
गढवा,२ असार ।गढवा गाउँपालिका वडा नं.६ बौद्धटोलमा जनतासंग जनप्रतिनिधि अन्तरक्रिया तथा टोल विकास संस्था गठन कार्यक्रम सोमबार सम्पन्न भएको छ।
गढवा गाउँपालिका ६ नं. वडा सदस्य दिनामणी आचार्यको अध्यक्षता तथा ६ नम्बर वडाध्यक्ष विर बहादुर आलेमगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा ६ नं. वडाध्यक्ष विर बहादुर आलेमगरले बौद्धटोल लगाएत अन्य थुप्रै ठाउँमा स्थानीय संग सहकार्य गर्दै बाटोघाटो, खानेपानी, बत्ति लगायतका समस्या समाधानका लागी आफुले समन्वय बाट बजेट बिनियोजन गर्ने बताउनुभयो । महिलालाई सामुहिक रुपमा व्यवसाय तर्फ आकर्षित गर्ने कार्यक्रम लागु गर्ने बताउनुभयो। कृषि र पशुपालनको क्षेत्रमा टोल बिकास सस्थाको समन्वयमा कार्यक्रम गर्ने बताउनुभयो। बुद्ध ज्योति रोडको लागि यसै वर्ष बजेट विनियोजन गर्ने बताउनुभयो। सिप तालिम सिक्न ईच्छुक ले पालिकामा समन्वय गर्न अनुरोध समेत गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा ६ नं. वडा सदस्य दिनामणी आचार्यले अन्तरक्रिया कार्यक्रममा उठेका समस्याहरुको पहिचान संगै समाधानका लागी अगाडी बढ्ने बताउनु भयो । स्थानीयहरुले उत्पादन संग जोडीन व्यवसायिक रुपमा अघि बढ्ने प्रस्ताव उदाहरणिय भएको बताउनु भयो । शिक्षामा सुधारमाका लागि अभिभावक जागरुक बन्नै पर्ने बताउदै अभिभावकको लागि सर्वस्व बालबालिका भएकाले ध्यानदिनुपर्ने बताउनुभयो।
साथै सम्पूर्ण अन्तरक्रिया कार्यक्रम सँगै बौद्ध टोल विकास संस्था गठन गरिएको छ। तुलसा कुँवर योगीको अध्यक्षतामा ९ सदस्यीय टोल विकास संस्था गठन गरिएको छ भने पाँच सदस्य सल्लाहकार समिति चयन गरिएको छ।
बौद्ध टोल विकास संस्थाको सचिवमा चन्द्रकला पाण्डेय, कोषाध्यक्षमा सरिता गुरुङ, सदस्यहरूमा लोकराज चौधरी,कमला रोका, इन्द्रकली दमै, सन्दिप यादव, मिना सुनार र बिपुला शर्मा रहनुभएको छ
भने सल्लाहकारमा मोहन सिंह बुढामगर,भरत कुमार पन्त ,उमानाथ यादव,पार्वती परियार र भरत नेपाली चयन हुनुभएको छ।
कार्यक्रममा समाजसेवी मोहन कुमार राना, भरत कुमार पन्त, धन बहादुर पुन, कमला रोका, पार्वती परियार लगायतले सम सामायिक बिषयबस्तु, समस्याको बारेमा सल्लाह सुझाव गुनासो राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले खानेपानी,बाटोघाटो निर्माण तथा मुस्कान बिकको घर हुदै बाटो निकाश, अधुरो नाली निर्माणको कार्य पुरा गर्न, कृषि तथा पशुपालनको क्षेत्रमा सामुहिक लगानी गर्न सुझाव दिनु भयो । पुरुष रोजगारीको सिलसिलामा बिदेशिने र घरमा महिलाहरु बिना सिप काम नहुदा पोईला जाने जस्ता समस्या निम्तिने गरेकोले महिलाहरुको लागि शिपमुलक कार्यक्रममा जोड्न अनुरोध गर्नु भयो ।
गढवा गाउँपालिका ६ नं. वडा सदस्य गोबिन्द रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव बिष्णु बिसीले गर्नु भएको थियो ।




