‘१२वीँ फेल’:- जन्मजातप्राप्त सवर्ण विशेषाधिकारकाे गाथा जाे सबलाई समान रुपमा हासिल छैन

विचार/विश्लेषण

दिलिप मण्डल

विक्रान्त मास्सी जुन चरित्रलाई यस फिल्ममा निभाइरहेका छन्, त्यसमा सङ्घर्ष र प्रिविलेज अर्थात् बिना मेहनतप्राप्त विशेषाधिकारहरुकाे असरलाई घालमेल गरिदिइएकाे छ। थाहा नै पाइन्दैन कि जे भइरहेकाे छ त्याे सङ्घर्ष हाे वा प्रिविलेज

सिनेमा, कला, किताबहरु, गीत ! यी सब समाजका दर्पण हुन्। यिनीहरूका असर दुईतर्फी छ। यी सब समाजबाट प्रभावित छन्। तर यी सब माध्यमहरुका असर समाजमाथि पनि पर्दछ। विशेष गरि सिनेमाकाे किनकि यसका दर्शकहरु बढी छन् र मानिसहरु अक्सर यसमा देखाइएका कुराहरुलाई सत्य मान्दछन्। फिल्महरुकाे फेशन र विचारमाथि गहिराे असर पर्छ।

यस कुरालाई ध्यानमा राख्दै हालै आएकाे फिल्म ’12th Fail’ लाई एक समाजशास्त्रीय दृष्टिले हेर्नेछाैं। याे फिल्म पहिलाे (सतही) दृष्टिमा गरिबीदेखि उठेर उचाइ छाेएकाे र सङ्घर्ष गरेर सफलता हासिल गरेकाे कथा लाग्छ, जसमा हिन्दी मिडियमका एक स्टुडेन्ट तमाम बाधा-अड्चन पार गरेर आइ.ए.एस अफिसर बन्छ।

याे उत्साह र जोश बढाउने फिल्म हाे, जसले आशा जगाउछ। ‘प्रेमले कसरी केही गरेर देखाउने भाव उत्पन्न गर्न सक्छ’ भन्ने कुरालाई पनि यसमा देखाइएकाे छ। याे फिल्मले ‘हार मान्दिन’ (हार नहीं मानूंगा) भन्ने सन्देश दिन्छ।

विशेषाधिकारहरुकाे भूमिका

तर याे फिल्मलाई हेर्ने अत्यन्त सतही तरिका हाे। यसकाे सतहलाई खाेतलेर हेर्ने हाे भने थाहा हुनेछ कि सत्य सतहकाे मुनि दबिएकाे छ र अत्यन्त कंप्लिकेटेड छ। यस लेखमा याे ठम्याउने कोशिश गरिनेछ कि फिल्मका नायक मनोज शर्माकाे यात्रामा जन्मदेखि पाएकाे, अनार्जित विशेषाधिकारहरु अर्थात् प्रिविलेजले कसरी भूमिका निभाएका छन् र यदि ती (विशेषाधिकारहरु) नभएका भए उनकाे लागि ती तमाम (अवसरका) ढाेकाहरु यति सजिलै खुल्दैनथे।

मनोज शर्माकाे जीवन सङघर्षमा उनीसँग एक ‘सपोर्ट सिस्टम’ सँगै हिँडिरहेको थियाे। संसाधनहरुकाे एक सिङ्गाे झाेला लगातार उनकाे काँधमा झुन्डिरहेकाे थियाे, जसबाट उनी समय-समयमा कामका चीजहरु निकालिरहेका थिए। उनकाे यात्रा यी संसाधन तथा विशेषाधिकारहरुका बिना सायद त्यस्ताे शानदार हुँदैनथ्याे साथै यहाँ याे बताउन जरूरी छ कि देशकाे अधिकांश मानिसहरुसँग ती विशेषाधिकारहरु छैनन्/हुँदैनन्। त्यसकारण यदि काेही युवाले दिल्ली आएपछि ‘सबथाेक यति सजिलैसँग हुनेछ’ भन्ने ठान्छ भने त्यसलाई उसकाे भ्रम नै मानिनेछ।

मैं यहाँ अभ्यार्थी मनोज शर्माकाे केही विशेषाधिकारहरुकाे सूचि प्रस्तुत गरिरहेकाे छु।

१. दिल्ली आउनुभन्दा पहिले मनोज शर्मा जब चम्बल अञ्चलमा एक गाउँमा बस्छन्, तब उनकाे र उनकाे भाइकाे स्थानीय विधायकका मानिसहरुसँग झगडा हुन्छ। हिरासतमा लिइएपश्चात् दुवैजनाकाे पुलिससँग विवाद हुन्छ। अनि, मनोज कुदेर राती नै डि.एस.पीकाे सरकारी आवासकाे आँगनमा पस्छन् र डि.एस.पी लाई ललकार्दै सिस्टमकाे बुराई गर्न थाल्छन्। आश्चर्यजनक रूपले डि.एस.पी, मनोजलाई लिएर थाना पुग्छ र दुवैलाई रिहा गरिदिन्छ। वर्तमान व्यवस्थामा याे लगभग असम्भव कुरा हाे। अब बुझ्नुपर्ने कुरा याे हाे कि शर्माकाे मामिलामा याे कसरी सम्भव भयाे र याे पनि बुझ्नुपर्नेछ कि डि.एस.पी काे घरमा रातमा पस्ने आत्मविश्वास कतै मनोज शर्माकाे जातीय पृष्ठभूमिकाे कारण त आएकाे वा पाएकाे हैन?

२. यस फिल्मलाई कैयौं समीक्षकहरु गरिबकाे सङ्घर्षकाे रूपमा हेरिरहेका छन् तर याे कदापि गरिब परिवार हाेइन। मनोजकाे हजुरबुवा सेनामा जुनियर कमिशन्ड अफिसर थिए, हजुरआमा पेन्शन पाउँछिन्, पिता सरकारी कर्मचारी थिए, जसलाई जागिरबाट निकालियाे र उनी आरोपहरुका विरुद्ध हाई कोर्टमा केस लडिरहेका छन्। फिल्ममा देखाइएकाे छ कि उनीहरुसँग जमिन र गाईहरु पनि छन् अर्थात् याे बि.पि.एल (below poverty line) परिवारबाट आइ.ए.एस बनेकाे ड्रिम स्टोरी हाेइन। समग्रमा, याे एक मिडिल क्लास परिवार नै कहलाउँछ।

३. याे कुराले पनि अचम्मित पार्छ कि मनोजमात्र हाेइन, पूरै परिवारलाई भरोसा छ कि १२वीं पास गर्न साथ मनोजले सरकारी जागिर पाउनेछन्। थाहा छैन, यस आत्मविश्वासकाे कारण के हाे? याे १९८०-१९९० काे दशक काे कथा हाे र तब १२वीं पास गरेमा जागिर पाइने यति भरोसा हुनु स्वाभाविक हाेइन किनकि त्यसबेलासम्म जागिरहरुका लागि मारामारी सुरू भइसकेको थियाे। यस आत्मविश्वासकाे कारण के विशेषाधिकार रहेकाे होला, याे फिल्म हेर्दा थाहा पाइन्दैन।

४. जब मनोज प्रतियोगिता परीक्षाकाे तैयारी गर्न ग्वालियरबाट आउछन् र बाटाेमा उनकाे रुपैयाँ र सामान चोरी हुन्छ, तब उनी एक होटलमा खाना माँग्छन् अनि उनलाई बाकाइदा टेबल-कुर्सीमा बसाएर निशुल्क खाना ख्वाइन्छ। के याे तपाईंलाई स्वाभाविक लाग्छ? त्यही उनकाे भेट श्रीमान पाण्डे (प्रितम पाण्डे) सँग हुन्छ जो मनोज शर्मालाई आफ्नाे खर्चमा दिल्ली लैजान्छन्। यति सारा सुखद संयोग हरेककाे जीवनमा हुँदैन।

५. गौरी भैया मनोजकाे जीवनमा देउता जसरी आउछन्। उनी स्वयं क्यान्डिडेट हुन्, तर (उनी) बाँकी (अन्य) मानिसहरु (अभ्यार्थीहरु) लाई फ्री कोचिङ दिन्छन्। मनोजलाई उनी आफ्नाे चेला बनाउछन्। पछि गएर मनोजका लागि उनी आफ्नाे काेठा छाेड्छन् अनि उनलाई चौबिस घण्टा एक सहायक पनि उपलब्ध गराउछन्। याे पनि एक राेचक संयोग हाे जो मनोज शर्माकाे जीवनमा हुन्छ, तर कति मानिसहरुका जीवनमा यस्तो संयोग हुन्छ? अनि फेरि कुन मानिसहरुका जीवनमा लगातार संयोग भइरहन्छ? के यसलाई कुनै किसिमको प्रिविलेज वा विशेषाधिकारकाे परिणाम मान्न सकिन्छ? गौरी भैयाकाे चरित्र (लाई) केवल यसकारण खड़ा गरिएको छ ताकि याे बताउन सकियोस् कि मनोजकाे सङ्घर्ष कति महान छ किनभने गौरी भैयाले छ र मनोजले चार एटेम्प्ड (माैका) पाउँछन्।

६. मनोज शर्मा र श्रद्धा जोशीकाे प्रेम कथा मसाला फिल्महरुकाे जस्तै नै छ। हिन्दी फिल्महरुमा यस कुराकाे ध्यान राखिन्छ कि प्रेम एकै जातिका मानिसहरुका बीच गराइयाेस्, ताकि विवाहमा समस्या नहाेस्। श्रद्धाका पिता पनि केही समय नाइँ-नास्ती गरेर (अन्ततः) मान्छ नै। आखिर केटाे सिविल सर्विसकाे इंटरव्यु जो दिने वाला छन् र (आफ्नाे) बिरादरी (समुदाय) काे पनि हाे।

७. दिल्लीकाे एक नामी कोचिङ इंस्टिट्यूटमा गरिब मनोज एडमिशन लिन्छन्। याे पनि संयोग नै त हाे।

८. मनोज शर्मा जब मेन्समा फेल हुन्छन् तब करिअर गाइडेन्स लिन सीधा पछिल्लाे आइ.ए.एस टपर, जो अब ठूलाे अफिसर छन्, कहाँ जान्छन्। यतिमात्र हाेइन, अफिसर जबर्जस्ती पसेकाे एक युवालाई बसाएर कुरा गर्छ र आवश्यक कुराहरु सम्झाउछ पनि। ये कुन प्रिविलेजका कारण भएको हाेला, याे हामी बुझ्न सक्छौं। तर यसलाई मनोज शर्माकाे सङ्घर्ष जसरी देखाइएकाे छ।

९. मनोज शर्माकाे यू.पी.एस.सीकाे अन्तर्वार्ता अत्यन्त नाटकीय र सनसनीखेज छ। इंटरव्यु लिनेहरु उनकाे जवाफलाई सुनेर उनलाई बाहिर पठाउछन्। फेरि उनीहरुमध्ये एकजनाले हस्तक्षेप गर्छिन् अनि मनोजलाई फेरि बाेलाइन्छ , उनकाे कथा सुनिन्छ र उनकाे सेलेक्शन हुन्छ। याे हर कसैसँग घटित हुने संयोग हाेइन। जसरी यु.पि.एस.एसी इंटरव्युमा वन्चित वर्गहरुलाई नम्बर दिने प्याटर्न छ। त्यसलाई हेरेर मलाई त लाग्दैन कि यस्ताे संयोग एस.सी (दलित), एस.टी (आदिवासी) या ओ.बी.सी (पिछडा वर्ग) क्याडिडेटमाथि पनि हुन सक्छ।

१०. हिन्दीकाे क्यान्डिडेट निसन्देह इंग्लिश मिडियम क्यान्डिडेटभन्दा कमतर मानिन्छन् तर अन्य भारतीय भाषाहरुका दाँजोमा उनलाई अग्रता हासिल हुन्छ (हिन्दीलाई प्राथमिकता दिइन्छ।) दिल्लीमा इंटरव्यु हुनुकाे कारणले अथवा संरचनात्मक कारणहरुले बोर्डमा हिन्दी जान्ने/बुझ्नेहरु धेरै हुन्छन्। त्यसकारण मनोज शर्माकाे कुरा सुनियाे। तर उनले यदि तमिल, तेलुगू, कन्नड़ वा ओड़िया (भाषा) बोलेकाे भए उनकाे कथा कसले सुन्थ्याे?

वास्तवमा यस फिल्ममा सङ्घर्ष र प्रिविलेज अर्थात् बिना मेहनतप्राप्त विशेषाधिकारहरुकाे असरलाई घालमेल गरिदिइएकाे छ। अक्सर थाहा नै पाइन्दैन कि जे भइरहेकाे छ त्याे सङ्घर्ष हाे वा प्रिविलेज।

मा प्रकाशित