जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा गढवामा कानुनी सचेतना कार्यक्रम

गढवा, २२ जेठ। जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०८०को अवसरमा जातिय भेदभाव तथा छुवाछुत नियन्त्रणका लागि आइतबार गढवाको मनिकापुरमा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार गढवा गाउँपालिका वडा नं.६ मनिकापुर चोकमा सम्पन्न भएको हो । ईलाका प्रहरी कार्यालय गढवा दाङको आयोजना एंव गढवा गाउँपालिका वडा नं. ४ को दलित महिला सदस्य कौशिल्यादेवी बिस्वकर्माको अध्यक्षता सम्पन्न भएको हो ।

अन्तक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका वडा नम्बर – ४ का महिला वडा सदस्य कौशिल्यादेवी बिस्वकर्माले जातिय भेदभाव तथा छुवाछुत समाजको ठुलो समस्या भएको बताउनुभयो। आजको युगमा पनि मान्छे मान्छे बिचको जातीय बिभेद समाजका लागि हितकारी नहुने बताउनु भयो ।

कार्यक्रम गढवा गाउँपालिका ६ नम्बर वडाका वडा सदस्य गोबिन्द रोका, गढवा गाउँपालिकाका महिला वालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रेरणा चन्द, भद्रभलादमी र सर्वसाधारण समेतको उपस्थितीमा रहेको थियोे।

इलाका प्रहरी कार्यालय गढवाआ प्रहरी सहायक निरीक्षक राजेश के.सी. को कमाण्डमा टोली खटिई गई जातीय भेदभाव तथा छुवाछुट उन्मुलन सम्बन्धी जनचेतनामुलक कार्यक्रममा प्रशिक्षण दिई अन्तरक्रिया कार्यक्रम गरिएको गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले जानकारी दिनुभयो।

गढवा गाउँपालिकाले मधेशी/मुस्लिम समुदायका व्यक्तिहरु लाई साबुन बनाउने तालिम दिदै

गढवा, १९ जेठ। सिप सिकौ, स्वरोजगार बनौ भन्ने मुल नाराका साथ मधेशी/मुस्लिम समुदायका व्यक्तिहरुका लागि सफल जीवनयापनका लागि सकारात्मक सोच विकास तथा सीप विकासका लागि नुहाउने साबुन र लुगा धुने साबुन निर्माण सम्बन्धी सात दिने तालिम दिई रहेको छ।

गढवा गाउँपालिका वडा नम्बर ४,५,६ र ७ वडाका गरी कुल २२ जना मधेसी मुस्लिम समुदायका व्यक्तिहरुलाई सावुन बनाउने तालिम दिन सुरु गरिएको गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ। गाउँपालिकाको आर्थिक बर्ष २०८९/०८० महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको स्वीकृत कार्यक्रम अन्तर्गत तालिम दिन लागिएको शाखा प्रमुख प्रेरणा चन्दले जानकारी दिनुभयो।

मधेशी/मुस्लिम समुदायका व्यक्तिहरुका समुदायलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले आय मुलक तालिमको आयोजना गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । आर्थिक अवस्था कमजोर भएका मधेसी/मुस्लिम समुदायको आर्थिकस्तर उकास्ने उद्धेश्यले सावुन बनाउने तालिम आयोजना गरिएको अध्यक्ष पोख्रेलले बताउनु भयो । घरमा प्रत्येक दिन प्रयोग हुने सावुन आफ्नै घरमा बनाउन सके र व्यवस्थापन गरी व्यवसायीक रुपमा उत्पादन गर्न सके तालिम उपलब्धिमुलक हुने बताउनु भयो । तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न चाहे पालिकाबाट हरसम्भव सहयोग मिल्ने बताउनुभयो।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक मनसरी घर्ती मगरले प्रशिक्षण दिई रहनु भएको छ। प्रशिक्षणपछि महिलाहरुले आफ्नो लागि आवश्यक साबुन बनाउन सक्ने प्रशिक्षक मगरले बताउनुभयो।

तालिममा गाउँपालिका भित्रका चार वटा वडा गरी कुल २० जना मधेसी/मुस्लिम समुदायका व्यक्तिहरुको सहभागिता र रहेको छ।

 

काठमाडौं वल्र्ड स्कुलको नेपाल टुर कार्यक्रम घोराहीमा हुँदै

दाङ १९ जेठ । शिक्षा क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल काठमाडौं वल्र्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त दाङको घोराहीमा विशेष कार्यक्रम गर्ने भएको छ । यही जेठ २६ गते शुक्रबार घोराहीको भिंग्रेली रिर्सोटमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, शिक्षक, उद्योगी, व्यवसायी, सञ्चारकर्मीहरुको सहभागितामा अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा विशेष कार्यक्रमको आयोजना गर्न लागि रहेको छ ।

सुनसरीको धरानमा शैक्षिक कार्यक्रमको आयोजना गरिएको छ । दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा स्कुल चियरमेन इ.डा.मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलाललगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहनेछ । कार्यक्रममा शिक्षाको विषयमा उहाँहरुले प्रशिक्षात्मक प्रस्तुती राख्ने कार्यक्रम समेत रहेको बताइएको

छ । स्कुलले सुरु गरेको नेपाल टुर अन्तर पूर्वका मुख्य शहरहरुमा कार्यक्रम भैसकेको छ । यसैगरी बुटवललगायतका शहरहरुमा पनि कार्यक्रमको आयोजना भैसकेको छ । जेठ २६ गते दाङमा कार्यक्रम सम्पन्न गरिसकेपछि सुर्खेत, धनगढी लगायतका शहरहरुमा पनि नेपाल टुर अन्तर्गतका कार्यक्रमहरुको आयोजना गर्ने तयारी गरिएको स्कुलले जनाएको छ ।

काठमाडौमा बिशिष्ठ स्कुलकारुपमा स्थापित काठमाडौं वल्ड स्कुलले पछिल्ला दिनहरुमा वहुउपयोगी शिक्षाका लागि काठमाडौं बाहिर जानुपर्ने बाध्यतालाई धेरै हदसम्म हटाउन सफल भएको स्कुलले जनाएको छ । जेठ २६ गते हुन लागि रहेको कार्यक्रममा सहभागि भएर शिक्षा क्षेत्रको विकासको

बारेमा लाभ लिनका लागि स्कुलले सबैमा अनुरोध गरेको छ ।

वल्ड स्कुल शैक्षिक जगतमा चिरपरिचित नाम हो । छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ ।

स्कुलको पूर्वाधार र सुविधाहरू समेत अत्याधुनिक र सुविधा सम्पन्न छन् । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वल्र्ड स्कुलले जोड

दिँदै आएको स्कुलका चियरम्यान

इ. डा. मिथिलेश कुमार झाले बताउनुभयो ।