कटाई सिलाई राम्रो सम्भावना भएको पेशा हो : उपाध्यक्ष चौधरी

आलोक भावुक

गढवा, २३ जेठ। गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले कटाई सिलाई व्यवसाय कहिल्यै विस्थापित नहुने, स्थायी सम्भावना बोकेको पेसा भएको बताउनुभएको छ।

शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ८ को कोइलाबासमा आयोजित एक महिनाको स्तरोन्नति सिलाई–कटाई तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै उपाध्यक्ष चौधरीले यस्तो बताउनुभएको हो।

उहाँले भन्नुभयो, “अन्य धेरै व्यवसाय समय र परिस्थिति अनुसार परिवर्तन वा विस्थापित भए पनि कटाई सिलाईजस्तो सीप कहिल्यै हराउँदैन। यस पेशालाई व्यवसायिक रूपमा अँगाल्न सके आत्मनिर्भर बन्न सकिन्छ।”

गढवा गाउँपालिकाको आयोजनामा सुरु गरिएको तालिममार्फत सहभागी महिलाहरूलाई कपडा सिल्नसक्ने बनाइएको र सामूहिक रुपमा व्यवसाय सञ्चालन गर्न सकिने उहाँले सुझाव दिनुभयो।

तालिम उद्घाटन कार्यक्रम गढवा गाउँपालिका वडा नं. ८ की दलित महिला सदस्य रामकुमारी सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिम गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र समन्वयमा सञ्चालन गरिएको हो।

कार्यक्रमको सहजीकरण महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो। एक महिनासम्म चल्ने उक्त तालिम शुक्रवारदेखि कोइलाबासमा औपचारिक रूपमा सुरु भएको हो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID