गढवा जुरौनीका महिलाहरुलाई आत्मनिर्भर बनाउन दुना टपरी बनाउने तालिम

आलोक भावुक

गढवा, २३ बैशाख । गढवा गाउँपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउनुका साथै आत्मनिर्भर बनाउनका लागि दुना टपरी तालिम दिएको छ।

गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीका महिलाहरुलाई गढवा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा सातदिने दुना टपरी बनाउने तालिम दिएको गढवा गाउँपालिका उद्यम विकास शाखाले जनाएको छ ।

एक हप्ते तालिम पश्चात् जुरौनीका २० जना महिलाहरुलाई पातबाट दुना टपरी बनाउने तालिम दिईएको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो । आइतबार गढवा गाउँपालिका वडा नम्बर एक जुरौनीमा एक हप्ते दुना टपरी बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले महिलाहरुलाई आत्मनिर्भर बनाउन दुना टपरी तालिमको आयोजना गरेको बताउनु भयो। सधै परनिर्भर भएर दैनिकी चलाउन अप्ठ्यारो हुने बताउदै उपाध्यक्ष चौधरीले जुरौनी गाउँ जंगलसंग सटेको र यहाँ सालका पातहरु प्रशस्त मात्रामा पाउने भएकोले सबैभन्दा राम्रो सम्भावना भएको दुना टपरी बनाउने व्यवसाय फस्टाउने सम्भावना रहेकोले व्यवसायीक रुपमा काम गर्न तालिममा सहभागीहरु लाई अनुराेध समेत गर्नु भयो । दुना टपरी व्यवसाय सञ्चालन गरे बजारीकरणको सहजिकरण गाउँपालिकाले गर्ने बताउदै आत्मनिर्भर बन्न व्यवसायीक बन्नै पर्ने बताउनुभयो।

सातदिने तालिमको समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वार्ड नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीले तालिम व्यवसायीक रुपमा गर्ने मनसायले तालिम नलिनाले तालिमको उद्देश्य पुरा नभएको बताउनु भयो । तालिममा सहभागीहरुले एक एक पात लाई पैसा सम्झेर दुना टपरी बनाउने व्यवसाय सञ्चालन गरे आत्मनिर्भर बन्न सकिने बताउनुभयो । जुरौनीका महिलाहरुले दुना टपरी बनाए वजारीकरणको समस्या वडा र पालिका मिलेर सजिलै समाधान गर्ने बताउदै वडाध्यक्ष अधिकारीले महिलाहरूलाई रोजगार संग जोड्न दुना टपरी बनाउने मेसिन उपलब्ध गराएको समेत जानकारी दिनुभयो। आगामी दिनमा दुना टपरी व्यवसाय फस्टाउन फाइबर का दुना टपरी पालिकाले प्रतिबन्ध गरी स्थानीय उत्पादन लाई बजारीकरणमा सहजता ल्याउने बताउदै दुना टपरी लाई व्यवसायीक रुपमा अघि बढाउन सबैलाई अनुरोध समेत गर्नु भयो।

सात दिने दुना टपरी बनाउने तालिम गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। तालिमको समापन कार्यक्रममा गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्द, जुरौनीका समाजसेवी व्यक्तित्व तथा जेष्ठ नागरिक बल नारायण श्रेष्ठ, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, गढवा गाउँपालिका उद्यम विकास शाखाकी मिना चौधरी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन उद्यम विकास शाखाकी सहजकर्ता बिनु भुजेल गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID