गढवा गाउँपालिका वडा नं. ७ सेमरीमा ‘जनतासँग कानुनी संवाद’ कार्यक्रम सम्पन्न

स्थानीय तहमा न्यायिक पहुँच विस्तार गर्न संवाद

आलोक भावुक

गढवा, २२ वैशाख ह गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा ‘जनतासँग कानुनका विषयमा न्यायिक संवाद’ कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ७ सेमरीमा आयोजित उक्त कार्यक्रम कानुनी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

कार्यक्रम वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष महेन्द्र प्रसाद चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। प्रमुख प्रशिक्षकको रूपमा पौडेलले नै कानुनी विषयमा प्रशिक्षण तथा संवाद गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले स्थानीय स्तरमा हुने कानुनी विवाद, मेलमिलाप प्रक्रिया, घरेलु हिंसा, बाल अधिकार तथा न्यायिक समितिको कार्यविधिका बारेमा सहभागीहरूलाई विस्तृत जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “न्यायिक समितिलाई जनमुखी बनाउनुका लागि जनतासँग प्रत्यक्ष संवाद आवश्यक हुन्छ। यस्ता कार्यक्रमले नागरिकको कानुनी चेतनास्तरमा सकारात्मक प्रभाव पार्नेछ।”

कार्यक्रम सञ्चालन आलो भावुकले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिलाहरू, युवाहरू तथा समाजका अग्रजहरूको उत्साहजनक उपस्थिति थियो। सहभागीहरूले कानुनी विषयमा विभिन्न जिज्ञासाहरू राखी प्रत्यक्ष रूपमा जानकारी लिएका थिए।

कार्यक्रमले स्थानीय तहमा न्यायिक पहुँच बलियो बनाउने र कानुनी अधिकारप्रति जनचेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID