
तुलसीपुर, ४ जेठमा । दाङको तुलसीपुर उपमहानगरपालिकामा पालिका स्तरीय पोषण मार्फत जीवन रुपान्तरण परियोजना सरोकारवालाहरुसंग बैठक तथा समीक्षा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाका समाजिक विकास संयोजक मान बहादुर रावतको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरका नगरप्रमुख टिकाराम खड्काको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । एचकेआई, आइडीई र बिएएसईकाे साझेदारीमा तथा तुलसीपुर उपमहानगरपालिकाकाे समन्वयमा यो कार्यक्रम आयोजना गरिएको थियोे ।
यो कार्यक्रम “पोषण मार्फत जीवन रुपान्तरण परियोजना” अन्तर्गत सञ्चालन भएको थियोे । जसको उदेश्य, उपमहानगरमा पोषण, स्वास्थ्य, कृषि र सरसफाइ क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्नु हाे । साथै आगामी क्रियाकलापको लागि आवश्यक सल्लाह सुझाव संकलन गर्नु पनि हो । उक्त कार्यक्रमकाे बारेमा परियाेजन संयोजक सुरेश चौधरीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार कुपोषण बालबालिकामा लागि एउटा लाग्ने रोग हो, जसका कारण बालबालिकाको बौद्विक क्षमतामा प्रत्यक्ष असर पर्छ । यो परियोजनाको अवधि ५ बर्ष रहेको बताउनुभयो । दाङका १० वटै स्थानीय तहमा ३१ जना कर्मचारी खटाएर ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई लक्ष्ति गर्दै यो परियोजना ल्याइएको उहाँको भनाइ छ । कुपोषण हुदाँ रक्त अल्पता र पुड्कोपन जस्ता रोग लाग्ने गरेका छन । तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा कुपोषण १६.४ प्रतिशत रहेको छ भने अन्य प्रदेशहरुको तुलनामा यश प्रदेशमा धेरै छ । त्यसतै पुड्कोपन २५ प्रतिशत रहेको छ । साथै बालबालिकाहरुमा रक्त अल्पता ४८.५ प्रतिशत रहेको छ ।
दाङ जिल्लामा १ हजार ३ सय १४ जना बालबालिकाहरु शिघ्र कुपोषण रोग संक्रमित मध्ये २ सय ६८ जना ९३० प्रतिशत बालबालिका तुलसीपुरकम रहेको छन । लिंगका आधारमा शिघ्र कुपोषण रोग बढि महिला ५९ प्रतिशत र पुरुषमा ४१ प्रतिशत हुने गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले अन्तर्राष्ट्रिय परियोजनाले कार्यक्रम गर्ने मार्फत सम्झौता बताउनुभयो । बच्चा गर्व अवस्था आएदेखी नै पोषण सम्बन्धि ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । बच्चाको ५ बर्षसम्मको उमेरलाई विशेष ख्यालमा राख्दै पोषन सुरक्षा बढाउन बढी महत्त्वपूर्ण रहेको छ । तुलसीपुरमा बढी कुपोषण रहेको छ यस्लाई घटाउन हामी सबैले गम्भीर भएर सोच्न आवश्यक रहेको उहाँको भनाइ । साथै आगामी नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजित गर्न प्रतिबद्ध हुनुभयो ।
तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत केशराज पाण्डे, स्वास्थ्य विभाग प्रमुख ओम प्रकाश न्यौपाने, वेश संस्थाका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरी र तुलसीपुरका समाजिक विकास संयोजक मान बहादुर रावतले कुपोषणले बालबालिकाहरुको बौद्विक क्षमता प्रत्यक्ष असर पार्ने बताउनुभयो । कुपोषणलाई समेटने गरि नेपाल सरकारले ल्याएका निति तथा कार्यक्रमलाई प्रभाकारी कार्यान्वयन गर्न सकेमा कुपोषण राेगकाे न्युनिकरण गर्ना सक्ने उहाँहरुको भनाइ छ।
कार्यक्रमको सहजिकरण प्रमुख स्वास्थ्य निरिक्षक बिमल केसीले गर्नुभएको थियोे




