राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसकाे अवसरमा (सिपी) नेपालद्धारा उत्कृष्ट चार जनालाई सम्मान
गणतन्त्र नेपाल डटकम

गढवा,१ चैत्र। राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसकाे अवसरमा क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले उत्कृष्ट कृषक, उद्यमी, शिक्षक र विद्यार्थी गरी चार जनालाई सम्मान गरेको छ। राप्ती गाउँपालिका सँगकाे सहकार्यमा “सहकार्य र उत्कृष्टता: कृषि, शिक्षा र उद्यमशीलतामा सम्मान कार्यक्रम” अन्तर्गत वडा…

गढवा वडा नं. ५ बाकीमा तिनदिने आधारशिला तालिम सम्पन्न
आलोक भावुक

गढवा, २१ फागुन। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना द्वारा गठित बाकी महिला उद्यमी समूह गढवा ५ बाकीमा आज बुधबार तिनदिने आधारशिला तालिम सम्पन्न भएको छ। समूहकी अध्यक्ष सिता थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य…

गढवा गाउँपालिकाले दूध उत्पादन कृषकहरूसँग अन्तरक्रिया
आलोक भावुक

गढवा, २० फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाले दूध उत्पादन कृषकहरूसँग मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। गढवा गाउँपालिकाले निर्माण अन्तिम चरणमा रहेको गढवा दुग्ध सङ्कलन तथा बिक्री केन्द्रको उद्घाटनका पूर्व गढवा गाउँपालिकामा रहेका दुग्ध उत्पादन कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।…

गढवा होटल ब्यवसायी संघको सातौं वार्षिकोत्सव तथा बनभोज कार्यक्रम 
आलोक भावुक

गढवा, १८ फागुन। गढवा होटल ब्यवसायी संघको सातौं वार्षिकोत्सव तथा वनभोज कार्यक्रम शनिबार गढवा १ धानखोलामा सम्पन्न भएको छ। गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका १…

गढवाको वडा नम्बर ५ र वडा नम्बर ३ मा आधारशिला तालिम सुरु 
आलोक भावुक

गढवा,१६ फागुन ।आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम भोकालाई एकछाक भोजन होइन जिउने जुक्ति दिउँ भन्ने मूल नाराका साथ गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना समूहका सदस्यहरूका लागि आधारशिला तालिम सुरु भएको छ ।…

गढवा र बंगलाचुली गाउँपालिकाले गरे सामाजिक सुरक्षा कोषसँग समझदारी पत्रमा हस्ताक्षर
गणतन्त्र नेपाल डटकम

गढवा,१५ फागुन। गढवा र बंगलाचुली गाउँपालिकाले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। दाङ्ग स्थित गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेल र बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनले सामाजिक सुरक्षा कोषसँग…

गढवामा एकदिने करदाता शिक्षा एवं अन्तक्रिया कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ११ फागुन। कर छुट सुविधा तथा कर सम्बन्धि विविध विषयमा एकदिने करदाता शिक्षा एवम् अन्तरक्रिया कार्यक्रम आइतबार गढवा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा श्रीधर टन्डनको प्रमुख आतिथ्यमा…

स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिँदै तुलसीपुर महोत्सव
रुपा थापा

तुलसीपुर, ५ फागुन । तुलसीपुरमा जारी दास्राे कृषि पर्यटन, सांस्कृतिक तथा व्यापार महाेत्सव तुलसीपुरले स्थानीय उत्पादनलाई बढी प्राथमिक दिएको छ । “स्वरोजगार,आत्मनिर्भर हाम्रो अधार शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने मुल नाराका साथ स्थानीय उत्पादन, कला संस्कृति र रहनसहनलाई राख्दै याे…

पशुपतिमा राष्ट्रशान्ति महायज्ञ हुँदै
गणतन्त्रनेपाल

काठमाडौं । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा गरौँ, धर्मले हामीलाई रक्षा गर्छ’ भन्ने मूल नाराका साथ फागुन ७ गतेबाट सुरु भएको महारुद्र…