
गढवा, १३ असार । गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रबार गढवा वडा नम्बर ३ मा “जनतासँग न्यायिक संवाद कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुल्सीराम अधिकारीको अध्यक्षता कार्यक्रममा गढवा गाउँपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता लुम बहादुर कार्कीले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममामि बोल्दै ३नं. वडाध्यक्ष तुल्सीराम अधिकारीले जनता संग न्यायिक संबाद कार्यक्रमले न्यायिक प्रणालीलाई जनमुखी र पहुँचयोग्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताउनुभयो। लोकतान्त्रिक शासन व्यवस्थाको मूल आत्मा भनेको जनताको सहभागिता, पारदर्शिता, र जवाफदेहिता हो। न्यायिक समिति गाउँपालिकाको एउटा संवैधानिक अंग हो, जसले स्थानीय विवाद समाधान, मेलमिलाप, लैंगिक न्याय, बालबालिका र महिला अधिकारको संरक्षणमा अग्रणी भूमिका खेलिरहेको बताउदै संवाद कार्यक्रमले जनतासँग प्रत्यक्ष कुराकानी गर्ने, उनीहरूको गुनासा बुझ्ने, कानुनी जानकारी दिने र स्थानीय तहको न्यायिक प्रक्रिया प्रति उनीहरूको विश्वास बढाउने अवसर दिएको बताउनुभयो। हामी सबैको प्रयास समाजमा मेलमिलापको संस्कार विकास गर्नु हो, जसले गर्दा अदालत जाने झन्झट नपारी स्थानीयस्तरमै समस्याहरूको समाधान होस्। यसका लागि न्यायिक समितिको क्षमता अभिवृद्धि, कानुनी साक्षरता, र नागरिक–सरकारको सहकार्य अपरिहार्य रहेको बताउनु भयो।
न्यायिक संवाद कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रा केसी, वडा नम्बर ३ का सदस्य आशाराम चौधरी, बिमल कुमार चौधरी,प्रमिला नेपाली, गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्द, संघ संस्था शाखाका शुरेस पौडेल, ३नं. वडा सचिव शिव कुमाली चौधरी, समाजका अगुवा, कटकन्दार क्षेत्रका अग्रज व्यक्तित्व, सामुदायिक वनका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधिसमेत सहभागी भएका थिए।
कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नुभएको थियो।




