एम्बुलेन्सको ठक्करबाट गोरुसिंगेमा बाछा मरेपछि चालक नियन्त्रणमा, एम्बुलेन्स चालकहरू धर्नामा !

आलोक भावुक

गोरुसिङ्गे,१९ असार । बिहिबार राती एम्बुलेन्सको ठक्करबाट एक गाईको बाछाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार दुर्घटनापछि आवश्यक अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको हो। घटनापछि आज विभिन्न एम्बुलेन्स चालक तथा एम्बुलेन्स सेवासँग सम्बन्धित व्यक्तिहरूले इलाका प्रहरी कार्यालय गोरुसिङ्गे अगाडि धर्ना दिएका छन्।

धर्नामा सहभागी एम्बुलेन्स संघ कपिलवस्तु जिल्ला अध्यक्ष कमल घिमिरेले दुर्घटना दुःखद भए पनि चालकलाई तत्काल नियन्त्रणमा लिनु उचित नभएको भन्दै कानुनसम्मत र निष्पक्ष ढंगले घटनाको अनुसन्धान गर्न माग गरेको बताउनुभयो। एम्बुलेन्स सेवा अत्यावश्यक सेवा भएकाले चालकलाई अनावश्यक रूपमा दुःख नदिन आग्रह समेत गरेको बताउनु भयो।

उक्त घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। दुर्घटनाको वास्तविक कारण र जिम्मेवारी सम्बन्धमा थप अनुसन्धानपछि कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID