गढवा गाउँपालिका अध्यक्ष पोखरेलद्वारा विभिन्न योजनाहरूको अनुगमन

आलोक भावुक

गढवा,४ चैत्र।  गढवा गाउँपालिका अध्यक्षले आज पालिकामा भइरहेका विभिन्न योजनाहरूको अनुगमन गर्नुभएको छ।

गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले आज गढवाका विभिन्न ठाउँमा निर्माणाधीन रहेको योजनाहरूको अनुगमन तथा अवलोकन गर्नुभएको हो ।

गढवा गाउँपालिका वडा नम्बर ७ मा निर्माणाधीन विद्युतको सबस्टेसनको कामको प्रगति बारे कामको जायजा लिनुभएको छ।
त्यसैगरी गढवा गाउँपालिकामा निर्माणाधीन १५ सैयाको अस्पतालको पनि अवलोकन गर्नुभएको छ। अध्यक्ष पोख्रेलले भइरहेको कामको बारेमा जानकारी लिँदै निर्माण व्यवसायीलाई समयमै कार्य सम्पन्न गर्न सुझाव समेत दिनु भएको छ।

त्यसैगरी गढढवा सर्वदंश उपचार केन्द्र को पनि अवलोकन गर्नुको साथै समस्याहरूको पहिचान गरी समाधानका लागि तत्काल कार्य सुरु गर्न आदेश दिनुभएको छ।
गढवा सर्पदन उपचार केन्द्रमा उपचार कक्षमा जीर्ण जाली हटाएर नयाँ जालीको व्यवस्थापन, त्यसैगरी एसी जडान र विद्युत सेवा अवरुद्ध भएको समयमा सेवाग्राहीहरूलाई समस्या हुन नदिनका लागि जेनरेटर लाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि तत्काल कार्य सुरु गर्नका लागि आदेश दिनुभएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID