गढवाको गंगाप्रसपुरमा तिनदिने सरफ बनाउने तालिम सुरु

आलोक भावुक

गढवा, २३ जेठ। सिप सिकौ स्व रोजगार बनौ भन्ने मूल नाराका साथ बुधबार देखि गढवा गाउँपालिका वडा नम्बर ४ मा मुक्त कम्लहरी सीप विकास कार्यक्रम अन्तर्गत ३ दिने सरफ बनाउने तालिम सुरु भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले तालिम उपलब्धि मूलक बनाउने पर्ने बताउनुभयो। तालिम सिकेर पछी काम नगरे राज्यको लगानी खेर जाने बताउदै उपाध्यक्ष चौधरीले गाउँपालिकाले कार्यक्रमको रेकर्ड राख्ने गरेको जानकारी दिदै विभिन्न तालिम सञ्चालनमा सहभागीहरु अनिवार्य रुपमा आत्मनिर्भर बन्नका लागि व्यवसाय सञ्चालन गर्नु पर्ने बताउनुभयो।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरी भगत चौधरीले तालिममा सक्रिय रुपमा सहभागी भई ध्यान दिएर सरफ बनाउन सिक्ने र उत्पादन तिर जोड दिन आग्रह गर्नुभयो। तालिम सिक्दै छोड्दै जाने प्रवृत्ति राज्यको लगानी बालुवामा पानी खनाए जस्तै भएको वडाध्यक्ष चौधरीले सिप सिकेर व्यवसाय सञ्चालन गर्नु पर्ने बताउनुभयो।

तालिमको उद्घाटन कार्यक्रममा वडा सदस्यहरु रमा भण्डारी, अतिउल्लाह मनिहार, कौशिल्यादेवी बिश्वकर्मा लगायतको सहभागिता रहेको थियो।

तालिमको प्रशिक्षकमा मनसरी केसी रहनु भएको छ।भने तालिम उद्घाटन कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID