दिगो उद्यमी महिला समूह आंटिपाकरद्वारा समूह सञ्जाल तथा अन्तरक्रिया 

आलोक भावुक

गढवा,१६ श्रावण। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत वडा नम्बर ६ आँटीपाकरमा गठित दिगो उद्यमी महिला समूह को आयोजनामा वडा नम्बर ६ मा गठित विभिन्न समूह सञ्जालहरू बीचको अन्तरक्रिया कार्यक्रम व्यवहार आंटीपाकरमा सम्पन्न भएको छ।

दिगो उद्यमी महिला समूह आंटीपाकरकी अध्यक्ष जानकी भुसालको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको प्रमुख अतिथि तथा ६ नम्बर वडा अध्यक्ष वीरबहादुर आले मगरको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो।

समूह सञ्जालको बैठक तथा अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ६ मा गठित मूल समूह तथा विभिन्न उपहार समूहहरू गरी १९ वटा उद्यमी महिला समूहहरूको सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा विभिन्न मूल समूहका सचिवहरूले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा तल्लो मदपुर उद्यमी महिला समूहकी अध्यक्ष धनादेवी थापा, चौतारी महिला उद्यमी समूहकी कोषाध्यक्ष संगीता केसी, सुनौलो उद्यमी महिला समूहका अध्यक्ष मनिषा चौधरी, जुनतारा उद्यमी महिला समूहका अध्यक्ष गीता बिक लगायतले समूहको प्रगति प्रतिवेदन साथै गठन पूर्व उद्यमी महिलाहरूको अवस्था र परियोजना सञ्चालन भएपछि आधारशिला तालिम लिए पश्चात उद्यमी महिला समूहहरूको अवस्थाको बारेमा बिस्तार रुपमा जानकारी गराउनुभएको थियो।

 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले महिला दिदीबहिनीहरूलाई अगाडि बढाउनका लागि व्यवसायिक तालिमले मात्र अगाडि बढ्न नसक्ने भन्दै आधारशिला तालिम लगायतका अन्य थुप्रै तालिमहरुबाट महिला सक्षम भएको प्रमाण पेश गर्ने हिसाबले अगाडि बढिरहेको बताउनुभयो। महिला सशक्तिकरण, महिला नेतृत्व स्थापना, र समाजको नेतृत्व महिलाले गर्न सक्ने हिसाबको जनशक्ति उत्पादन गर्न पालिकाले भिटा परियोजना मार्फत महिला सशक्तिकरणको क्षेत्रमा कार्यक्रमहरू निरन्तर अगाडि बढाएको र कार्यक्रममा महिला दिदीबहिनीहरुले समूहको प्रगति प्रतिवेदन सुनाउँदै गर्दा महिला सशक्तिकरणको क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको आफूलाई आभास भएको बताउनुभयो। महिला दिदीबहिनीहरूलाई जबसम्म नेतृत्वको तहसम्म पुर्याउन सक्दैनौं तबसम्म समाजको विकास र परिवर्तन हुन नसक्ने बताउनुभयो। परियोजनाको मुख्य लक्ष्य किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने, खसी बोकाको उत्पादनमा वृद्धि, दुग्ध उत्पादनमा वृद्धि गरिनुको साथै सहज बजारीकरणमा परियोजना मार्फत सफलता हासिल गर्न सके गढवाका किसान दाजुभाईहरूको अवस्था परिवर्तन गर्न सम्भव हुने मोडेलमा भिटा परियोजना सञ्चालन गरेको र आज सफलता हासिल गर्दै अगाडि बढेको बताउनुभयो।

 

त्यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरले गाउँपालिकाले जनताको समस्या बुझी समाधानका लागि परियोजना सञ्चालन गरेको र परियोजनाबाट आम गढवा गाउँपालिका दिदीबहिनीहरू खुसी भएको बताउनुभयो। परियोजनामा आबद्ध महिला उद्यमीहरूले हरेक तौर तरिकाबाट खुसी भएको बताउँदै महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगारसँग जोड्न पालिकाले कृषि र पशुको क्षेत्रमा ठूलो लगानी गरी परियोजना अगाडि बढाइरहेको जानकारी समेत दिनुभयो।

 

त्यसैगरी कार्यक्रमहोल्दै भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले परियोजना सञ्चालन पूर्व परियोजनाका परिणामहरू सार्वजनिक हुन थालेको भन्दै उद्देश्य गडवाका किसानहरूले उत्पादित वस्तुहरूको सहज बजारीकरण तर्फ अग्रसर रहेको बताउनुभयो । खसीबोकाको सामूहिक बजारीकरण, तरकारीको होलसेल बजारीकरण, र सबैभन्दा ठूलो र चुनौतीको विषय भनेको दूधको सहज बजारीकरणमा पालिका सफल भएको बताउनुभयो। गढवाका बासीहरूले सोचेजस्तो सबै कुरा सहज रुपमा सहजीकरण गर्न ठूलो चुनौती रहेको भन्दै एकएक गरी जनताका आशा र भरोसा सफल हुँदै अगाडि बढ्ने तर्फ गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। गडवा गाउँपालिकाले गढवा सामाजिक उद्यमी महिला सहकारी सङ्घ लिमिटेड मार्फत औषत ८५ रुपैयाँ प्रतिलिटर दर रेटमा दूध खरिद गरी बिक्री गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा गढवा गाउँपालिका भिटा परियोजना कार्यक्रम संयोजक बसन्तकुमार शर्मा, गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका व्यवस्थापक रम्भुनाथ चौधरी, भिटा परियोजनाका कर्मचारी, विभिन्न उद्यमी महिला समूहका महिला उद्यमी हरू लगायतको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID