
गढवा, २७ जेठ। नेपाल उद्योग व्यापार महासंघ जिल्ला समिति दाङको आयोजनामा मंगलवार गढवा गाउँपालिकामा नेपाल उद्योग व्यापार पालिका समिति गठन गरिएको छ।
नेपाल उद्योग व्यापार महासंघ दाङका अध्यक्ष डिल्ली बहादुर वलीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य मिनराज भण्डारी र नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
भेलामामा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले नेपाल उद्योग व्यापार महासंघ उद्योगी व्यवसायी व्यापारीहरूको छाता संगठन भई त्यस क्षेत्रमा निरन्तर कार्य गरेको एक सशक्त र संस्था भएको बताउनुभयो। गढवामा गठन पश्चात नेपाल उद्योग व्यापार महासंघ संग सहकार्य गर्दै गढवा गाउँपालिका समितिले उद्योगी व्यवसायी र व्यापारीहरुको हक अधिकारका लागि निरन्तर अघि बढेर काम गर्ने विश्वास आफुले लिएको बताउनुभयो। उद्योग व्यवसायी र व्यापारीहरुको हकहितको लागि लड्ने, तिनका लागि वकालत गर्ने, संरक्षण गर्ने, भएकाले यो संस्था लाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो।
सम्पन्न भेलाले गढवा गाउँपालिकामा पहिलो पटक नेपाल उद्योग व्यापार गढवा गाउँपालिका समिति गठन गरेको छ।
गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न प्रथम भेलाले व्यवसायी चित्र बहादुर रावत क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय पालिका समिति गठन गरेको छ। जस्को उद्योग उपाध्यक्ष लक्ष्मण घर्ती, वाणिज्य उपाध्यक्षमा कल्पना रावत, महासचिवमा भरत पन्त, सचिवमा कृष्ण पन्थी, कोषाध्यक्षमा भिम रिजाल, सह कोषाध्यक्ष कृष्ण आले, सदस्यहरुमा हेम नारायण चौधरी, मुक्त बहादुर सुनार, कौशिल्यादेवी बिश्वकर्मा, पदम रिजाल, कृष्ण बस्नेत, गिता चौधरी, पुष्पा पौडेल र भगवति चौधरी रहनु भएको छ।
त्यसैगरी नेपाल उद्योग व्यापार राजपुर गाउँपालिका समिति पनि मंगलवार गठन भएको छ। राजपुरमा सम्पन्न भेलाले व्यवसायी/व्यापारी बिकाश गुप्ताको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको छ। श्यामलाल वली, दुर्गा शर्मा, कल्लु यादव, जगन्नाथ गुप्ता, प्रमोद भण्डारी, विक्रम गुप्ता, झुपलाल खत्री र दुर्गा खत्री रहनु भएको छ ।
सम्पन्न प्रथम गढवा गाउँपालिका नेपाल उद्योग व्यापार समितिको भेलामा प्रदेश उद्योग उपाध्यक्ष खिमान्नद पौडेल, वाणिज्य उपाध्यक्ष गण्ज बहादुर बिष्ट, प्रदेश सदस्य शालिकराम आचार्य, चुडामणी आचार्य, चन्द्र खनाल, नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरे, गढवा गाउँपालिकाका उद्योगी व्यापारी व्यवसायीहरु लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजिकरण नेपाल उद्योग व्यापार महासंघ जिल्ला समिति दाङका महासचिव विकास वलीले गर्नु भएको थियो।





