
सल्यानको चुचुरे भीरमा लुहाम गाउँ छ । बाह्रै महिना कुहिरोले बेरेर बस्ने त्यो गाउँमा हर्के खत्रीको सानो झुप्रो थियो । झुप्रोको छानोमा घाँस हाल्न हर्केले हरेक वर्ष असारमा तीन दिनसम्म ननिदाई काम गर्थे । कालि बिहान चार बजे उठेर आगो ताप्थिन्, चुलोमा मकैको रोटी पोल्थिन्, अनि दुवै जना खेततिर लाग्थे । उनीहरूसँग दुई रोपनी बारी र एउटा सानो गोठ थियो । गाईको दूध बेच्दा महिनाको दुई–तीन सय हुन्थ्यो, त्यसैले मुन्नीलाई स्कूल पठाउन सक्थे ।
मुन्नी सात वर्षकी थिइन् जब पहिलो पटक स्कूल जान थालिन् । स्कूल गाउँदेखि दुई घण्टा टाढा थियो । बर्खामा खोलो तर्नुपथ्र्यो । हर्केले आफ्नै कमिज फेलेर मुन्नीलाई ब्याग बनाइदिएका थिएँ । पहिलो दिन मुन्नीले ब्याग बोकेर हिँड्दा खुट्टा लडखडायो, तर रोइनन् । घर फर्किंदा उनले भनिन्, “बाबा, म पढेर डाक्टर बन्छु, तिमीलाई कहिल्यै दुख्न दिन्न ।” हर्के हाँसे, तर मनमा चसक्क दुख्यो । उनलाई थाहा थियो, डाक्टर बन्नु सजिलो छैन । हरेक दिन बिहान चार बजे मुन्नी उठ्थिन् । दाउरा बालेर लालटिनको उज्यालोमा पढ्थिन् । हर्के र कालि खेतमा जाँदा पनि मुन्नी एक्लै बसेर पढ्थिन् । गाउँका केटाकेटीहरू भैंसी गोठालो गएर खेल्थे, मुन्नी किताबमै डुब्थिन् । कालिले भन्थिन्, “छोरी, अलिकति खेल न त !” मुन्नी हाँस्थिन्, “आमा, खेल्दा पछि खेल्छु, अहिले पढ्नुपर्छ ।”
कक्षा आठमा पुग्दा मुन्नीले पहिलो पटक जिल्ला स्तरको वक्तृत्वकला जितिन् । पुरस्कार स्वरूप एउटा सानो ट्रान्जिस्टर रेडियो पाइन् । त्यो रेडियो घरको सबैभन्दा ठूलो सम्पत्ति बन्यो । बेलुका सबैजना बसेर बीबीसी नेपाली सेवा सुन्ने गर्थे । मुन्नीले रेडियोमा सुनेका कुरा किताबमा टिप्थिन् ।
एसईईको परीक्षा नजिकिँदै थियो । हर्केले मुन्नीलाई परीक्षा दिन सदरमुकाम लैजान एक हजार रुपियाँ जम्मा गरेका थिएँ । तर परीक्षा अगाडिको महिना गाउँमा हैजा फैलियो । हर्के पनि बिरामी परे । उनलाई अस्पताल लैजानुपर्ने भयो । घरमा भएको सबै पैसा सकियो । मुन्नीले भनिन्, “बाबा, म परीक्षा दिँदिन, तिमीलाई निको पार्नुपर्छ ।” हर्केले आँखाबाट आँसु झार्दै भने, “छोरी, तँ नपढे मेरो उपचारको के अर्थ ? तँ पढ, म मर्छु भने मर्छु ।” कालिले रातभरि रोइन् । अन्तिममा गाउँलेहरूले चन्दा उठाएर हर्केलाई अस्पताल पु¥याए । मुन्नी परीक्षा दिन गइन् ।
परीक्षाको अन्तिम दिन मुन्नी घर फर्किंदा हर्के अस्पतालबाट डिस्चार्ज भएर आएका थिएँ । मुन्नी दौडेर बाबुलाई अँगालो हालिन् । दुवै रुन थाले ।
नतिजा आयो । सल्यान जिल्लामा मुन्नी खत्री प्रथम । ९२.८७ प्रतिशत । गाउँमा पहिलो पटक कोही बोर्ड फस्र्ट भएको थियो । सदरमुकामबाट पत्रकारहरू आए । मुन्नीको फोटो अखबारमा छापियो । गाउँलेहरू घर–घरमा गएर बधाई दिन थाले । हर्के र कालिको आँखाबाट आँसु रोकिएन ।
प्लस टू पढ्न मुन्नी काठमाडौँ जानुपर्ने भयो । पैसा थिएन । तर जिल्ला शिक्षा कार्यालयले मुन्नीलाई पूर्ण छात्रवृत्ति दियो । काठमाडौँको एउटा राम्रो कलेजमा भर्ना भइन् । पहिलो पटक गाउँ छोडेर जाँदा मुन्नीले आमा–बाबुलाई अँगालो हालेर धेरैबेर रोइन् । हर्केले भने, “छोरी, अब फर्केर नआइस्, डाक्टर बनेर मात्र आइस् ।”
काठमाडौँमा मुन्नी एक्लै बसिन् । सानो कोठा भाडा लिएर । दिनभरि पढाइ, रातभरि पढाइ । बीचमा घर फोन गर्थी । कालि फोनमा भन्थिन्, “छोरी, खाना खाइस् ?” मुन्नी हाँस्थिन्, “खाएँ आमा ।” तर धेरै दिन त भोकै सुत्थिन् । साथीहरू रेस्टुरेन्ट जान्थे, मुन्नी पुस्तकालयमा बस्थिन् ।
प्लस टूको नतिजा आयो – ९३.४ प्रतिशत, विज्ञान संकायमा देशभरि नै उत्कृष्ट । उनले आईओएमको प्रवेश परीक्षा दिइन् । लाखौं विद्यार्थीबीच मुन्नी १७औं भइन् । पूर्ण स्कलरशिपमा एमबिबिएस ।
एमबिबिएसको पहिलो वर्ष मुन्नीले गाउँबाट फोन आयो – हर्केको मुटुको समस्या बढ्यो । मुन्नी रातारात गाउँ हानिइन् । हर्केलाई देख्दा उनको मन भत्कियो । बाबु कमजोर भएका थिएँ । मुन्नीले बाबुलाई काठमाडौँ ल्याइन् । शिक्षण अस्पतालमा भर्ना गरिन् । आफैं इन्टर्नको रूपमा बिरामीको सेवा गर्थिन्, रातभरि बाबुको शैय्या छेउँमा बसिरहन्थिन् । डाक्टरहरूले भने, “मुटुको भल्भ फेर्नुपर्छ, खर्च धेरै लाग्छ ।” मुन्नीले भनिन्, “जति लाग्छ, म तिरिहाल्छु ।” उनले अस्पतालका प्रोफेसरहरूसँग बिन्ती गरिन् । अन्ततः अस्पतालले निःशुल्क अपरेसन गरिदियो । हर्के बाँचे ।
पाँच वर्षको एमबिबिएस सकियो । रातदिनको मेहनत, परिश्रमले गर्दा मुन्नीले गोल्ड मेडल पाइन् । डिग्री लिएर उनी पहिलो पटक गाउँ फर्किन् – डाक्टर मुन्नी खत्रीको रूपमा । गाउँलेहरूले ढोका–ढोका सजाए । बाटोमा फूलमाला लगाइदिए। हर्के र कालि अगाडि आएर छोरीलाई ढोगे । मुन्नीले बाबु–आमालाई उठाएर भनिन्, “तिमीहरूले मलाई जन्मायौ, म तिमीहरूलाई बचाउँछु ।”
मुन्नीले लुहाममै प्राथमिक स्वास्थ्य चौकी खोलिन् । उनले आफ्नै गाउँमा निःशुल्क उपचार गर्न थालिन् । बिहान–बेलुका बिरामी हेर्ने, बीचमा काठमाडौँ गएर स्पेसलाइजेसन पढ्ने । उनले गाउँमा छात्रवृत्तिको कोष खडा गरिन् – गरिब र जेहन्दार विद्यार्थीहरूका लागि । हरेक वर्ष दश जना बालबालिकालाई पूर्ण छात्रवृत्तिमा पढाइन् ।
आज लुहाम गाउँका बूढापाकाहरू भन्छन्, “हर्के खत्रीले दुई रोपनी खेतमा उमारेकी छोरीले हामीलाई बाँच्ने आधार दिइन् ।”
हर्के र कालिको झुप्रो अहिले पक्की घर बनेको छ । तर उनीहरू अझै त्यही पुरानो चुलोमा बसेर मकै भटमास खान्छन् । बेलुका मुन्नी जब स्वास्थ्य चौकीबाट फर्केर आउँछिन्, हर्केले सोध्छन्, “छोरी, आज कति बिरामी निको पारिस् ?” मुन्नी हाँस्दै भन्छिन्, “बाबा, तिमीलाई निको पारेको दिनदेखि हरेक बिरामी निको पारेकी छु ।”
लुहामको कुहिरो अझै बाक्लै छ, तर त्यो कुहिरोबीच एउटी डाक्टरको सेतो कोट चम्किन्छ । त्यो चमक हर्के र कालिको आँसुको फल हो । त्यो चमक गरिबीले पनि सपना मार्न नसक्ने प्रमाण हो । विकट क्षेत्रमा जन्मिएर, पढेर पनि परिश्रम गरेपछि मुन्नी खत्री जस्तै डाक्टर बन्न सकिन्छ भन्ने उहादरण हो ।




