गढवामा राजा सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रका लागि हस्ताक्षर अभियान

आलोक भावुक

गढवा, ३ भदौ । राजा सहितको प्रजातन्त्र र वैदिक सनातन हिन्दू राज्यका लागि जनताको हस्ताक्षर संकलन गर्ने उद्देश्यले दाङमा सञ्चालन भइरहेको महाअभियानअन्तर्गत बुधबार गढवामा हस्ताक्षर संकलन गरिएको छ।

राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान दाङको आयोजनामा गढवा गाउँपालिकाको मुख्य चोकमा दिनभरि हस्ताक्षर अभियान सञ्चालन गरिएको हो।

अभियानमा स्थानीय नागरिकहरूले सहभागिता जनाउँदै राजा सहितको प्रजातन्त्र तथा वैदिक सनातन हिन्दू राज्यको पक्षमा हस्ताक्षर गरेका आयोजकले जनाएको छ। प्रतिष्ठानले जनताको हस्तक्षेप र सहभागितामार्फत आफ्ना मागलाई अघि बढाउने उद्देश्यले विभिन्न स्थानमा हस्ताक्षर महाअभियान सञ्चालन गर्दै आएको जनाएको छ।

गढवामा सम्पन्न अभियानमा स्थानीय नागरिक तथा अभियानका समर्थकहरूको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID