सिनेमाकाे मसाला

विचार

अनिरुद्द शर्मा

दुई बर्ष पहिले मैले जब ‘पुष्पा’ लाई खारेज गरे, तब कैयौं मानिसकाे भावनाहरु आहत भएकाे थियाे। कुतर्क याे दिइएकाे थियाे कि याे मसाला फ़िल्म हाे, यसमा आर्ट नखाेज। यसैगरि, जुन फिल्महरु गम्भीरताकाे बर्काे ओढेर आउँछन्, तिनलाई खारेज गर्दा भन्छन् कि मानिसहरुलाई यसमा पनि मसाला चाहियाे।

मेराे अनुभव याे छ कि यस देशका मानिसहरुलाई अतिवादमा जिउने बानी परेकाे छ। उनीहरुलाई ब्यालेन्स (सन्तुलन) काे परिभाषा नै थाहा छैन। यसकारण यहाँ झगडाहरु समाप्त हुँदैनन् किनभने, यी दुई किनारामा उभिएका मानिसहरु एक-अर्कालाई घुरिरहन्छन्। आज तो याे अवस्था छ कि तपाईंले आँखा चिम्म गरेर कदम अघि बढाएमा तपाईंकाे कदम कुनै न कुनै फिल्म समीक्षकमाथि पर्नेछ।

‘पुष्पा’ उर्फ अल्लु अर्जुन

तपाईंले सुन्नु भएकै हाेला कि ‘Tea tester’ नामक एउटा काम पनि हुन्छ जसमा कुनै मानिसले अलग-अलग किसिमका चियालाई टेस्ट गरेर तिनमा अन्तर त बताउँछ नै, याे पनि बताउँछ कि कसरी तिनकाे फ्लेवर अझ राम्राे हुन सक्छ।

अब चिया त सबैले पिउँछन्। कोही कडा, कोही नरम, कोही कालाे, कोही सेताे, कोही रेड लेबल, कोही ताज त कोही बाघ बकरी र सबकाे आ-आफ्नाे विचार हुन्छ त्यसलाई लिएर। अब सबै मानिसले आफ्नो-आफ्नाे रेसिपी लेखेर त्यसलाई authentic बताउन थाले के हुन्छ? सबै Tea tester बन्छन् जबकि Tea tester बन्नका लागि सबैभन्दा जरूरी जुन क्वालिटी हुनुपर्छ, त्याे हाे तपाईंको टेस्ट बड्स alive र sensitive हुनुपर्छ।

सिनेमा पनि चिया जस्तै हाे। जसरी चिया हरेकले पिउँछ, त्यसरी नै सिनेमा पनि हरेकले हेर्छ। सिनेमा चियापछि सम्भवत: सबभन्दा बढी consume हुन्छ। सबै मानिस सिनेमा हेर्छन्। कसैलाई ‘मंडी’ मनपर्छ, कसैलाई ‘गुंडा’ तर यसकाे अर्थ याे हाेइन कि यी फिल्महरुलाई नै मानक मानेर सबै फिल्महरु बनाइनुपर्छ। तर फेरि यसकाे अर्थ त याे भयाे कि सबै फिल्महरु राम्रा हुन् किनकि, हरेक फिल्मकाे एउटा दर्शक वर्ग छ, जो त्यसलाई कालजयी बताउन उधत छ। कोही ‘गदर’ लाई कालजयी घोषित गरिरहेका छन्, त कोही ‘जवान’ लाई।

‘जवान’ मा शाहरुख खान

तर पख्नुहाेस्, यस्ताे पनि हाेइन। फिल्म बनाउने मानक कुनै फिल्म हुँदैन। हरेक कलाकाे केही मूलभूत सिद्धान्त हुन्छ फिल्मकाे पनि छ। फिल्म, कुनै कथालाई भन्ने सबभन्दा राम्राे तरिका हाे। यस तरिकामा लगभग सबै किसिमका कलाहरु सामेल हुन्छन् तर यसकाे केन्द्र यसकाे कथा नै हुन्छ।

तर त्याे कथा राम्रो/नराम्रो हुनुकाे फाइनल प्राेडक्ट राम्रो/नराम्रो हुनुसँग उति सम्बन्ध छैन। एउटा राम्राे कथा पनि अत्यन्त नराम्रो तरिकाले बताउन सकिन्छ र एउटा नराम्रो कथा पनि अत्यन्त सुन्दर तरिकाले बताउन सकिन्छ। अब याे ‘कथा बताउने’ प्रक्रियामा सामेल छन्, छायांकन, संगीत, अभिनय, नृत्य, संवाद, स्टेज, लोकेशन, ध्वनि…अर्थात् अनगिन्ती चीजहरुमाथि निर्भर हुन्छ याे कला। यसकारण सही तरिकाले बताउनु सबभन्दा कठिन हुन्छ।

तर पनि कुनै फिल्मलाई नाप्ने पहिलो मानक त कथा नै हाे। यसले के भन्न चाहन्छ? यदि भद्दा छ भने भद्दा नै भनिनेछ, चाहे करोडाैं मानिसले हेरेकाे हाेस् र यदि अद्भुत छ भने चाहे दसजना मानिसले मात्र हेरेकाे किन नहाेस्, अद्भुत नै हुनेछ।

कथालाई बताउनमा सबभन्दा महत्वपूर्ण जुन चीज हुन्छ, त्याे हाे, भावहरुकाे सम्प्रेषण। त्यसपछि आउँछ क्यारेक्टर (चरित्रहरु)। हरेक क्यारेक्टर अलग महसुस हुनुपर्छ, यस्ताे हैन कि सबै एक जसरी बाेलिरहेका छन्। यसलाई ‘क्यारक्टराइजेशन’ (चरित्रचित्रण) भनिन्छ। यसकाे मसालेदार उदाहरण हाे, ‘दिल चाहता है’ (२००१), त्यस फिल्ममा तीनै मुख्य पात्रहरुका क्यारेक्टर बिलकुलै अलग रङहरुमा देखिन्छन्। अब यी क्यारेक्टरहरुलाई उति नै खूबीका साथ निभाउने हाे भने मात्रै यिनले आफ्नाे वास्तविक रङ छर्न सक्छन्। फिल्ममा हरेक भावलाई संगीतमा बेरेर दर्शकहरुसमक्ष प्रस्तुत गरिन्छ। यदि संगीत ती भावहरुका अनुरूप छन् भने त्यसकाे प्रभाव सय गुना बढाइदिन्छ।

यी सबका अतिरिक्त अरु पनि थुप्रै सुक्ष्म तत्वहरु हुन्छन् जो आम दर्शकलाई थाहा हुँदैन तर तिनले धेरै गहिराे प्रभाव पार्छन्। जस्तै, हरेक फिल्मकाे एक colour palette हुन्छ, एक फ्रेममा त्यही colors हुनुपर्छ जसले एकअर्कालाई complement गरुन्, बिलकुलै विपरीत colours ले वितृष्णा उत्पन्न गर्छ। यहाँसम्म कि स्क्रीनमा मुख्य कलाकारहरुका पछि आउने-जाने मानिसहरु पनि पहिले नै planned हुन्छन्।

अनिरुद्द शर्मा

माफ गर्नुहाेस्, म थोरै यता-उता भट्किएछु। म मुद्दाकाे कुरा गर्दै थिए र मुद्दाकाे कुरा याे हाे कि मसाला फिल्म नराम्रो हुँदैन, हुँदैन, हुँदैन… जसरी तपाईं यदि कढ़ाई पनीर पकाइरहनु भएकाे छ र तपाईंलाई अदुवा राम्राे लाग्छ त्यसैले तपाईंले धेरै अदुवा हाल्नुभयाे भने त्याे तरकारी राम्राे बन्दैन, अथवा गरम मसाला अति धेरै हाल्नुभयाे भने डढ्छ। राम्रो तरकारी त्यही हुन्छ जसमा सबै मसाला बिलकुल त्यही अनुपातमा हालिन्छ जति हाल्नुपर्थ्याे (सही अनुपातमा)। केही मानिसहरुलाई केही चीज बढी मनपर्न सक्छ जस्ताे कि कसैलाई राताे खाेर्सानी, कसैलाई चिल्लाे, त्याे उनकाे निजी राेजाई हाे तर सिद्धान्ततः सही अनुपात भएकाे तरकारी नै मानक कहलिन्छ।

यही कुरा फिल्महरुमा पनि लागू हुन्छ, सायद यही कारण हाे कि ‘शोले’ (१९७५) आज पनि मनपराइन्छ। स्वयं रमेश सिप्पीले आफ्नाे रेसिपीलाई दाेहाेर्‍याउन सकेनन् जबकि ‘शान’ उनले त्यही रेसिपीका साथ बनाएका थिए तर मसालाहरुकाे मात्रामा केही घटबढ गरेका थिए। फलत, स्वाद बिग्रियाे। अर्को फिल्म जसलाई पर्फेक्ट भन्न सकिन्छ, त्याे हाे ‘घातक’। यस फिल्ममा सबथाेक सही अनुपातमा छन्, यस फिल्मका सारा रस सन्तुलित छन्। सिनेमा ‘make believe’ काे विधा हाे, जे तपाईं देखाइरहनु भएकाे छ, त्यसलाई justify गर्नुपर्छ तपाईंले। यदि तपाईंका फ्यानहरुले याे भन्नु परिरहेको छ कि मसाला फिल्महरुमा त यस्तै हुन्छ, तब तपाईं फेल हुनुभयाे। फिल्मले आफै convince गर्नुपर्छ आफ्नाे कंटेन्टलाई (अरुले हाेइन)।

तसर्थ, जब हामी ‘पुष्पा’ वा ‘जवान’ लाई खारेज गर्छाैं त्याे यसकारण कि यिनीहरु सिनेमाका मूल सिद्धान्तकाे मजाक उडाउँछन्। यिनीहरुभित्र या त अदुवा नै अदुवा भरिएको छ, या त तेल नै तेल या त खाेर्सानी नै खाेर्सानी।

 

@Prabhas733

मा प्रकाशित