दीपावलीमा कृत्रिम होइन, प्राकृतिक फूलमाला प्रयोग गर्न गढवा गाउँपालिकाको आग्रह

गढवा (दाङ), असोज २४ – हिन्दूधर्मावलम्बीहरूको महान चाड शुभ दीपावली (तिहार) नजिकिँदै गर्दा दाङको गढवा गाउँपालिकाले यस वर्ष कृत्रिम (प्लास्टिक) माला प्रयोग नगरी प्राकृतिक फूलको माला प्रयोग गर्न सबैमा आग्रह गरेको छ।

गाउँपालिकाबाट जारी सूचनामा भनिएको छ – स्थानीय स्तरमा उत्पादन हुने फूलहरूको प्रयोगले वातावरण संरक्षणमा सहयोग पुग्नेछ र स्थानीय किसानहरूलाई आर्थिक लाभ मिल्नेछ। त्यसका लागि गढवा गाउँपालिकाले यस वर्ष गाउँभित्रै उत्पादन भएका फूलमालाको प्रयोग गर्न सुझाएको छ ।

सूचनामा गाउँपालिकाका विभिन्न स्थानमा रहेका किसानहरूले उत्पादन गरेका फूलहरू (मुख्यतया सयपत्री, गोदावरी, र मखमली) स्थानीय बजारमा बिक्री वितरण हुने उल्लेख गरिएको छ। गाउँपालिकाले तिनै किसानहरूका सम्पर्क नम्बर सार्वजनिक गर्दै फूल खरिद गर्न सजिलो होस् भनेर व्यवस्था मिलाएको छ।

सूचनाअनुसार गढवा गाउँपालिकाभित्र निम्न किसानहरूबाट फूल खरिद गर्न सकिनेछः

 १. टेकेन्द्रराज रावत क्षेत्री, वडा नं. ३ – खेती क्षेत्र:  ८ कठ्ठा, सम्पर्क नं. ९८२२८९४१५१

 २. विरेन्द्र शाह, वडा नं. ४ – खेती क्षेत्र: ५ कठ्ठा, सम्पर्क नं. ९८४९४८९०९२

 ३. मधुसूदन के.सी., वडा नं. १ – खेती क्षेत्र:  १ कठ्ठा, सम्पर्क नं. ९८४७१६०२५२

कृषि विकास शाखा प्रमुख कर्ताराम  यादवका अनुसार यस अभियानले एकातिर वातावरणमैत्री व्यवहारलाई प्रोत्साहन गर्नेछ भने अर्कोतर्फ गाउँकै उत्पादनको बजार सुनिश्चित गर्न सहयोग पुर्‍याउनेछ।

विघटन नगरी संसद भित्रैबाट समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । नयाँ वानेश्वरमा रहेको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको संसद् भवन अवलोकनका क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा सभामुख घिमिरेलेले सो कुरा बताएका हुन् ।

सभामुख घिमिरेले भने– ‘प्रतिनिधिसभा विघटन नगरी संसदबाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’

जेनजीको आन्दोलनमा घटेका घटना ज्यादै दुःखद रहेका सभामुख घिमिरेले बताए । अब अहिलेको परिस्थितिबाट उठेर ठिक ढङ्गबाट अगाडि जानु सबैको दायित्व रहेको उनको भनाई थियो ।

सभामुख घिमिरेले अन्तरिम सरकारले अहिले देखिएका समस्या समाधान गरी अगाडि बढ्नुपर्ने बताए ।

सभामुख घिमिरेले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको बताए ।

यस घटनाको समीक्षा गरेर देशलाई उठाउनका लागि आम मान्छे, आम जनता, आम क्षेत्र सबै लाग्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो ।

गढवामा १५ दिने निःशुल्क डल, कुसन तथा गुडिया तालिम सम्पन्न

गढवा, २२ भदौ। दलित सशक्तिकरण अभियान गढवा–६ को आयोजनामा १५ दिने निःशुल्क डल, कुसन तथा गुडिया बनाउने तालिम सनिवार गढवामा सम्पन्न भएको छ।

‘सिप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको सो तालिममा स्थानीय महिलाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। तालिममा सहभागी महिलाहरूले डल, कुसन तथा गुडिया बनाउनका लागि आवश्यक सामग्री, प्रविधि र डिजाइन सम्बन्धी विस्तृत ज्ञान हासिल गरेका छन्।

देउखुरी क्षेत्रमा डल–कुसन बनाउनका लागि प्रख्यात तथा अनुभवी प्रशिक्षक सीता चौधरीले १५ दिनसम्म निरन्तर प्रशिक्षण दिनुभएको थियो। चौधरीले महिलाहरूलाई साधारण सिलाई–कटाईदेखि लिएर आकर्षक ढंगले उत्पादन गर्ने सीप सिकाउनुभएको जानकारी दिनुभयो।

गढवा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष शान्ती चौधरीले तालिमले दलित महिलाहरूलाई आत्मनिर्भर बनाउन ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो– “सिप सिकेर महिलाहरूले आफ्नो जीवनस्तर उकास्ने अवसर पाएका छन्। अब यसलाई व्यवहारमा उतारेर स्वरोजगारतर्फ अघि बढ्न सक्नेछन्।”

त्यस्तै, गढवा गाउँपालिका स्तरीय सरकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले महिला सशक्तिकरणमा यस्ता तालिमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो– “समाजमा आर्थिक रुपले सबल हुन महिलाले सीप सिक्नु अत्यावश्यक छ। यसले घर–परिवार मात्र होइन, सम्पूर्ण समाजलाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछ।”

तालिममार्फत सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै घरेलु आय–आर्जन गर्ने र परिवारलाई सहयोग गर्ने अपेक्षा लिइएको छ। तालिमपछि उनीहरूले आफैं बनाएका डल, कुसन र गुडियाहरूको प्रदर्शनी समेत गरिएको थियो, जसले उनीहरूलाई थप आत्मविश्वासी बनाएको थियो।

दलित सशक्तिकरण अभियान गढवा–६ का पदाधिकारीहरूले तालिमले महिलाहरूलाई स्वरोजगारमा जोड्ने अवसर मिलेको बताउँदै आगामी दिनमा अझै धेरै सीप विकास कार्यक्रम ल्याइने जानकारी दिनुभएको छ।