स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिँदै तुलसीपुर महोत्सव

रुपा थापा

तुलसीपुर, ५ फागुन । तुलसीपुरमा जारी दास्राे कृषि पर्यटन, सांस्कृतिक तथा व्यापार महाेत्सव तुलसीपुरले स्थानीय उत्पादनलाई बढी प्राथमिक दिएको छ । “स्वरोजगार,आत्मनिर्भर हाम्रो अधार शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने मुल नाराका साथ स्थानीय उत्पादन, कला संस्कृति र रहनसहनलाई राख्दै याे महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सवको प्रवेशद्वार देखि नै स्थानीय उत्पादनका स्टलहरु राखिएको छन् । उक्त स्टलहरुमा स्थानीयले उत्पादन गरेका हसिया हताैडाहरु, गमला तथा विभिन्न प्रजातिका फुलहरु, छालाका जुत्ताहरु र हस्तकलाका सामानहरुले महोत्सवलाई थप आकर्षक बनाएको छ ।

ती मध्ये एक स्टल हो रैथाने कोसेली घर । जसमा विभिन्न किसिमका स्थानीयस्तरम नै उत्पादन गरिएका कृषि तथा वनमा आधारित सामाग्रीहरुले काेसेलि घर भरिभराउ छ । जहाँ, काँस र मुजबाट बनेका कलमदानी, हटकेश, थाकलका पातबाट बनेका झोला, बाँसबाट बनेका दैनिक जीवनमा प्रयोग हुने सामाग्रीहरु तथा विभिन्न खालका घर तथा काेठा सजावटका सामग्रीहरु राखिएका छन् । ति सामग्रीहरु तुलसीपुर तथा दंगीशरणका उद्यमी समूहहरुले उत्पादन गरेका हुन् । हस्तकलाबाट उत्पादन भएका सामाग्रीहरुबाट राम्रो जिविकाेपार्जन भएको दंगीशरणकी उर्मिला चौधरीले बताउनुभयो । उहाँले यस्ता खालका हस्तकला समानहरु उत्पादनबाट राम्रो जिविकापार्ज हुने उहाँको भनाइ छ । `आफुमा सिप पनि हुने र आफनो दैनिकी चलाउन पनि सहज भएको छ` उहाँले भन्नुभयो, `स्थानिय स्थरमा खेर गएका स्राेतसाधनहरुकाे सहि सदुपयोग हुन्छ भनी हामीले यि हस्तकला तालिम लिएका हौं´।

साथै रैथानिक कोशेली घरमा न्युन्तम ३ सय ५० देखि १५ सय सम्मका हस्तकलाका सामानहरु प्रदशनमा राखिएको छ ।

ग्रीन फाउन्डेसन तुलसीपुरले उद्यमीहरूकाे समूह बनाइ उहाँहरुकाे माग अनुसारको तालिम दिने गरेको छ । तुलसीपुर र दंगीशरणका उद्यमीहरुलाई हस्तकला सामाग्रीहरु उत्पादन गर्ने सिपमुलक तालिम दिएकाे ग्रील फाउन्डेसनका अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो । समूह समुह बनाएर विभिन्न ठाउँका महिलाहरुलाई सिपमुलक तालिम दिएको उहाँको भनाइ छ । तुलसीपुर र दंगीशरणकम उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका सामानलाई स्थानीय प्रबर्द्धन सहित मेलामा स्टल लिएको उहाँले बताउनुभयो ।

ग्रीन फाउन्डेसन तुलसीपुरले विभिन्न किसिमका सिपमुलक तालिमहरु दिने गरेको छ । उक्त तालिमबाट उत्पालित बस्तुहरुलाई स्थानिय स्थर सञ्चालनमा रहेका मेला महोत्सव तथा बाहिरी बजारमा पनि बजारीकरण गर्नको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ।

महोत्सवले स्थानीय उत्पादनहरुलाई प्रबर्द्धन एवम विकास गर्नको लागि सहयोग पुर्याउने चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी बताउनुभयो । उहाँका अनुसार स्थानीय उत्पादनलाई बिक्री गर्न मात्र नभएर युवाहरुलाई यस्ता खालका व्यवसाय प्रति आकर्षण बनाउने उदेश्य रहेको उहाँको भनाइ छ । दाङ जिल्लामा उत्पादन भएका स्थानीय समानहरुलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा परिचित बनाउने गरि हामी स्थानीय उत्पादनहरुलाई बढि प्रोत्साहन दिएको उहाँले बताउनुभयो ।

‘हामीहरुले अहिले महोत्सवमा स्थानीय उत्पादन प्राथमिकता दिन निःशुल्क स्टल उपलब्ध गराएका छौँ ।’ उहाँले भन्नुभयो– ‘अहिले कृषि तथा स्थानीय उत्पादनका स्टल ल्याउनेहरु पनि उत्साहित हुनुहुन्छ ।’

स्थानीय उत्पादनको सहायता लिदै बाहय पर्यटकहरु पनि भित्र्याउनमा महत्त्वपूर्ण भुमिका रहने उहाँको भनाइ छ । मेला अनुगमन गर्न आउने दर्शकहरुलाई स्थानीय उत्पादनमा आकर्षक बनाउनका लागि गेटको प्रवेशद्वारमा स्थानीय उत्पादन खालका स्टलहरु राखेको उहाँले जानकारी दिनुभयो ।

आफैले उत्पादन गरेका समानहरुको बारेमा ग्राहक वा उक्त समानको बारेमा जान्न चाहने व्यक्तिहरु जानकारी गराउनु पर्दा उद्यमीहरूले खुसि व्यक्त गर्छन । साथै स्थानीय रुपमा खेर गएका कच्चापदार्थको सदुपयोग गरि स्थानीय उत्पादन गर्दा आफु विदेशीनु नपर्ने उहाँहरुको भनाइ रहेको छ ।

मा प्रकाशित