गढवामा करेन्ट लागेर वडा सचिव राम नरेश यादवको मृत्यु

आलोक भावुक

गढवा,२१ असार । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार ४० वर्षीय यादवले सोमबार आज आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । वडा सचिव यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, यादवको शव लाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ। घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID