गढवाका प्रमुख पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटन व्यवसाय विकासमा जोड तालिम

गढवा, १७ असार। दाङ देउखुरीको गढवा गाउँपालिकामा पर्यटन क्षेत्रको विकास तथा स्थानीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने पर्यटन प्रवर्द्धन कार्यक्रम बुधबारदेखि सुरु भएको छ।

गढवा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रम गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा उद्घाटन गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शारदाकुमारी चौधरीले गढवामा पर्यटन विकासको प्रशस्त सम्भावना रहेकाले स्थानीय प्राकृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, प्रचारप्रसार र व्यवस्थित विकास गर्नुपर्ने बताउनुभयो। उहाँले सहभागीहरूलाई पर्यटन व्यवसाय सम्बन्धी दक्षता हासिल गरी सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।

 

उहाँले विशेष गरी गढवाका प्रमुख पर्यटकीय गन्तव्यहरू कोइलाबास, कुलपानी, हंसेश्वर मन्दिर तथा बाघनाथ बाबा जंगलकुटी लगायतका क्षेत्रको व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो। यी क्षेत्रहरूको पूर्वाधार विकास, संरक्षण र पर्यटनमैत्री वातावरण निर्माण गर्न सके स्थानीय रोजगारी सिर्जना हुनुका साथै गाउँपालिकाको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रशिक्षक झरेन्द्र कुमार खरेलले सहभागीहरूलाई पर्यटन व्यवसाय, पर्यटकीय सम्भावनाको पहिचान, गन्तव्य व्यवस्थापन, पर्यटकमैत्री सेवा, पर्यटन प्रवर्द्धनका रणनीति तथा स्थानीय स्रोत–साधनको उपयोगबारे सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिरहनुभएको छ।

 

कार्यक्रममा गढवा गाउँपालिकाभित्र रहेका १८ वटा सामुदायिक वनका ३८ जना अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष शारदाकुमारी चौधरीले गढवा गाउँपालिकामा पर्यटन विकासको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसारमार्फत स्थानीय आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो। उहाँले सामुदायिक वनहरूलाई पर्यटनसँग जोडेर आयआर्जन र रोजगारी सिर्जनामा योगदान पुर्‍याउन सकिने भएकाले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा प्रशिक्षक झरेन्द्र कुमार खरेलले तीन दिनसम्म पर्यटन प्रवर्द्धन, पर्यटनका सम्भावना, स्थानीय पर्यटन गन्तव्यको पहिचान, व्यवस्थापन, संरक्षण तथा पर्यटन विकासका व्यावहारिक पक्षबारे सैद्धान्तिक र स्थलगत प्रशिक्षण प्रदान गर्नुहुनेछ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन गढवा गाउँपालिकाका रोजगार शाखाका सहायक सत्यपाल यादवले गर्नुभएको थियो।

एकीकृत शत्रु जीव, मल तथा माटो व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

गढवा,१२ जेठ ।  दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबडियामा एकीकृत शत्रु जीव, मल तथा माटो व्यवस्थापन सम्बन्धी स्थलगत अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

वडा नम्बर ३ का वडा सदस्य बिमल कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३४ जना किसानहरुले सहभागिता जनाउँदै कृषि सम्बन्धी प्राविधिक जानकारी तथा सेवा लिएका थिए। तालिममा बालीमा लाग्ने शत्रु जीव नियन्त्रण, माटोको उर्वराशक्ति संरक्षण, जैविक तथा रासायनिक मलको उचित प्रयोग लगायतका विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा गढवा गाउँपालिकाकी कृषि अधिकृत निहारीका चौधरी, कृषि प्राविधिक हेमराज पुन, कृषि सहायक फुलनदेवी चौधरी, स्थानीय किसान तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य बिमल कुमार चौधरीले किसानलाई आधुनिक तथा वैज्ञानिक कृषि प्रविधिसँग जोड्न यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो। उहाँले कृषि उत्पादन वृद्धि गर्न माटोको संरक्षण, उचित मल व्यवस्थापन तथा शत्रु जीव नियन्त्रणबारे किसान सचेत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै उहाँले गाउँपालिकाले किसानमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मोदीले पुटिनलाई उपहार दिए रूसी भाषामा अनुवाद गरिएको भागवत गीता

नयाँ दिल्ली, बिहीबार भारत आइपुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन्। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहारस्वरुप दिएका हुन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्,‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि प्रस्तुत गरें। गीताको शिक्षाले विश्वभरका लाखौं मानिसहरूलाई प्रेरणा दिन्छ।’

रुसी राष्ट्रपति पुटिन दुई दिने भारत भ्रमणका लागि बिहीबार दिल्ली आइपुगेका हुन्। उनको विमान दिल्लीको पालम विमानस्थलमा अवतरण भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमा उनलाई स्वागत गरेका थिए।

विमानस्थलमा औपचारिक स्वागतपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा प्रधानमन्त्री मोदीको निवास ७ लोक कल्याण मार्गमा गए। युक्रेनसँगको युद्धपछि राष्ट्रपति पुटिनको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा रूसी राष्ट्रपतिले प्रधानमन्त्री मोदीसँग २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिने छन्।