घृणा: हाम्राे सामुहिक पहिचान

विचार

ममता सिहँ

यहाँ मुस्लिम/मुसलमान सबभन्दा सजिलो र हट टपिक हाे। त्यसैले सबैजना हिन्दू राष्ट्रभक्त बनेर यिनीहरूलाई पिट्न-मार्न, देश निकाला गर्न उधत छन्। अहिले सबैलाई लागिरहेको छ कि मुस्लिम/मुसलमान देशमा नभए देश एकदमै शान्त, सुरक्षित र खुशहाल हुनेछ।

तर मुस्लिम/मुसलमान मात्रै किन? जसै पंजाबकाे किसानहरुकाे प्रदर्शनकाे खबर आउनेछ, यही देशवासीहरुलाई सारा सिख खालिस्तानी, आतंकवादी लाग्न थाल्छ। यदि मुस्लिम/मुसलमान र पंजाबका किसानहरुलाई छाडिदिने हाे भने पनि की उत्तरलाई दक्षिणसँग, दक्षिणलाई पूर्वसंग, पूर्वलाई पश्चिमसँग घृणा हुन्छ। टाढासम्म जान्न, हाम्रै यूपी का ठाकुर, ब्राह्मणहरुलाई सबभन्दा धेरै चिढ यादव, कुर्मी र दलितहरुसँग छ। ठाकुर साहबहरुकाे जमिन यादव र कुर्मीहरु नै सबभन्दा बढी किन्छन्। त्यसैले उनीहरुसँग यिनीहरुकाे चिढ स्वाभाविक हाे साथै उनीहरुकाे राजनीतिक उभारबाट पनि सवर्णहरु निस्सासिने गर्छन्। आरक्षणकाे कुरा उठ्नासाथ ठूलठूला सवर्णहरुकाे अनुहारबाट मुकुण्डाे उत्रिन्छ। जो महामानवहरु कांवड़ र नवमीकाे जुलुसमा बढ चढकर भाग लिन्छन्, त्यही अम्बेडकर जयन्तीकाे जुलुसलाई देख्नासाथ यिनीहरुकाे मुटु जल्न थाल्छ।

अनि यी तीन किसिमका घृणाजीवीहरुमा पुरुषहरुमात्र हुँदैनन्, महिलाहरु पनि हुन्छन्। अझ पढेलेखेका, जागिरे महिलाहरु। यहाँसम्म त ठीकै थियाे तर जो साहित्य, संगीत, कलाहरुसँग आबद्ध महिलाहरु हुन्छन्, तिनीहरु पनि घृणाकाे मलजलले आफ्नो कलालाई प्रशंसित, पुरस्कृत गराइ रहन्छन्। तिनीहरु याे कुरालाई बिर्सिन्छन् कि घृणा गर्नु याे देशकाे मौलिक गुण हाे।

त्यसैले त जब मुसलमानहरु, दलितहरु, पिछडाहरुसँग घृणा गरेर मान्छेहरु बाेर हुन्छन् तब आउँछन् महिलाकाे स्वतन्त्रतासँग, महिलाकाे चेतनासँग घृणा गर्ने मान्छेहरु। यस क्याटगाेरीमा हरेक जाति, हरेक धर्मका पुरुष कहिले धर्म त कहिले सभ्यता र संस्कृतिकाे झण्डा लिएर महिलाहरुका विरुद्ध खडा हुन्छन्। उनीहरुका पहिरन, खानपान, पढाईलेखाई, दिनचर्या, जीवनशैलीमाथि आफ्नो गिद्धेदृष्टि जमाइरहेकाे याे वर्ग महिलाहरुद्वारा गरिएको कुनै एउटा गल्तीकाे प्रतीक्षामा हुन्छ र जसै काेही महिला कुनै अपराध, गलती, क्रूरता गर्छिन्, सारा पुरुष समाज झूम उठ्छ र एक सुरमा महिला स्वतन्त्रतालाई, फेमिनिज्मलाई खिस्याउन चाल्छ, निन्दा गर्न थाल्छ। ती महिलाहरु जाे अन्य जातिहरु, धर्महरुलाई घृणा गर्छन्, जब उनीहरुकाे पालाे आउँछ, तब अवाक बन्छन्।

यी घृणाजीवीहरुकाे क्याटगाेरीबाट यदि काेही बचेमा ऊ घृणाकाे लागि कुनै अर्काे क्याटगाेरीलाई खाेजेर निकालेरै छाड्छ। जस्ताे कि काेही शाकाहारी छ भने ऊ मांसाहारीलाई घृणाले हेर्छ। काेही भेगन छ भने ‌ऊ मांसाहारीलाई त छाेडदिऊ, दूध, दही खानेहरुलाई पनि घृणा गर्छ। सहरीयाहरु गाउँलेहरुसँग, आदिवासीहरुसँग घृणा गर्छ। उनीहरुकहाँ यही नै हरेक समस्याकाे जड हुन्छ। बच्चाहरु ठूलाेमान्छे-बुढाहरुसँग, बुढाहरु जवानहरुसँग, गरीब धनीसँग, धनी गरिबसँग घृणा गर्छन्। अरु त अरु पताञ्जलीकाे प्राेडक्टलाई शुद्ध राष्ट्रवादी र आयुर्वेदिक प्राेडक्ट मान्नेहरु अंग्रेजी औषधीहरुकाे प्रयोग गर्नेहरुलाई घृणा गर्छन्।

तपाईं देख्नुहुनेछ कि मान्छेहर आफ्नो धर्मसँग प्रेम पनि अर्को धर्मलाई घृणा नगरि गर्न सक्दैनन् किनकि यहाँ घृणा रगतमा छ। नशा-नशामा बगिरहेको छ घृणा। काका, बडाबाउकाे परिवारसँग घृणा गर्छ। बच्चाले आँखा खाेल्नासाथ छिमेकीसँग घृणा गर्न सिक्छ। यस्तो भएपछि ठूलाे हुने क्रममा बच्चा केवल यिनीहरुलाई घृणा गरेर बाँच्न सक्दैन। त्यसैले उसलाई नयाँ कौतुककाे भाति नयाँ घृणाकाे उपादान चाहिन्छ र यसैकारण घृणा गर्ने चीजहरुकाे लिस्ट लम्बिन्दै जान्छ।

तपाईं पनि घृणाकाे पुराना बहानाहरुबाट बोर हुनुभएकाे छ भने आफ्नो वरिपरि नियालेर हेर्नुहाेस् र घृणाकाे नयाँ बहाना खाेज्नुहाेस्। के थाहा यसपटक तपाईंकाे घृणाकाे नयाँ बहाना म नै पाे हुन्छु कि?

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID