लमहीको तरूलियामा आगलागी, एक जनाको जलेर मृत्यु

शिवु खनाल

दाङ, ६ बैशाख। आगलागि हुदा दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलिया निवासी अन्दाजी ८७ वर्षिय बिरबहादुर बाेटेकाे मृत्युु भएको छ । दुई घर र एक गाेठ जलेर नष्ट भएको छ ।

बिहीबार बेलुका ५ बजे जितबहादुर बाेटेकाे घरबाट फैलिई नजिकै रहेको बिरबहादुर बाेटे र एक गाेठ जलेर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बिहिवार केटाकेटी सलाईसंगै खेल्ने क्रममा घरमा एक्कासी खरकाे छानाेले छाएकाे जितबहादुर बाेटेकाे घरमा आगलागि भएको थियोे । साेहि क्रममा घरमा रहेको सामान बचाउने क्रममा बिरबहादुर बाेटे जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

आगोमा परी घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छ । आगो स्थानिय, जनप्रतिनिधि र प्रहरीको सहयोगमा नियन्त्रण लिने प्रयास भइरहेको छ ।

आगलागिबाट करिब एक लाख भन्दा बढिकाे इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

लमही र गढवाकाे दमकलकाे सहयोगमा आँगाे नियन्त्रणका लागि प्रयास गरेतापनि आँगाे नियन्त्रण भने अझैसम्म आउन सकेको छैन । घरमा आगो लागेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।।

मा प्रकाशित