नागपञ्चमी गुडियाको अवसरपारी गढवामा सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न 

आलोक भावुक

गढवा, ११ साउन। दाङ गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल अवधि संस्कृति संरक्षण प्रतिष्ठान केन्द्रीय कार्यालय गढवा दाङको आयोजनामा नागपञ्चमी गुडिया तथा ५२८ औँ तुलसी जयन्ती सावन,कजरी गायन घुघुरी वितरण तथा सम्मान कार्यक्रम आज आइतबार गढवा -६ बनकट्टी स्थित अवधी संग्रहालय निर्माणस्थलमा सम्पन्न भएको छ।

नागपञ्चमी अर्थात् यादव समुदायको गुडिया पर्व । यस दिनमा प्रकृति पुजा गर्ने सम्पुर्ण समुदाय बाट नागको पूजा गर्ने गरिन्छ नागको पुजाको साथमा भुमे क्षेत्रपाल देवताको समेत पुजा गर्ने प्रचलन रहेको छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो यस दिन आठ प्रकारको अष्ट नागको पुजा गर्ने गरीन्छ। तर दाङ देउखुरीका यादव समुदायले नागपञ्चमी गुडिया पर्व बिशेष किसिमले मनाउने गरेको यादव समुदायका जानकारहरु बताउछन् ।

 

नागपञ्चमी अर्थात् गुडिया पर्वको पुजा सामाग्री आफ्नो पैसाले किन्न नमिल्ने भएर गाउटोल बाट भिक्षा मागेर पुर्जाका सामाग्री किन्ने प्रचलन रहेको छ। यसो गर्नाले नाग देवता खुसी हुने जनबिस्वास रहि आएको छ। नागपञ्चमी गुडियाको दिन यादव समुदायका गाउभरीका महिलाहरु एक ठाउँमा जम्मा भएर नाग, बिच्छी गोजर लगाएतको आकार बनाई पुजाआज गर्ने चलन रहेको यादव समुदायका जानकारहरु बताउछन् । यादव समुदायले गुडियाको दिन सनातन धर्मावलम्बीले आआफ्नो घरको मूल ढोकामा नाग टाँस्छन् । नागपञ्चमीमा दीप, कलश र गणेश पूजा गरी गाईको गोबर र गहुको पिठोको नाग बनाई नागको मानचित्रमा गाईको दूध, दही, दुबो, कुश, सिन्दूर, चन्दन, रङ्गीविरङ्गी फूल, फलफूल, प्रसाद आदि चढाएर पूजा गर्नाले, टास्नाले सर्पको भय हुँदैन भन्ने विश्वास रहि आएको छ।

गुडियाको दिन यादव समुदायले आफ्ना छोरी चेली लाई घुघुरी दिने प्रचलन समेत रहेको छ। घुघुरी को मतलव चेलीबेटी लाई दक्षिणाको रुपमा दिइने गरीन्छ । र गुडियाको निम्तोदिन घरमै पुग्नु पर्ने हुन्छ। दिदि बहुनी फुपुहरुलाई घुघुरी दिन जाँदा दाई भाई बुवा भतिजो लाई अंगालो हालेर रुने चलन त अनौठो नै मानिन्छ। पछिल्लो समयमा कला संस्कृतिमा बिकृति भित्रिएपछी यादव समुदायमा यो प्रचलन भने आज सम्म जिबितै रहेको पाईन्छ ।

कार्यक्रममा अवधीभाषा झल्किने लोक संस्कृति रितिरिवाज परम्परा झल्काउने सावन कजरी गित प्रस्तुत गरिएको थियो। यादव समुदायका महिलाहरुले नागपञ्चमी गुडिया पर्वमा आफ्ना भाई (बिरना), बुवा माईतिबाट घुघुरी ल्याउने परम्परा आज पनि जिबितै रहेको छ।

पछिल्लो समयमा लोक संस्कृतिको नाममा बिकृति भित्रिए पनि यादव समुदायमा कैयन चार्डपर्वहरु परमपरागत रुपमा झै मनाउदै लोक संस्कृति संरक्षण गर्दै अघि बढेको पाइन्छ। नागपञ्चमीमा दाई भाईले दिदि बहिनिका लागि घुघुरी दिने परम्परा एक अद्भुत र अनौठो परम्परा छ, जहाँ दाजु भाईले घुघुरी दिन जाँदा दिदि बहिनिहरुले दिदि भाई बुवा लाई छोपेर जोड जोडले आवाज निकालेर रुने प्रचलन आज पनि यथावत् रहेको पाइन्छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अवधी कला भाषा साहित्य परमपरालाई जगेर्न गर्न लाई प्रतिष्ठानले ठुलो भुमिका निर्वाह गर्दै आएको बताउनुभयो। मौलिकता लाई जस्ताको यस्तै संरक्षण गरदै बचाईरहनु समुदायको सुन्दर पक्ष भएको बताउनुभयो। पछिल्लो समयमा आधुनिक्ताको नाममा समाजमा मौलिक भेषभुषा चाडपर्व र रितिरिवाजमा बिक्री भित्रिदै गएको तर यादव समुदायमा परम्परागत रूपमा चल्दै आएको भेषभुषा, गित संगितलाई जस्ताको त्यस्तै संरक्षण गर्दै आउने पुस्तालाई संरक्षणको जिम्मेवारी आभास गराउदै आएको आफुलाई आभास भएको बताउनुभयो। नयाँ पुस्तालाई नयांपनको आवश्यकता महसुस गरेकाले त्यै अनुसार सकरात्मक नयापन दिन आवश्यक रहेको बताउनुभयो। संग्रहालय निर्माणको लागि जग्गा व्यवस्थापनमा र बजेट सदुपयोग गर्ने बारे आफु चिन्तित र गम्भिर रहेको बताउनुभयो। प्रतिष्ठानका लागि आफु निरन्तर पालिकादेखि केन्द्र सम्म समन्वय गरीरहेको तर तत्काल जग्गा संस्थाको नाममा आएर बजेट सदुपयोग गर्न चुनौतीपुर्ण रहेकोले बिकल्प खोज्न सरोकारवाला संग बृहत छलफल गरी निकास निकाल्ने बताउनुभयो।

 

अवधी मौलिक परम्परालाई बचाइराख्न यादव समुदायले गरेको प्रयास उदाहरणीय भएको बताउदै अवधी भाषीको नृत्य, गित भेषभुसाको संरक्षण गर्न स्थानीय सरकार सदैव साथमा रहने बताउनुभयो। अन्य समुदायको सास्कृतिक कार्यक्रममा मौलिक पनाको एकदमै अभाव देखिने गरेको बताउदै अवधी संस्कृतिक संरक्षण प्रतिष्ठानले आफ्नो समुदायको संस्कृति जगेर्ना गर्न गरेको प्रयास उच्चतम् भएको बताउनुभयो।

 

त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले महिला दिदिबहिनीहरुले प्रस्तुत गरिएको गित सतप्रतिशत मौलिक भएको भन्दै तारिफ समेत गर्नु भयो।आजको मौलिकपन लाई आउने पुस्तालाई जस्ताको त्यस्तै हस्तान्तरण गर्न सके अवधी संस्कृतिक संरक्षणमा ठुलो योगदान पुग्ने उपाध्यक्ष चौधरीले बताउनुभयो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका नि‌वर्तमान पालिका अध्यक्ष सहजराम यादवले अवधी संग्रहालय निर्माणका जग्गा व्यवस्थापन गरी अवधी संग्रहालय निर्माणको जिम्मेवारीपुर्ण भुमिका निर्वाह गर्न पालिका लाई अनुरोध समेत गर्नु भयो। अवधी संग्रहालयका लागि ३ करोड बजेट बिनियोजन गरिनु अवधी भाषी समुदायको लागि खुसीको खबर भएको बताउदै यादवले अवको मुख्य जिम्मेवारी जग्गा व्यवस्थापन गरी अवधी संग्रहालय निर्माणको प्रक्रिया अघि बढाउनु भएकाे बताउनुभयो।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राम गोपाल यादवको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी र गाउँपालिका पुर्व अध्यक्ष सहजराम यादवको विशिष्ट अतिथित्यमा सम्पन्न भएको छ।

त्यसैगरी सोही कार्यक्रममा अवधी भाषाको गित र पहिरनको माध्यमले लोक संस्कृतिको संरक्षण गरेको भन्दै विभिन्न विधामा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो।

कला संस्कृतिलाई लोप हुन नदिन गढवा गाउँपालिकाले हरेक बर्ष नागपञ्चमी अर्थात् गुडियाको दिन सार्वजनिक बिदा समेत दिने गरेको छ। अवधी समाज बिशेष गरी गढवा गाउँपालिका यादव समुदायले नागपञ्चमी गुडिया पर्वलाई आफ्नौ मौलिक रुपमा मान्दै आएको र आज सम्म पनि कुनै बदलाव नभएको/ठुलो पर्वको रुपमा रहेकोले गुडियाको दिन गाउँपालिकाले सार्वजनिक बिदा दिन थालेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भयो ।

कार्यक्रमको सञ्चालन नेपाल अवधी संस्कृतिक संरक्षण प्रतिष्ठान केन्द्रीय समितिको उपाध्यक्ष गिता यादवको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रतिष्ठानकी कोषाध्यक्ष राम कुमारी यादवले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID