सिसहनियाँ उवासंघकाे नयाँ भित्तेपात्राे बिमाेचन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

मुलुकलाई समृद्ध बनाउन सरकार र निजी क्षेत्र बीच सहकार्य हुन आवश्यक छ :  अध्यक्ष बिष्ट

सन्तोष कुमार गुप्ता

देउखुरी २२ चैत ।  दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-५, सिसहनियाँमा रहेकाे सिसहनियाँ उद्योग बाणिज्य संघले नयाँ बर्ष २०८२ काे पावन अवसरमा प्रकाशन गरेकाे भित्तेपात्राे आज शुक्रबार संघकाे सभाहल सिसहनियाँमा एक कार्यक्रमकाे आयाेजना गरि बिमाेचन गरिएकाे छ । संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख आतिथ्यतामा भित्तपात्राे बिमाेचन गरिएकाे हाे ।

संघले प्रकाशन गरेकाे नयाँ बर्ष २०८२ काे भित्तेपात्राे बिमाेचन गरिएकाे हाे । संघले आफ्नाे गतिबिधि सहित समावेश गरेकाे तीन पेजकाे ठुलाे आकारमा रहेकाे भित्ते पात्राे प्रकाशन गरी बिमाेचन गरिएकाे हाे । संघले गत बर्ष जस्तै यस बर्ष पनि संघमा आवद्ध सम्पूर्ण व्यापारी, विज्ञापनदाता तथा अन्य संघसंस्था तथा कार्यालयहरूलाई निशुल्क रूपमा भित्तेपात्राे उपलब्ध गराउने जनाएकाे छ । भित्तेपात्राेले संघकाे गतिविधि आमनागरिक सम्म पुग्ने र संघकाे प्रचारप्रसार हुने विश्वास गरिएकाे छ ।

यता भित्तेपात्राे  बिमाेचन गर्दै पालिका अध्यक्ष बिष्टले मुलुकलाई समृद्ध बनाउन सरकार र निजि क्षेत्र बीच सहकार्य हुन आवश्यक रहेकाे बताउनु भएकाे छ । उहाँले निजि क्षेत्रले उद्योग र पर्यटनमा लगानी बढाए मात्र स्वदेशमा राेजगार वृद्धि गर्न सकिने विश्वास व्यक्त गर्नुभयाे । अध्यक्ष बिष्टले खुल्ला तथा झाेले व्यापारीहरू नियन्त्रण गर्न स्थानीय सरकारले पनि तडारूकता देखाउने बताउनुभयाे । उहाँले पछिल्लो समय सिसहनियाँ उद्योग बाणिज्य संघले उद्योगी तथा व्यापारीमैत्री कार्य गरिरहेकाे भन्दै संघकाे नयाँ टिमलाई धन्यवाद दिंदै कामकाे उच्च प्रशंसा समेत गर्नुभयाे ।

संघका बरिष्ठ उपाध्यक्ष मदन पाेख्रेलकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा राप्ती  गाउँपालिका-५, नम्बर वडा अध्यक्ष देवप्रसाद चाैधरी, सिसहनियाँ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष पूर्णबहादुर बुढाथाेकी, प्रगतिनगर शहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्था संस्थाका भरतप्रसाद पाण्डे, हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेशमबहादुर थापा, सर्वाेदय मावि सिसहनियाँका प्रधानध्यापक बिनाेदकुमार गुप्ता, बुद्धिजीवी रेशमबहादुर रावत, संघका उद्योग उपाध्यक्ष भागवत ज्ञवाली र संघकै प्रेस सल्लाहकार सन्ताेषकुमार गुप्ता लगायतका व्यक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रमकाे संञ्चालन संघका महासचिव प्रशान्त बसेलले गर्नु भएकाे थियाे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID