
गढवा,४ असार । दाङ देउखुरीको गढवा गाउँपालिकाले सत्रौँ गाउँसभा बुधबार आफ्नो नीति तथा कार्यक्रम सर्वस्व सम्मत रूपमा पास पारित गरेको छ। गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पारित गर्नुभएको हो।
गाउँपालिका अध्यक्ष शर्मा पोख्रेलले आगामी आर्थिक वर्ष २०८२ /०८३ का लागि नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा महत्वपूर्ण योजना तथा कार्यक्रम समावेश गरेको छ।गाउँपालिकाले विकास निर्माणको कामलाई आफ्नो नीति तथा कार्यक्रममा प्रमुखताका रुपमा उठाएको छ। त्यस्तै शिक्षा कृषि स्वास्थ्य सहकारी महिला बालबालिका जेष्ठ नागरिक दलित मधेसी मुस्लिम युवा जनजाति लगायत समुदायका क्षेत्रमा पनि महत्वपूर्ण नीति तथा कार्यक्रम समावेश गरेको छ।
गढवा गाउँपालिकाले दिगो विकासको राष्ट्रिय लक्ष्यहरूको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माणसहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी सुशासन सामाजिक न्याय समावेशी जलवायुथानशील तथा दिगो आर्थिक विकास मार्फत समृद्धि गढुवा गाउँपालिका सुखी जनताको लक्ष्य हासिल गर्न नीति तथा कार्यक्रमहरु लक्षित गरेर निर्माण गरेको जनाएको छ ।
गढवा गाउँपालिका आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा गढवाको समग्र विकास आत्मनिर्भरता समाजवाद उन्मुख अर्थतन्त्र सुन्दर र नमुना गढवा गाउँपालिका बनाउने लक्ष्यतर्फ नीति तथा कार्यक्रम दिशाबोध गर्ने विश्वास लिएको छ। गाउँपालिकालाई उत्कृष्ट गाउँपालिकाको रुपमा स्थापित गर्न सुकुम्बासी तथा भूमिहीन मुक्त कमैया र अव्यवस्थित बसोबासीहरूको वैज्ञानिक व्यवस्थापन गर्ने स्वच्छ सफा र सुन्दर गाउपालिकाको पहिचान कायम राख्ने र योजनाबद्ध ढंगले गाउँपालिकाको विकासलाई नीति तथा कार्यक्रममा प्रमुखताका रूपमा अगाडि बढाएको छ।
शिक्षातर्फ सामुदायिक विद्यालयमा वर्षेनी विद्यार्थी सङ्ख्या घट्दै जाँदा त्यसलाई न्यूनीकरण गर्नका लागि सम्पूर्ण शैक्षिक सरोकारवालाहरूको उपस्थितिमा बृहत रुपमा विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने बालशिक्षा आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवन उपयोगी र व्यावसायिक बनाउने साथै माध्यमिक शिक्षामा आधारभूत प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गरी विद्यालय तह पूरा गर्दा कम्तिमा एउटा सीपमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्ने गर्ने, न्यून विद्यार्थी सङ्ख्या भएका विद्यालयहरूलाई नजिकको विद्यालयमा समायोजन तह तथा तह घटुवा गरी व्यवस्थापन गर्ने नीतिलाई निरन्तरता दिने, सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरूलाई प्रविधिमैत्री शिप विकास शिक्षण कला क्षमता विकासको व्यवस्थापन गरिने, शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक शिक्षा शिक्षक विद्यार्थी उत्प्रेरणा अक्षर सुधार ट्युसन पोषण जस्ता कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखी निरन्तरता दिने शैक्षिक सत्र २०८२ मा आधारभूत तह कक्षा ५ को अन्तिम परीक्षा पालिका स्तरीय गरिने, घरदेखि विद्यालयसम्मको दूरी १ घण्टाभन्दा बढी भएका भौगोलिक विकटताका कारण विद्यालय छोड्न सक्ने सम्भावना भएका असहाय फरक क्षमता भएका विद्यार्थीहरूका लागि गढवा-१ मा स्थित जनता माध्यमिक विद्यालय कालाकाटेमा आवश्यक विद्यालयको रुपमा विकास गरिने,गाउँपालिकामा अग्रणी विद्यालय छनोट गरी स्रोत विद्यालयको रुपमा विकास गरिने, धार्मिक विद्यालयहरुलाई संरक्षण गरिने दरबन्दी मिलानलाई निरन्तरता दिने जस्ता कुरालाई प्राथमिकता दिएको छ।
युवा तथा खेलकुद नीति तथा कार्यक्रममा युवालाई दुर्वेसनीबाट मुक्त गर्न पुनर्स्थापना केन्द्र स्थापना गरी सञ्चालन गरिने, एक वडा एक व्यामशालालाई प्राथमिकता दिई स्वास्थ्य नागरिक अभियान सञ्चालन गरिने,बहुउद्देश्य कबर्डहल निर्माणलाई कार्यलाई सम्पन्न गरी प्रयोगमा ल्याइने,भाषा संस्कृति सम्बन्धी नीति तथा कार्यक्रममा पालिका भित्रका विभिन्न भाषा कला संस्कृति कला संस्कृति भाषा सम्बन्धी नीति तथा कार्यक्रममा सञ्चालन गर्ने ,कार्यक्रम रोजगार सेवा केन्द्रको समन्वयमा पुनर्स्थापना अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने,बालमैत्री स्थानीय शासन तथा बालअधिकारको सम्मान भन्ने अभियानलाई आत्मसात गर्दै बालमैत्री समाज निर्माण गरी बालापन सुरक्षित गर्न वडा स्तरमा कार्यक्रम सञ्चालनलाई निरन्तरता दिई आवश्यक चरणहरू पार गरी बालमैत्री वडाहरू हुँदै बालमैत्री गाउँपालिका घोषणा कार्यलाई निरन्तरता दिने, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि बाल कोष सञ्चालन कार्यविधि र लैङ्गिक हिंसा निवारणको सञ्चालन कार्यविधि निर्माण गरी अगाडि बढाइने, हिंसा प्रभावितलाई उद्धार गरी संरक्षण स्थापनाका गर्न गाउँपालिकाभित्र हिंसा पीडित पुनर्स्थापनाका लागि सुरक्षित आवाजग्रह सेफ हाउ सञ्चालनमा ल्याइने, पालिकाभित्र नवनिर्माण हुने भौतिक संरचनालाई मानव मैत्री बनाउन प्राथमिकता दिने,जस्ता कुरालाई नीति तथा कार्यक्रममा प्रमुखताका साथ अगाडि बढाएको छ।
जेष्ठ नागरिकको सेवा पालिकाको प्रतिबद्धता कार्यक्रम अन्तर्गत पालिकाका विभिन्न जेष्ठ नागरिकहरूलाई सामुदायिक सांस्कृतिक र मनोवैज्ञानिक परामर्श कार्यक्रम सञ्चालन गरिने, बाल कोष र लैङ्गिक हिंसा निवारणको स्थापना गरी सञ्चालनमा ल्याइने, सम्पूर्ण वडाहरुमा स्तनपान कक्ष निर्माण गरिने, सहित बेपत्ता परिवार तथा घाइते अपाङ्गहरुलाई जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्ने।
त्यसैगरी स्वास्थ्य तर्फ गढवा गाउँपालिका अन्तर्गत स्वास्थ्य चौकीबाट क्रमश एमबीबीएस डक्टर द्वारा सेवा दिनुको साथै २४ घण्टा इमर्जेन्सी सेवालाई निरन्तरता दिने गर्व स्वास्थ्य चौकीमा सञ्चालित २४ घण्टे आकस्मिक सेवालाई थप प्रभावकारी बनाउने, १५ सैयाको अस्पताल निर्माण कार्य सम्पन्न गरी आर्थिक वर्ष २०८२ /०८३ भित्र सञ्चालनमा ल्याइने, क्षयरोग मुक्त नेपाल अभियानलाई निरन्तरता दिने, गढवा गाउँपालिका अन्तर्गत रहेका सबै स्वास्थ्य संस्थाहरूबाट क्रमश प्रयोगशाला सेवा सञ्चालन गरिने, सुत्केरी स्याहार प्रोत्साहन भत्ता कार्यक्रमलाई निरन्तरता दिने ,गाउँपालिका अन्तर्गत दूरदराजमा रहेका र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्था नभएका बस्ती तथा नाका क्षेत्रमा कर्मचारीहरूको व्यवस्थापन गरी स्वास्थ्य सेवा सुचारु गरिने, जिरो होम डेलिभरी गर्दै कर्मगत रुपमा पालिकालाई जिरो ओम डेलिभरी कार्यक्रम सञ्चालन गरिने लगायतका कुरालाई प्राथमिकतामा अगाडि सारेको छ।
त्यसैगरी कृषिमा लगानी दिगोपनामा ध्यान प्रविधिमा आधारित उत्पादन गढवाको अभियान भन्ने मूलनाराका साथ कृषि उपजको आयात प्रतिस्थापनको नीतिले कृषिलाई आधुनिक प्रविधिमा आधारित ल्याउँदै व्यवसायीकरण गरिने माटो परीक्षण र माटो व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गरिने,पालिकालाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने, गाउँपालिकाभित्रका कृषकहरूको उत्पादन तथा प्रयोगमा प्रोत्साहित गरिने, किसानहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, कार्यको थालिनी गर्ने विद्यालयहरूमा पोषण सुरक्षाका लागि करेसाबारी अभियान कार्यक्रम सञ्चालन गरिने, सित भण्डार निर्माणको कार्यलाई तीव्रता दिई सञ्चालनमा ल्याइने , माटो सुहाउँदो विशेष एक वडा एक कृषि बालीको नीति लिई कृषि प्रणालीमा सुधार गरिने, कृषि व्यवसायलाई व्यवसायिक आधुनिक र प्रतिस्पर्धात्मक बजारमुखी बनाइने जस्ता कुराहरुलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समावेश गरेको छ।
गाईभैँसीमा गर्भधान कार्यक्रम निरन्तरता दिँदै त्यसबाट जन्मेका बच्चा र सुत्केरी गाई भैंसी स्यारमा प्रोत्साहन गरिने, पशुपंछी क्षेत्र न्यूनीकरणका लागि पशुपंक्षी बीमा नीतिलाई अवलम्बन गरिने, पशु प्राविधिक कर्मचारीको क्षमता अभिवृद्धिका लागि क्षमता विकास तालिमको व्यवस्थापनका लागि आवश्यक कार्यक्रम बनाई मानव स्वास्थ्य संरक्षणमा जोड दिने, दलित अपाङ्ग पिछडिएका तथा रोजगारी नभएका सीमान्तकृत वर्गहरुलाई कार्यक्रममा सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरेको छ।
राजस्व तथा आन्तरिक स्रोत परिचालन नीति तथा कार्यक्रममा सम्पत्ति कर, व्यवसाय कर, सेवा शुल्क तथा अन्य करहरू दर्ता र संकलन प्रणालीलाई डिजिटल बनाइने,करको दायरा विस्तार गरी कर शिविर कर शिक्षा जस्ता कार्यक्रमबाट गाउँपालिकाको राजस्व वृद्धि गरिने, करसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने ,गढवाको भारत सीमा (कोइलाबास)को पुरानो नाकालाई पुनसवलीकरण गरी पर्यटन प्रवर्धन र आयमा वृद्धि गर्न संघ र प्रदेश सरकारसँग पहल गरिने जस्ता कुरालाई नीति तथा कार्यक्रममा समावेश गरेको छ।
आँगनको सरकारबाट सबैका लागि न्याय भन्ने नारालाई आत्मसाथ गर्दै न्यायिक समितिको काम कर्तव्य र अधिकारबारे समुदाय स्तरसम्म व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विपन्न अशक्त पहुँच र अवसरबाट वञ्चित भएका वर्गहरूलाई न्यायमा पहुँच पुर्याउने, उद्देश्यले न्यायिक समिति घुम्ती शिविर सञ्चालन गरिने, लागु औसध दुर्वेसन साइबर अपराध साइबर सुरक्षा सम्बन्धी कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटेको छ।
सूचना तथा सञ्चार सम्बन्धी नीति तथा कार्यक्रममा सुरक्षालाई मध्यनजर गरी विभिन्न चोक तथा स्थानमा सीसीटिभी क्यामेरा जडान गरिने, स्थानीय तहको डिजिटल प्रोफाइल अध्यावधिक गरिने, स्थानीय राजपत्र र पालिकाको प्रकाशनलाई नियमित र व्यवस्थित गर्दै अगाडि बढ्ने ,स्थानीय पत्रपत्रिका रेडियो टेलिभिजनबाट सचेतनामूलक सन्देश तथा विज्ञापन तथा सूचना स्थानीय सञ्चार संस्थाहरुलाई प्राथमिकता दिने र लोक कल्याणकारी विज्ञापन तथा प्रसारण वितरण प्रणाली लागु गरिने, सूचना सम्बन्धी कानुन निर्माण गरी कार्यान्वयन गरिने, इन्टरनेट भएको स्थानमा सुधार तथा आवश्यक बमोजिम इन्टरनेट विस्तार गरिने पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
सहकारी सम्बन्धी नीति तथा कार्यक्रममा गढवा गाउँपालिकाभित्र रहेका सहकारी संस्था तथा सहकारी सञ्जालको भूमिका सक्रिय बनाइने,संघीय सरकारको कार्यान्वयनमा ल्याइएको कोपोमिस सफ्टवेरलाई प्रयोगमा ल्याइने, सहकारी संस्थाहरू एकीकरणका लागि प्रोत्साहन गरिने, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने ,गाउँपालिका भित्र स्थापना हुने सहकारीको दर्ता तथा कार्य क्षेत्र अनुमति जस्ता विषयलाई व्यवस्थित ढंगले अघि बढाइने, कृषि लगायत विषयगत सहकारीलाई सो क्षेत्रमा केन्द्रित भई लगानी गर्ने नीतिलाई कठोर रुपमा कार्यान्वयन गर्ने कुरालाई नीति रहेकोतथा कार्यक्रममा समावेश गरेको छ।
सहकार्य र समन्वय समिति तथा कार्यक्रममा गढवा गाउँपालिका र छिमेकी पालिकाहरू बीचको सीमा विवाद सम्बन्धित स्थानीय सरकारहरूसँग तथा सक्रिय राजनीतिक दलसँगको समन्वय र सहकार्यमा समाधान गरिने, फोहोरमैला व्यवस्थापन गढवा बजार लगायतका बजारहरु व्यवस्थापन पालिकाको आन्तरिक आयवृद्धि गर्न करका दायरा विस्तार गर्ने र नदीजन्य पदार्थको व्यवस्थापन गर्ने सन्दर्भमा गाउँपालिका राजनीतिक दल तथा सरोकारवाला बीच समन्वय र सहकार्य गरी व्यवस्थापन गर्ने नीति ल्याउने जस्ता कुरालाई नीति तथा कार्यक्रममा समावेश गरेको छ
सत्रौँ गाउँसभामा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल विभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरू,कर्मचारी लगायतको सहभागिता थियो। गाउँपालिकाको सत्रौँ अधिवेशनको नियमित दोस्रो बैठक आज बुधबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।





