नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा विश्वकर्मा

गणतन्त्रनेपाल

काठमाडौँ, ६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन विश्वकर्मा चयन हुनुभएको छ । शनिबार बबरमहलमा भएको दोस्रो अधिवेशनले विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा डाक्टर करुणेश पटेल र सचिवमा लक्ष्मी पौडेल चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा ‍भावना केसी तथा सदस्यहरुमा ‍विनोद यादव, शिव गिरी, अस्मिता गुप्तालगायत चयन हुनुभएको समितिका निवर्तमान अध्यक्ष रिंकी पंगेनीले जानकारी दिनुभयो ।

नयाँ गठित समितिलाई बधाई दिँदै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानबहादुर बुढामगरले आम नागरिकको भावना अनुसार काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा संविधान सभा सदस्य सीतादेवी बौडेल, केन्द्रीय सदस्य गीता गहतराज, सम्पर्क समन्वय समिति उपाध्यक्ष सुनिता रोकाया, लुम्बिनी प्रदेश सम्पर्क समन्वय समितिका अध्यक्ष उदयराज अधिकारी, वाइसिएल केन्द्रीय उपाध्यक्ष केयरसिंह कुवँर लगायतले बोल्दै पार्टी अनुशासनभित्र रहेर जनतासँग सहकार्य गर्दा संगठन चुस्तदुरुस्त रहने विश्वास व्यक्त गर्नुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID