गढवा गाउँपालिकाको आर्थिक सहयोगमा करिब ७ हजार विद्यार्थी शिक्षकको मुटु चेकजाँच हुँदै 

आलोक भावुक

गढवा,३ जेठ । दाङको गढवा गाउँपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बाथ मुटुरोग तथा जन्मजात मुटु रोगको स्क्रिनिङ कार्यक्रम अभियानकै रुपमा सुरु गरेको छ।

गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सामुदायिक विद्यालयमा पठनपाठन गर्ने छात्र छात्राहरू तथा शिक्षकहरुको मुटु चेकजाँच कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गरी सबै विद्यालयमा अध्ययनरत बालबालिका तथा शिक्षकको मुटु चेकजाँच गर्ने कार्यक्रमको आयोजना गरिएको गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले जानकारी दिनुभयो ।

“हामीले यो अभियान केवल परीक्षणका लागि मात्र होइन, दीर्घकालीन स्वास्थ्य सुरक्षाको थालनीका रूपमा सुरु गरेका हौं। विद्यालयमै स्वास्थ्य सेवा पु-याउने हाम्रो योजना यो कार्यक्रममार्फत कार्यान्वयनमा आएको छ। बाथ मुटु रोग र जन्मजात मुटु रोग हाम्रो ग्रामीण क्षेत्रका बालबालिकामा पनि देखिन थालेका छन्। समयमै परीक्षण, सल्लाह र उपचारले ज्यान जोगिन सक्छ भन्ने सोचले यो अभियान सुरु गरिएको हो गांउपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले बताउनु भयो।

दाङ गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको प्राबिधिक सहयोगमा बाथ मुटुरोग तथा जन्मजात मुटुरोगको प्रारम्भिक परिक्षण (स्क्रीनिङ) कार्यक्रम सुरु गरिएको हो।

मुटु परिक्षण कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडे लगायतको टोलीले विद्यार्थीहरुको मुटुरोग परिक्षण सुरु गरेको नेपाल हृदयरोग निवारण प्रतिस्ठान लुम्बिनी प्रदेश कमिटी संयोजक रविलाल आचार्यले जानकारी दिनुभयो ।

हाल सम्म गढवा गाउपालिकाको वडा नं. ३ अन्तर्गत सरस्वती माध्यमिक विद्यालय गोबरडिहा,प्राबि सुपैला, आदर्श रात्री प्रा वि. गोबरडिहा, वार्ड नं. ४ को दिपेन्द्र होमजुन मा.बि. वार्ड न ३ को सरस्वती मा बि. बिध्यानगर , वार्ड न २ को प्रा बि. महदेवा, मा बि पहहिया तथा रात्री प्रा.बि. पचहियाका,वार्ड न ७ को प्रा.बि.मानपुर , सरस्वती आधारभुत बिध्यालय चन्दनपुर , वार्ड न ५ स्थित माध्यमिक बिद्यालय चैनपुर , प्राथमिक बिध्यालय खज्रौटामा चेकजाँच कार्यक्रम सम्पन्न भैसकेको छ भने अन्य विद्यालयहरु जारी रहेको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID