गढवाको भ्याली पब्लिक स्कुलद्वारा दीक्षान्त समारोहको आयोजना

आलोक भावुक

गढवा,२९ चैत्र।विद्यार्थीको मनोबल बढाउन गढवाको भ्याली पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलले युकेजी उत्तीर्ण विद्यार्थीलाई दीक्षान्त समारोह सहित सम्मान गरेको छ।

दाङको गढवा गाउँपालिका वडा नं ६ स्थित भ्याली पब्लिक इङ्लिस बोर्डिङ स्कुलले शुक्रबार एक कार्यक्रमको आयोजना गरी युकेजी उत्तीर्ण गरी कक्षा एकमा पुगेका २९ जना विद्यार्थीहरूलाई दीक्षान्त समारोह राखी सम्मान गरेको छ।

शोभा कुमारी बिकको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण घिमिरेको प्रमुख आतित्यमा दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको हो।

दीक्षान्त समारोहले साना विद्यार्थी भाइबहिनीहरूलाई उनीहरूको व्यक्तिगत विकासमा सकारात्मक असर पर्ने विद्यालयका प्रिन्सिपल प्रतिमा केसीले जानकारी दिनुभयो। दीक्षान्त समारोह कार्यक्रमबाट विद्यार्थीहरूलाई प्रेरणा मिल्ने,आत्मविश्वास बढ्ने, सामाजिक सिपको विकास हुने, अनुशासन र तयारीको महत्त्वबारेमा स्पष्ट हुने उत्सव र रमाइलोको अनुभव जस्ता कैयन फाइदा हुने प्रिंसिपल केसीले जानकारी दिनुभयो। स-साना बालबालिकाहरूलाई दीक्षान्त कार्यक्रम गर्दा पढाइप्रति रुचि र लक्ष्य प्राप्तिको भावनाको विकास हुन्छ। समारोहमा सहभागी हुँदा वा केही सानो भूमिका निभाउँदा बच्चाको आत्मविश्वासमा वृद्धि हुन्छ। साथै यस्ता कार्यक्रमबाट साङ्गीतिक वा रङ्गमञ्च कार्यक्रमसँग जोडिने भएकाले खुसी र सकारात्मक अनुभव दिन्छ साथै विद्यार्थीहरूको शैक्षिक यात्रामा थप प्रेरणादायी हुने प्रिन्सिपल केसीले बताउनुभयो।

दोस्रो चरणको दृक्षान्त समारोह कार्यक्रम चैत्र ३१ गते गरिने विद्यालयका प्रिन्सिपल प्रतिमा केसीले जानकारी समेत दिनुभयो।

दीक्षान्त समारोह कार्यक्रममा अभिभावक मेनुका आचार्य, विद्यार्थी विधान बुढा मगर लगायतकाले बोल्नुभएको थियो।

भ्याली पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलकी शिक्षक लक्ष्मी यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयकी प्रिन्सिपल प्रतिभा केसीले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID