आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन्।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो।

आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो ।

दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

गढवामा घरेलु हिंसा र मानव बेचविखन सम्वन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न 

गढवा,१७ जेठ  । देउखुरीको गढवा गाउँपालिकामा घरेलु हिंसा तथा मानव बेचविखन सम्वन्धी एक दिने सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्वच्छ नेपालको आयोजना तथा गढवा गाउँपालिकाको आर्थिक सहयोगमा मंगलवार गढवा गाउँपालिका वडा नं. ४ मा घरेलु हिंसा तथा मावन बेचविखन सम्वन्धी सचेतनामुलक कार्यक्रम भएको हो ।

स्वच्छ नेपालका अध्यक्ष बिन्दु गिरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीको प्रमुख आतिथ्यता एवं वडा नं. ४का वडा अध्यक्ष हरिभक्त चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लैंगिक हिंसा तथा मानव बेचविखनका घट्नाहरु रोक्नका लागि सचेतना आवश्यक रहेकोमा जोड दिएका थिए ।

कायक्रममा चेतनाको अभावमा अहिलेपनि समाजमा महिलामाथि हिंसा हुने गरेको भन्दै उपाध्यक्ष चौधरीले हिंसाका घट्ना न्यूनीकरणका लागि बालबालिकाहरुदेखि नै चेतना प्रवाह गर्न आवश्यक रहेको बताएकी थिइन । कार्यक्रमको प्रशिक्षकमा बसुुन्धरा गौतम र सुशीला पौडेल रहेका थिए ।

कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण हेमराज अधिकारीले गरेका थिए ।

गणतन्त्र दिवसमा लमहीमा दिप प्रज्वलन गरेर खुशीयाली

देउखुरी, १५ जेठ । दाङको लमहीमा १६ औँ गणतन्त्र दिवसको अवसरमा सन्ध्याकालिन दिप प्रत्वलन गर्दै खुशीयाली मनाइएको छ । नेकपा (माओवादी केन्द्र) लमही नगर कमिटीले साेमबार साँझ धमिला चाेक स्थित दिप प्रज्वलन गर्दै एक आपसमा खुशी साटासाट गरेर दिवस मनाइएको हो ।

नेकपा (माओवादी केन्द्र) लमही नगर कमिटीका अध्यक्ष दिलकुमार श्रेष्ठकाे अध्यक्षता एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य इन्द्रजीत थारूकाे प्रमुख अतिथिमा लमही बजार परिसरमा दिप प्रज्वलन गरिएको छ ।

दिप प्रज्वलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) अखिल क्रान्तिकारी पुर्व जिल्ला अध्यक्ष कल्याण अधिकारी, लुम्बिनी प्रदेश कमिटी सदस्य लक्ष्मी चाैधरी, प्रदेश कमिटी सदस्य एवम् लमही नगर इञ्चार्ज बसन्त शर्मा (विक्रान्त) लगायतले सम्बाेधन गर्नुभएको थियोे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि इन्द्रजीत थारूले अहिलेका महत्वपूर्ण उपलब्धीहरू नेकपा (माओवादी केन्द्र) ले संचालन गरेको महान १० वर्ष जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलब्धि भएको बताउनुभयो ।

लमही नगरपालिका नेता तथा कार्यकर्ताको उपस्थितिमा गणतन्त्र दिवस मनाइएको छ ।कार्यक्रमकाे सहजिकरण नेकपा (माओवादी केन्द्र) का पुर्व विद्यार्थी नेता माेहन भुषालले गर्नु भएको थियोे ।।