गढवा गाउँपालिकामा मुस्लिम समुदायको सशक्तिकरणका लागि उद्देश्यात्मक कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा,१८ असार। मुस्लिम समुदायका व्यक्तिहरूलाई शैक्षिक, सामाजिक र आर्थिक क्षेत्रमा अघि बढाउनका लागि गढवा गाउँपालिकाले उद्देश्यात्मक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ।

बुधबार गढवा गाउँपालिकाको सभाहलमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका भरका सय भन्दा बढी मुस्लिम समुदायको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले मुस्लिम समुदायका व्यक्तिहरूलाई शैक्षिक सामाजिक र आर्थिक क्षेत्रमा अगाडि बढाउनका लागि उत्प्रेरणात्मक कार्यक्रमको आयोजना गरेको बताउनु भयो। गढवा गाउँपालिकाले मुस्लिम समुदायको समावेशी विकास, सामाजिक समानता तथा अवसर पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो।

कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका वरिष्ठ उपसचिव शारदा बस्याल बेल्बासे र गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले सहभागिहरूलाई मुस्लिम समुदायको समावेशी विकास, सामाजिक समानता तथा अवसर पहुँच लगायत अन्य थुप्रै विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

“शिक्षा, स्वास्थ्य, कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार” भन्ने नारासहित सञ्चालन गरिएको उक्त कार्यक्रममा मुस्लिम समुदायभित्रका चुनौती, अवसर र सशक्तिकरणका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल प्रशासन शाखा प्रमुख पुनाराम शर्मा। स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरी, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा मुस्लिम समुदायका अगुवा व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य वडा नं. ४ का वडा सदस्य अतिउल्लाह मनिहारले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID