‘द केरल स्टाेरी’ ले छायाँमा पारेकाे ‘अफवाह’

हालै दुईवटा महत्वपूर्ण फिल्महरु रिलिज भएकाे छ। एउटा, सुदीप्तो सेनकाे ‘द केरल स्टोरी’ र अर्काे सुधीर मिश्राकाे ‘अफवाह’। यी दुवै फिल्मकाे कंटेन्टमा समानता छ (दुवैले लव जिहादकाे बिषयलाई उठाएका छन्) तर दुवैकाे ‘ट्रिटमेन्ट’ र ‘अप्रोच’ फरक छ। (दुवैले लव जिहादकाे बिषयलाई फरक-फरक काेणबाट पर्गेलेका छन्।) के हाे त यी दुई फिल्म बीचकाे फरक? आंकलन गरिरहेका छन् आलोकनंदन शर्मा।

एउटा सीधा प्रश्न छ, फिल्म ‘द केरल स्टोरी’ लाई यतिसाह्राे ‘हाई-अटेन्शन’ किन दिइन्दैछ र फिल्म ‘अफवाह’ लाई ‘अंडरप्ले’ (अनदेखा वा बेवास्ता) किन गरिन्दैछ जबकि दुवै फिल्मकाे केन्द्रमा ‘लव-जिहाद’ छ? के यसकारण कि ‘द केरल स्टोरी’ काे कथाकाे तानाबाना लव जिहादमा फँसेका केटीहरुकाे वरिपरि बुनिएकाे छ जबकि ‘अफवाह’ मा याे देखाइएकाे छ कि कसरी कुनै घटना-विशेषलाई सोशल मिडियाका माध्यमबाट पूर्ण रुपले बदलेर लव जिहादकाे रूप दिइन्छ र जानेर-नजानेर त्यस हल्लालाई विस्तार गर्नमा सोशल मिडियामा सक्रिय व्यक्तिहरु संलग्न हुन्छन्?

फिल्म ‘अफवाह’ काे कथा एक यस्ती युवतीकाे वरिपरि घुम्छ जो आफ्नाे इच्छाका विरुद्ध एक राजनेतासँग विवाह गर्न चाहन्दिनन्। उनी घरदेखि भाग्छिन्। अनि अमेरिका रिटर्न एक बिजनेसमेनसँग अचानक उनकाे भेट हुन्छ। बिजनेसमेनले युवतीकाे मदद गर्छ। तर राजनेताका गुण्डाहरुसँग बचेर भाग्दै गरेकाे उनीहरुकाे भिडियो भाइरल हुन्छ। त्यसपछि यस घटनालाई ‘लव-जिहाद’ काे रूप दिइन्छ। यस घटनालाई गलत तरिकाले प्रस्तुत गरिन्छ अनि फेरि याे घटना सोशल मिडियामा लव जिहादकाे मुहार अख्तियार गर्दै आगाे जसरी फैलिन्छ। मानिसहरु कुनै साेचविचार नगरिकनै, कुरा नबुझिकनै त्यसलाई फरवर्ड गर्दै जान्छन्।

‘अफवाह’ काे पाेष्टर

यस कथालाई फिल्म ‘अफवाह’ का निर्देशक सुधीर मिश्राले अत्यन्त सुन्दरताका साथ प्रस्तुत गरेका छन्। फिल्मकाे गति पनि अनुपम छ, अनि परिवेश र तमाम पात्र भी। यसले दर्शकहरुलाई रोमांचित गर्छ। नवाजुद्दीन सिद्दीकी र भूमि पेडनेकरले पनि सुधीर मिश्राकाे सधिएकाे निर्देशनमा अब्बल काम गरेका छन्।

यी सबका बावजूद यस फिल्मलाई नजरअंदाज (अनदेखा वा बेवास्ता) गरिन्दै छ। प्रश्न उठ्छ किन? यस फिल्मलाई जसरी नजरअंदाज गरिन्दैछ, त्यसलाई देखेर निर्देशक सुधीर मिश्रा पनि आश्चर्यचकित छन्। एक वेब पोर्टलका संवाददातासँगकाे कुराकानीमा उनले भने, ‘समय विचित्र हुन्छ। म चाहन्छु कि याे फिल्म मानिसहरुसम्म पुगुन्। याे फिल्म छलफलकाे लागि हाे। म सामान्यतया मानिसहरुकाे प्रतिक्रियाकाे परवाह गर्दिन तर यसपटक मलाई चिन्ता लागिरहेको छ।’

नवाजुद्दिन, भूमि, अनुभव सिन्हा र सुधिर मिश्रा

उनकाे भनाइकाे अर्थ स्पष्ट छ। सुधीर मिश्रा चाहन्छन् कि यस फिल्ममा देखाइएकाे कंटेन्टमाथि कुरा हाेस्, सोशल मिडियाका माध्यमबाट फैलाइन्दै गरेकाे हल्ला (अफवाह) का तौर-तरिकाहरुमाथि कुरा हाेस्। उनलाई लाग्छ कि प्राविधिक क्रान्तिकाे जुन दौरमा मानव सभ्यता प्रवेश गरिसकेकाे छ, त्याे खतरनाक छ। व्यक्ति विशेषका लागि पनि, उसकाे स्वतन्त्रताकाे लागि पनि, समाजकाे लागि पनि अनि धर्म र राष्ट्रकाे लागि पनि। यस फिल्ममा ‘लव-जिहाद’ लाई लिएर हल्ला फैलाइन्दैछ र हल्ला फैलाउने पूरै चक्रव्यूह रच्ने नेतालाई थाहा छ कि आफ्नाे मनपर्ने चीज हासिल गर्नका लागि कस्ताे हल्ला फैलाउनुपर्छ र कसरी फैलाउनुपर्छ।

फिल्म ‘दि केरल स्टोरी’ काे बक्स-अफिस कलेक्शन पहिलाे दिन ८ करोड रुपैयाँ, दाेस्राे दिन ११.२२ करोड रुपैयाँ र तेस्राे दिनकाे कलेक्शन १६.६० करोड रुपैयाँ रह्याे। अर्कोतर्फ, फिल्म ‘अफवाह’ काे बक्स-अफिस कलेक्शन पहिलाे र दाेस्राे दिन क्रमश: २५-२५ लाख रुपैयाँ रह्याे र तेस्राे दिन ५० लाख रुपैयाँ रह्याे। दुवै फिल्ममा आ-आफ्नोे तरिकाबाट ‘लव-जिहाद’ लाई चित्रित गरिएकाे छ। पहिलाे फिल्ममा ‘लव-जिहाद’ काे मेकानिजमलाई प्रदर्शित गरिएको छ, यस दाबीका साथ कि याे फिल्म पूर्णतया सत्य घटनामाथि आधारित छ, जबकि दाेस्राे फिल्ममा याे देखाइएकाे छ कि ‘लव-जिहाद’ शब्दकाे प्रयाेग कसरी आफ्नाे लक्ष्यलाई हासिल गर्न कुनै राजनीतिक व्यक्ति/नेताले गर्छ र कसरी यसकाे नाममा फैलाइन्दै गरेकाे अफवाह (हल्ला) बाट कसैकाे ज्यान खतरामा पर्न जान्छ।

प्रश्न उठ्छ कि कम-बेसी एउटै विषयमा (लव जिहादकै वरिपरि) बनेका दुई फिल्महरुमध्ये एक फिल्मलाई दर्शकहरुले शीरमा किन चढाएर राखे र अर्काे फिल्मसँग किन दूरी बनाए? रिलिज हुनुभन्दा पहिले नै फिल्म ‘दि केरल स्टोरी’ का बारेमा याे दाबी गरियाे कि याे फिल्म सत्य घटनामाथि आधारित छ र करिब ३२ हजार गैरमुस्लिम महिलाहरु केरल जस्ता राज्यबाट ‘लव-जिहाद’ काे चंगुलमा फँसेर गायब भइसकेका छन्। तमाम संचारमाध्यमहरुमा पनि यही प्रचारित-प्रसारित गरिन्दैछ कि यस फिल्मले ‘लव-जिहाद’ काे अनुहारबाट मुकुण्डाेलाई उतार्छ (सत्य देखाउँछ) र गैर-मुस्लिम युवतीहरुलाई सतर्क बनाउँछ जबकि फिल्म ‘अफवाह’ ले समाजमा अफवाह (हल्ला) फैलाएर मानिसहरुलाई दिगभ्रमित गर्ने (गुमराह गर्ने) मेकानिजमकाे पर्दाफाश गर्छ र यसकाे हिस्सा न बन्नका लागि सतर्क गर्छ।

एक समय थियाे जब भारतमा विशुद्ध रूपले मनाेरंजनात्मक फिल्महरु बन्थे। तीनजना दाजुभाई बाल्यकालमा छुट्थे, अलग-अलग धर्मका मानिसहरुकहाँ हुर्किन्थे अनि फेरि फिल्मकाे अन्त्यमा भेट्थे। दर्शकहरु यसप्रकारका फिल्महरुलाई मन पराउँथे। त्यसैले बक्स-अफिसमा पनि यसप्रकारका फिल्महरुले धमाल मच्चाउँथे। मनमोहन देसाई, प्रकाश मेहरासहित कैयौं निर्माता-निर्देशकहरुले यस फार्मुला अन्तर्गत फिल्महरु बनाए। उत्कृष्ट कारोबार गर्नुकाे साथै यस प्रकारका फिल्महरुले भारतकाे समरसतालाई बलियाे बनाउनमा महत्वपूर्ण भूमिका निभाए।

याे पनि भुल्नुहुन्न कि यस प्रकारका फिल्महरु सन् १९७१ काे भारत-पाक युद्ध पश्चात् (यसभन्दा पहिले भारत १९४८ र १९६५ मा पाकिस्तानकाे तर्फबाट २-२ वटा आक्रमणलाई झेलिसकेकाे थियाे।) यसका बावजूद फिल्महरुका कंटेन्ट भारतीय समाजकाे आन्तरिक हिस्साका लागि बिशाक्त भएनन्, र सायद त्यसबेला दर्शकहरु पनि मानसिक रुपमा विभाजनकारी कंटेन्टलाई हेर्नका लागि तयार थिएनन्।

साथै फिल्म निर्माताहरु-निर्देशकहरुलाई पनि समाजका प्रति आफ्नाे उत्तरदायित्वकाे पूर्ण बाेध थियाे। समाजमा धेरै विसंगतिहरु हुनुकाे बावजूद उनीहरु पर्दामा यस्ता कुराहरु प्रदर्शन गर्न चाहन्दैथे जसबाट यी विसंगतिहरुलाई अझ बढावा मिलाेस्।

यस्ताेमा पछिल्लाे ३०-४० बर्षमा यस्तो के भयाे कि ‘अमर अकबर एंथोनी’ काे विभाजन हुन थाल्याे? ‘अमर अकबर एंथोनी’ लाई एकसाथ हेर्ने दर्शकहरुकाे विभाजन हुन थाल्याे। डिजिटल क्रान्तिकाे उद्देश्य जीवनलाई सुगम बनाउने थियाे, समाजमा बिष घाेल्ने वा अफवाह (हल्ला) फैलाउने थिएन।

सायद सुधीर मिश्राले यही संवादलाई अघि बढाउने इच्छाले फिल्म ‘अफवाह’ काे निर्माण गरे, तर प्रश्न उठ्छ कि के समाज यसबेला स्वस्थ संवाद गर्ने स्थितिमा छ? अनि के फिल्म मानिसहरुलाई स्वस्थ संवाद गर्ने स्थितिमा ल्याउने भूमिका निभाइरहेकाे छ त?

यस फिल्मलाई किन हेर्ने?

‘अफवाह’ (हल्ला) काे मेकानिजमलाई बुझ्न र नवाजुद्दीन सिद्दिक़ी र भूमि पेडनेकरकाे जबरदस्त अभिनयलाई देख्नका लागि।

आलाेकनंदन शर्मा

आलोकनंदन पटना स्थित एक पत्रकार-लेखक-चिंतक हुन्, जो आफ्ना व्यापक अनुभवहरु र गहन अध्ययनकाे बलमा समाज, इतिहास र जीवन-दर्शनलाई समग्रताका साथ-साथ व्यावहारिकतालाई सूक्ष्मताकाे स्तरमा पनि आंकलन गर्ने क्षमता राख्छन्। फिल्महरुलाई लिएर उनकाे अत्यन्त खास र एक बिलकुलै अलग दृष्टिकोण छ।

मृत्युको कयौं वर्षपछि चम्किएका कम्युनिस्ट चिन्तक : एन्टोनियो ग्राम्सी

सन् १८९१ मा इटालीको सार्डिनियामा जन्मेका हुन् एन्टोनियो ग्राम्सी । उनको बाल्यकालदेखि पूरा जीवन नै असाध्यै दयनीय किसिमले बित्यो । उनी तीन वर्षको उमेरमै मेरुदण्डसम्बन्धी रोगबाट पीडित भए । उक्त रोगको उपचारका क्रममा ग्राम्सीलाई काम्रो बाँधेर घरको छतस्थित सिलिङमा झुन्ड्याइन्थ्यो । उनी बाल्यकालमा यो हदसम्म बिरामी परिरहन्थे कि चिकित्सकले त उनी बाँच्छन् भन्ने आशा नै मारिसकेका थिए ।

उनकी आमाले समेत आफ्नो कोठामा एउटा कफन र एक जोर नयाँ लुगा ठीक पारेर राखेकी हुन्थिन् । उनको ढाड र छाती दुवैतिर कुम्लो निस्केको थियो ।लगातारको उपचारका कारण ग्राम्सीको शरीर नै विकृत बनिसकेको थियो ।

ग्राम्सी जम्माजम्मी ४ फिट १० इञ्च उचाइका थिए । उनका बुबा फ्रान्सीको ग्राम्सी मध्यम तहका सरकारी कर्मचारी थिए । उनी फ्रान्सीको राजनीतिक प्रतिशोधको शिकार बने र भ्रष्टाचारको आरोपमा साढे पाँच वर्ष जेल परे । यो घटनाले ग्राम्सी परिवारलाई आर्थिक रूपमा तहसनहस पारिदियो । पढाइमा अत्यन्त तेज हुँदाहुँदै पनि उनले एघार वर्षको उमेरमै स्कुल छाडेर काममा लाग्नुप¥यो ।

चरम शारीरिक दुर्बलताका बावजुद एन्टोनियो ग्राम्सी सरकारी पञ्जीकरण कार्यालयमा दैनिक दस घन्टासम्म काममा जोतिए । आफ्नो तौलभन्दा गह्रुँगा फाइल र रजिस्टरहरु बोकेर यताउता गरिरहे । करिव दुई वर्ष काम गरेपछि उनी फेरि स्कुलमा फर्के र माध्यमिक शिक्षा पूरा गरे । आफूले बाल्यकालदेखि नै भोग्नुपरेको शारीरिक अस्वस्थता, दुर्बलता, शारीरिक कुरुपपन र आर्थिक अभावका कारण ग्राम्सीमा निकै गहिरो मनोवैज्ञानिक प्रभाव प¥यो । उनमा समाजबाट अलग भएर बस्ने र अन्तर्मुखी स्वभाव विकसित भयो । उनमा यो प्रवृत्ति जीवनभर पटक–पटक देखा परिरह्यो ।

माध्यमिक शिक्षापछि ग्राम्सीले इटालीको ठूलो औद्योगिक सहर टुरिनस्थित ‘टुरिन विश्वविद्यालय’ मा छात्रवृत्ति पाए र त्यहीं अध्ययन गर्न थाले । तर, त्यसपछि पनि उनलाई आर्थिक अभाव र शारीरिक दुर्बलताले सताइरह्यो । उनले हात–मुख जोड्ने समस्याको समाधान र छात्रवृत्ति कायम राख्न हासिल गर्नुपर्ने शैक्षिक सफलताको दोहोरो बोझको भार थेगिरहे ।

चर्को समस्याका बावजुद उनले भाषाशास्त्र, साहित्य, दर्शनशास्त्र र कानुनको गहन अध्ययन गरे । यद्यपि आर्थिक, शारीरिक र मनोवैज्ञानिक समस्याकै कारण डिग्रीको अध्ययन भने अधुरै छाड्न उनी बाध्य भए ।

विश्वविद्यालय अध्ययनकै बेला ग्राम्सी समाजवादी पार्टीमा लागेका थिए । पढाइ छाडेपछि उनी पूर्णरूपमा राजनीति र पत्रकारितामा समर्पित भए । १९२१ मा स्थापित इटालियन कम्युनिस्ट पार्टीका संस्थापक सदस्यमध्ये ग्राम्सी पनि एक हुन् । इटालियन कम्युनिस्ट पार्टीको प्रतिनिधिका रूपमा ग्राम्सी १९२२ मा रुस पुगे । त्यहीं रुसी महिला जुलिया अप्लोनोवसँग उनको विवाह भयो । उनका दुई छोरा जन्मिए तर कान्छा छोरालाई भने ग्राम्सीले देख्न पनि पाएनन् ।

ग्राम्सी रुसबाट फर्केलगत्तै इटालियन कम्युनिस्ट पार्टीको प्रमुख बने । त्यसबेलासम्म इटालीमा मुसोलिनी फासीवादको जगजगी सुरु भैसकेको थियो । मुसोलिनी सत्ताले ग्राम्सीलाई गिरफ्तार ग¥यो । अदालतमा सरकारी पक्षले जिकिर ग¥यो– ‘ग्राम्सीको दिमागलाई बीस वर्षसम्म काम गर्नबाट रोक्नुपर्छ ।’

सुरुमा अदालतले ग्राम्सीलाई पाँचवर्षै जेल सजाय तोक्यो र अर्को वर्ष त्यसलाई बढाएर बीस वर्ष पु¥याइदियो । तैपनि मुसोलिनी फासिवादले ग्राम्सीको दिमागलाई काम गर्नबाटै रोक्न भने सकेन । ग्राम्सीले जेलजीवनका एघार वर्षबीच तेत्तीसवटा नोटबुक भरेर तीन हजारजति पेजमा आफ्ना विचारहरू लेखे, जो ‘प्रिजन नोटबुक’ का नामले विश्वभर प्रख्यात छ ।

उनले त्यसबाहेक पाँच सय वटाजति व्यक्तिगत पत्रहरू पनि लेखे । ग्राम्सीका लेखन र चिन्तन मूलतः क्रान्तिको स्वरूप, राज्य र नागरिक समाजको सम्बन्ध तथा सांस्कृतिक आधिपत्य र बुद्धिजीवीको भूमिकाका बारेमा केन्द्रित छन् ।

ग्राम्सी भन्ने गर्थे– ‘शासकवर्गले बलप्रयोगद्वारा मात्र होइन, शासितवर्गको ‘सहमति’ समेत लिएर शासन गर्छन् ।’ उनको विचारमा ‘समाजमा वर्चस्वको लडाइँ सधैं नै चलिरहन्छ ।’ उनको विचारमा शासकवर्गको वर्चस्व तोडने दुईवटा उपाय छन्– एउटा, चालको युद्ध र अर्को, स्थितिको युद्ध ।

ग्राम्सीको जेलजीवन अत्यन्त्यै कष्टकर थियो । जेलजीवनकै क्रममा उनका सबै दाँत झरे र पाचन प्रणालीले समेत काम गर्न छाड्यो । जेलभित्र उनी रगत बान्ता गर्थे, त्यतिबेला उनलाई यति चर्कोसँग टाउको दुख्थ्यो कि त्यो खप्न नसकेपछि उनी आफ्नो टाउको भित्तामा ठोक्काउँथे । ग्राम्सीकी श्रीमतीको अथक पहल र अन्तर्राष्ट्रिय अभियानको फलस्वरूप पक्राउ गरिएको आठ वर्षपछि उपचारका निम्ति उनलाई अस्पताल (जेलबाहिर) लगियो । उनको स्वास्थ्य धेरै नै बिग्रिसकेको थियो त्यसैले त्यसको दुई वर्षपछि थप उपचारका लागि इटालीबाट रोम लगियो । तैपनि उनी धेरै बाँच्न सकेनन् । ४७ वर्षको उमेरमा, २१ अप्रिल, १९३७ मा उनको निधन भयो । निधनको ६ दिनपछि मात्र ग्राम्सीको काराबास अवधि समाप्त हुँदै थियो ।

ग्राम्सीको निधन भएको केही दशकपछि मात्र उनका ‘प्रिजन नोटबुक’ हरू बाहिर आए र इटालियन भाषाबाट अरु भाषामा अनुदित हुन थाले । त्यसपछि बल्ल उनको व्यक्तित्व उजेलिन थाल्याे । सबैतिर उनकाे चर्चा चुलिँदै गयो । अचेल ग्राम्सीलाई मार्क्सवादी दर्शनका क्षेत्रमा मार्क्सपछिकै सर्वाधिक महत्त्वपूर्ण चिन्तक मानिन्छ ।

(न्युजकाेसेली डटकमबाट)

 

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया भ्रष्टाचारकाे अराेपमा पक्राउ

काठमाडौं,१५ फागुन । भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । सीबीआईले आइतबार बेलुका सिसोदियालाई पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा आइतबार बेलुकी सिसोदियालाई सीबीईले कार्यालयमा बोलाएको थियो । तर भारतीय समय अनुसार बेलुका सात बजे उनलाई हिरासतमा राखिएको खबर सार्वजनिक भएको थियो । सिसोदियाले अनुसन्धानमा नसघाएको आरोप छ ।

सिसोदिया आम आदमी पार्टी (आप)का नेता हुन् । आपका नेताहरुले यसमा राजनीतिक गन्ध भएको र भारतीय जनता पार्टी (भाजपा)ले प्रतिशोध साधेको आरोप लगाएका छन् । आप पार्टीका अध्यक्ष एवम् दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सिसोदिया बेकसुर भएको भन्दै उनको गिरफ्तारीलाई फोहोरी राजनीति भनेर टिप्पणी गरेका छन् । केजरीवालले भनेका छन्, ‘मनिषको गिरफ्तारीले जनता आक्रोशित छन् । उनीहरुलाई सबै थाहा छ । यसको जवाफ दिनेछन् । हाम्रो संघर्ष अझ बलियो हुनेछ ।’

सिसोदियाको गिरफ्तारी पछि राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीबीआईको मुख्यालय बाहिर पनि उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।