल्छ सबै फार्महरू “गुडिया”नामबाटै खोल्द छ।त्यसले के देखाउन खोजिएको छ भने प्रकाशले अदितीसँग अथाह प्रेम गर्द छ तरपनि उसैको फाइदाको लागि त्योबाट आफू टाडा भयो।सच्चा मायाँ गर्नेहरूले त्याग पनि गर्छन् र उनिहरूभित्र कुनै प्रकाय्रको स्वार्थ हुँदैन भन्ने देखाइएको छ।स्वायम अदितीले प्रयास गर्दापनि उसमा वासना जाग्दैन किनकी ऊ प्रेमलाई पुजा गर्द छ।
अन्तिममा उस्तै क्रुप सिङ्गार गरेपछि मात्र उसले आफ्नो प्रेमाकालाई चिन्द छ। कथा अन्तिमा क्रुपतालाई आकासबाट पानी परेर पखालेपछि दुबैई व्यक्ति एउटै हो भनेर प्रष्ट पार्न खोजिएको छ।
उपन्यायसमा अदिती लाई देरादुनमा पढेको देखाईएको छ भने एकथाउँ चेन्नई भनिएको पनि छ।कतिपय।जे हस् कथाका कृषि सम्बन्धि जानकारी पनि दिइएको छ।उपन्यास ज्ञानवर्धक छ।लेखकमा यस्तै पर्कारको उर्जा र हुटहुटी बरकरार रहोस् भन्दै लेखकलाई हार्दिक बधाई।र नयाँ लुगाको लागि पनि शुभकामना छ।१६-११-२०२५




