
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको सातौं पूर्ण बैठकको दोस्रो दिन आज प्रज्ञा भवन, कमलादीमा जारी छ।
बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि विभिन्न १० वटा टोलीका नेताहरूले धारणा राख्नुभएको छ।
साथै बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरुले धारणा राख्ने क्रम सकिएको छ ।
बैठकमा आफ्नो छुट्टै प्रस्ताव राख्ने जनार्दन शर्माले १० वटा टोलीका नेताहरूले धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा आफ्नो धारणा राख्नुुभएकाे छ।
त्यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि १० वटा टोलीका नेताहरूले धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा धारणा राख्नुहुँदैैछ ।
ततः पश्चात् अध्यक्ष प्रचण्डले धारणा राख्नुहुनेछ । आजै बैठक सम्पन्न हुने बताईएकाे छ ।




