मन्त्री बनाउने निर्णय पार्टीको हो, अरुले गर्ने होइन : खनाल

गणतन्त्र नेपाल संवाददाता

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद झलनाथ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको बताएका छन् ।

मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय थमौती भएपछि संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले त्यो अरुले गर्ने विषय नभएको टिप्पणी समेत गरे।

‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा हो,’ खनालले भने, ‘अरुले गर्ने होइन । हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा(एकीकृत समाजवादी)ले गर्छ यो धर्तीका अरु कुनै तागतले गर्ने कुरा होइन त्यो ।’

६ महिनापछि मन्त्री हेरफेर गर्ने निर्णय पहिले नै नभएको भन्दै खनालले त्यसै अनुसार कमिटीबाट निर्णय भएको बताए।

‘हामीले पहिले नै सहमती त्यस्तै गरेका थियौँ । ६ महिनासम्म एउटा टिमलाई दिने । त्यसपछाडि अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो । त्यही अनुसार हामीले गरेको हो । हामीले पार्टीको कमिटीमा सल्लाह गर्ने हो । कमिटीले निर्णय गर्छ,’ उनले भने ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID