भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि गढवामा अन्तक्रिया

आलोक भावुक

गढवा, १७ मंसिर । भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि गढवामा एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालको बिशेष सहयोग तथा ग्रिन भ्याली स्कुल फ्रेन्ड्स क्लब गढवाको आयोजनामा सम्पन्न भएको हो।

क्लबका अध्यक्ष चुडामणी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा ७५ जना भन्दा बढीको सहभागिता रहेको थियो।

एनएसईटि का भूकम्प इन्जिनियर डा. रमेश गुरागाँईले

भौगर्भिक अवस्थाको कुरा गर्दा पूर्वमा अफगानिस्तानदेखि पश्चिममा बर्मासम्म फैलिएको हिन्दकुश हिमालय शृंखलाको अति संवेदनशील मानिने तीन हजार पाँच सय किलोमिटर भूकम्पीय क्षेत्रको आठ सय किलोमिटर क्षेत्र, जुन सो शृंखलाको मध्य भागमा रहेको खण्डचाहिँ नेपालमै पर्ने भएकाले नेपाललाई उच्च भूकम्पीय जोखिममा रहेको बताउदै भूकम्प निम्त्याउन सक्ने ९२ वटा फल्ट लाइन नेपालकै भूमिमुनि रहेको बताउनुभयो। भूकम्पविद्का अनुसार नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगर्भिक अवस्था र मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार भएको बताउनुभयो।

त्यसैगरी भौतिक भूगर्भबिद डा. सुरेश चौधरी नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगर्भिक अवस्था र मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार भएको बताउनुभयो। यसबाहेक प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले पनि भूकम्पीय जोखिमको मात्रालाई बढाउँदै गएको बताउदै आचारसंहिता विपरीत बनाइएका भौतिक संरचनाहरू, साँघुरा र अव्यवस्थित सडकहरू, सहरी क्षेत्रमा पर्याप्त खुला ठाउँको अभाव लगायतका कारणले गर्दा पनि नेपालका अधिकांश सहर भूकम्पीय जोखिममा रहेको जानकारी दिनु भयो।

त्यसैगरी अन्तक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भूकम्पजस्ता विपद्का जोखिम न्यूनीकरणका लागि गरिने पहल वा पूर्वतयारी र विपद्का घटनाबाट हुने सम्भावित हानिनोक्सानी एकआपसमा सम्बन्धित रहेको भन्दै नेपालमा सम्भावित जोखिम न्यूनीकरण गर्दै समयमै विपद् व्यवस्थापन गरी जीउधन, निजी तथा सार्वजनिक सम्पत्ति, प्राकृतिक र भौतिक संरचनाको संरक्षण गर्नभन्दा पनि भूकम्पलगायतका विपद् आएपछि मात्र त्यसका लागि प्रतिकार्यमा बढी ध्यान दिने बानीले विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त ध्यान नपुग्दा विपद्का घटनामा बढी जीउधनको क्षति हुने गरेको बताउनु भयो ।

भूकम्पलगायतका विपद्को जोखिम न्यूनीकरणका लागि गरिने विभिन्न कार्यहरू भएको बताउदै अध्यक्ष पोख्रेलले सम्भावित विपद्लाई ध्यानमा राख्दै गरिने खाद्यान्नको भण्डारण, त्यस बेला आवश्यक हुने आवास, स्वास्थ्य, सरसफाइका सामग्री तथा खानेपानीको भण्डारण तथा व्यवस्थापन र खुला ठाउँको व्यवस्थापनतर्फ उचित ध्यान दिनुको साथै आवश्यक उपकरण र दक्ष जनशक्तिको उत्पादनमा पनि ध्यान दिनु उत्तिकै जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा गढवा गाउँपालिकाका विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधि, विभिन्न विध्यालयका प्रधानाध्यापक, गढवामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी ब्यवसायी, पत्रकार लगाएतकाको बाक्लो उपस्थिति रहेको छ।

कार्यक्रममा कार्यक्रममा एन एस ई टी का भूकम्प इन्जिनियर डा. रमेश गुरागाइ र भौतिक भूगर्भबिद डा. सुरेश चौधरीले भूकम्पको बारेमा पुर्ण जानकारी गराउनु भएको थियो।

अन्तक्रिया कार्यक्रममा जगतराम यादव, कृष्ण के सि, केशवराम यादव , डा. सुनिल के सि, रामसुरत यादव,तिलक घिमिरे ,ठाकुर खनाल,दुखहरण यादव ,वीर बहादुर आले,सन्तोष कौशल , सन्जय आले , मधा न्यौपाने लगायतकाले भूकम्पीय जोखिम न्यूनीकरण सम्बन्धि धारणा राख्नु भएको थियो। प्रशिक्षक डा. सुरेश चौधरीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो। सञ्जय आलेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन ग्रिन भ्याली स्कुल फ्रेन्ड्स क्लब गढवाका सदस्य बोध प्रकाश यादवले गर्नु भएको थियो।

मा प्रकाशित