
दाङ, ८ साउन । घोराही बनाऔं अभियानको अगुवाईमा विद्यालयमा पुनः पाइला राखेकी ९ वर्षिया वर्षा पुन मगरलाई ज्ञानज्योति एजुकेशनल एकेडेमीको टोलीले उनी बस्ने ठाउँमै पुगेर खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ ।
बिहीबार विहान ९ बजेतिर घोराही–७ पर्सास्थित ग्लोबल एकेडेमीमा अध्ययनका लागि जान तयार भएकी वर्षालाई ज्ञानज्योतिको टोलीले उनी बस्ने फुपु, फुवाजुको घरमै पुगेर दुईबोरा चाम, आलुलगायतका खाने कुरा र कापीहरु सहयोग गरेको हो । ज्ञानज्योतिमा सामाजिक कार्य गर्नका लागि विद्यार्थीहरुले स्वतस्फूर्त तरिकाले मुठिदानबाट चामललगायतका सामाग्री संकलन गर्ने र यस प्रकारको संकलित सामाग्री आवश्यक पर्ने ठाउँमा सहयोग गर्दै आएको विद्यालयका प्रिन्सीपील लक्ष्मीप्रसाद बुढा मगरले जानकारी दिनुभयो । उहाँले ज्ञानज्योतिको तर्पmबाट पनि दुःख पाएका विद्यार्थीहरुलाई पढाउने कार्यक्रम भएको, हाल एकजनालाई पढाई रहेको र थप दुईजना विद्यार्थीलाई आफुहरुले निशुःल्क पढाउन सक्ने भएकाले घोराही ब नाऔं अभियानलाई यसको संयोजन गर्नका लागि अनुरोध गर्नुभयो । ज्ञानज्योतिमा विद्यार्थीहरुलाई दक्ष र क्षमतावान, सिपयुक्त बनाउनका लागि तालिका बनाएर सिर्जनशील कार्यहरु गरिरहेको समेत प्रिन्सीपल बुढाको भनाइँ छ ।
घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको अगुवाईमा वर्षालाई खाद्यान्न सहयोग वितरण गरिएको थियो । सो अबसरमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर घर्ती मगर, विद्यालयका संस्थापक शेयर सदस्य भिमबहादुर केसी, शिक्षक नवीन आचार्यलगायतको सहभागिता थियो ।




