प्रचण्डको जेन-जी पुस्तालाई अपिल : “लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र मात्रै हो”

आस्था केसी

काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै युवापुस्ताले उठाएका भ्रष्टाचारविरुद्धका मुद्दा संविधानसम्मत प्रक्रियाबाट समाधान गर्न सकिने बताएका छन्। उनले आन्दोलनमा भएको दमन, नरसंहार र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उच्चस्तरीय छानबिनको माग गरे।

प्रचण्डले जेन-जी आन्दोलनलाई सुशासन, सामाजिक न्याय र समुन्नत लोकतन्त्रको पक्षमा भएको ऐतिहासिक कदमका रूपमा चित्रण गर्दै युवापुस्ताको साहसलाई सकारात्मक रुपमा लिएका छन्। तर तोडफोड, लूटपाट र आगजनीजस्ता गतिविधि जेन-जी पुस्ताको आदर्शसँग मेल नखाने भन्दै प्रतिगामी शक्तिको घुसपैठको नतिजा भएको बताए।

उनले लोकतन्त्र र गणतन्त्रलाई उल्ट्याउने प्रयासविरुद्ध सचेत रहन युवापुस्तासहित सम्पूर्ण जनतामा आह्वान गर्दै भने, “लोकतन्त्रको विकल्प अझ बलियो लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो।”

साथै, उनले आन्दोलनलाई संयम, संवाद र संविधानसम्मत प्रक्रियाबाट अघि बढाउन आग्रह गर्दै सबैलाई शान्तिपूर्ण निकासको पक्षमा उभिन अपिल गरेका छन्।

CM Prachanda- Final Press Release 26 bhadra-1

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID