गढवामा घरेलु हिंसा र मानव बेचविखन सम्वन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न 

गढवा,१७ जेठ  । देउखुरीको गढवा गाउँपालिकामा घरेलु हिंसा तथा मानव बेचविखन सम्वन्धी एक दिने सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्वच्छ नेपालको आयोजना तथा गढवा गाउँपालिकाको आर्थिक सहयोगमा मंगलवार गढवा गाउँपालिका वडा नं. ४ मा घरेलु हिंसा तथा मावन बेचविखन सम्वन्धी सचेतनामुलक कार्यक्रम भएको हो ।

स्वच्छ नेपालका अध्यक्ष बिन्दु गिरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीको प्रमुख आतिथ्यता एवं वडा नं. ४का वडा अध्यक्ष हरिभक्त चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लैंगिक हिंसा तथा मानव बेचविखनका घट्नाहरु रोक्नका लागि सचेतना आवश्यक रहेकोमा जोड दिएका थिए ।

कायक्रममा चेतनाको अभावमा अहिलेपनि समाजमा महिलामाथि हिंसा हुने गरेको भन्दै उपाध्यक्ष चौधरीले हिंसाका घट्ना न्यूनीकरणका लागि बालबालिकाहरुदेखि नै चेतना प्रवाह गर्न आवश्यक रहेको बताएकी थिइन । कार्यक्रमको प्रशिक्षकमा बसुुन्धरा गौतम र सुशीला पौडेल रहेका थिए ।

कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण हेमराज अधिकारीले गरेका थिए ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *